Saturday, June 27, 2026

Fact Check

Fact Check: जडिबुटी औषधिले एचआईभी एड्स र क्यान्सर निको पार्न सक्छ?

banner_image

दाबी: एचआईभी एड्स र क्यान्सर जस्ता खतरनाक रोगहरू जडिबुटीबाटै निको हुने हुन्छ ।
तथ्य: एचआईभी एड्स र क्यान्सरको उपचारमा जडिबुटी प्रयोग उपयुक्त हुन्छ भन्ने पर्याप्त वैज्ञानिक प्रमाणहरू भेटिँदैनन् ।

सामाजिक संजालमा मानव स्वास्थ्यसँग सम्बन्धित एउटा दाबीसहितको सामग्री फेला परेको छ । उक्त सामग्रीमा एचआईभी एड्स र क्यान्सर जस्ता खतरनाक रोगहरू जडिबुटीबाटै निको हुने दाबी गरिएको छ । 

Myanmar Gurkha News नामक फेसबुक पेजमा पोस्ट गरिएको भिडियो अन्तर्वार्तामा एक व्यक्तिले जडिबुटीबाटै एचआईभी एड्स र क्यान्सर जस्ता खतरनाक रोगहरू निको पारेको दाबी गरेका छन् । 

उक्त भिडियोसँगै एउटा दाबीसहितको क्याप्सन समेत लेखिएको छ । उक्त क्याप्सनमा लेखिएको छ-  ‘एचआइभी र क्यान्सर जस्ता धेरै रोगको औषधि जडिबुटीबाटै निको पार्न सफल भएको बताउनुहुन्छ एक ७० वर्षका बुवा ।’

मानव स्वास्थ्यसँग सम्बन्धित प्रस्तुत दाबीसहितको सामग्री अन्त्यन्तै संवेदनशील देखिन्छ । सोही कारण हामीले प्रस्तुत सामग्रीमाथि तथ्यजाँच गरेका छौँ ।

तथ्यजाँच/प्रमाणीकरण

जडिबुटीले एचआईभी एड्स र क्यान्सर जस्ता खतरनाक रोगहरू निको हुन्छ भन्ने दाबी उपलब्ध प्रमानले पुष्टि गर्दैनन् । केही रोगको उपचार गर्न र स्वास्थ्य प्रवर्द्धन गर्न जडिबुटी औषधिहरूको प्रयोग गर्न सकिन्छ । तर एचआईभी एड्स र क्यान्सरको उपचारमा जडिबुटी प्रयोग उपयुक्त हुन्छ भन्ने पर्याप्त वैज्ञानिक प्रमाणहरू भेटिँदैनन् ।

जडिबुटी औषधि एक प्रकारको पूरक र वैकल्पिक उपचार हो, जसलाई प्रायः एचआईभी एड्स र क्यान्सर रोगीहरूले पनि आफ्नो उपचारमा अज्माउने गर्दछन् । रोगसँग लड्ने प्राकृतिक उपचारका रुपमा जडीबुटीलाई प्रयोग गर्ने गरिन्छ, किनभने जडीबुटी औषधिको साइड इफेक्ट कम हुन्छ भन्ने विश्वास गरिन्छ । 

एचआईभी एड्स र क्यान्सर संक्रमणको सन्दर्भमा जडीबुटीहरू प्रयोग गर्ने चार पक्षहरू छन् । जडिबुटीहरूलाई जहिले पनि औषधिको रूपमा लिइन्छ, त्यसैले जडिबुटीहरूको साइड इफेक्ट र औषधिको अन्तक्रियाको असरबाट ‍रोगी मानिस सचेत हुनुपर्छ ।

एफएओ वेबसाइटले एचआईभी एड्सबाट पीडित मानिसहरूका लागि फाइदाजनक हुने दाबी गरिएका जडीबुटीहरूको सूची उपलब्ध गराएको छ । वेबसाइटमा स्पष्ट रूपमा भनिएको छ,’सबै जडिबुटी र मसलाहरू मध्यम मात्रामा प्रयोग गर्नुपर्छ भन्ने याद गर्नुहोस् । जडिबुटी औषधिहरू मात्राभन्दा बढी प्रयोग गर्दा समस्याहरू निम्तिने र विषाक्त प्रभाव हुन सक्छ । यी जडीबुटीले स्वस्थ खानालाई प्रतिस्थापन गर्न सक्दैनन्, त्यसैले  स्वस्थ र सन्तुलित आहारको विकल्पमा  जडिबुटीलाई प्रयोग गर्नु हुँदैन ।’

क्यान्सर रिसर्च युके वेबसाइटले एउटा जडिबुटीहरूको सूची सार्वजनिक गरेको छ, उक्त सूचीलाई क्यान्सरविरुद्ध लड्ने गुणहरूको लागि अध्ययन गरिन्छ। तर, एचआईभी एड्स र क्यान्सर जटिल रोगहरू हुन्, जसको उपचारका लागि जडीबुटीभन्दा बढी वैज्ञानिक सामग्री आवश्यक हुन्छ ।

जडीबुटीमा मात्र भर पर्नु र उचित चिकित्सा उपचार नखोज्दा रोगीको अवस्था निको नहुने हुनसक्छ । एचआईभी एड्स र क्यान्सर छिट्टै बढ्ने र छोटो अवधिमा शरीरभर फैलिने रोग हुन् । यसको उपचारमा थोरै मात्र ढिला भए थप उपचार गर्न कठिन हुन्छ ।

एचआईभी एड्सको उपचारमा नन-न्यूक्लियोसाइड रिभर्स ट्रान्सक्रिप्टेज इनहिबिटरहरू (NNRTIs), न्यूक्लियोसाइड वा न्यूक्लियोटाइड रिभर्स ट्रान्सक्रिप्टेज इनहिबिटरहरू (NRTIs), प्रोटीज इनहिबिटरहरू (PIs) लगायतका औषधिहरू प्रयोग गर्ने गरिन्छ । 

निम्न तरिका प्रयोग गरेर क्यान्सरको उपचार गर्ने गरिन्छ :

केमोथेरापी: यो उपचार विधि अन्तर्गत घातक कोशिकाहरूविरुद्ध लक्षित बलियो रसायनिक संरचनालाई रगतमा इन्जेक्ट गरिन्छ ।

रेडियोथेरापी: यो उपचार विधि अन्तर्गत प्रभावित भागमा लक्षित विकिरणहरू प्रयोग गरिन्छ गरी किरणहरूको ऊर्जाले घातक कोशिकालाई नष्ट गर्छ । 

शल्यक्रिया: यो उपचार विधि अन्तर्गत प्रभावित भाग वा अंगलाई नजिकैको संलग्न लिम्फ नोडहरूसँगै शल्यक्रियाद्वारा काटिन्छ।

इम्युनोथेरापी: यो उपचार विधि अन्तर्गत जैविक थेरापीका माध्यमबाट प्रतिरक्षा प्रणालीलाई घातक कोशिकाहरूविरुद्ध प्रयोग गरिन्छ ।

बोनम्यारो प्रत्यारोपण: यो उपचार विधि ब्लड क्यान्सरको अवस्थामा गरिन्छ, जसमा बोनम्यारोका कोशिकाहरू नष्ट गरिन्छ र बाँच्नका लागि नयाँसँग बदल्नुपर्छ ।

हर्मोन थेरापी: यस उपचार प्रक्रियामा औषधिहरू दिइन्छ, जसले स्तन क्यान्सर, प्रोस्टेट क्यान्सर, आदि जस्ता केसहरूमा क्यान्सर कोशिकाहरूको अस्तित्वको लागि महत्त्वपूर्ण हुने हार्मोनहरूको स्तरलाई परिवर्तन गर्छ ।

निष्कर्ष

जडिबुटी औषधि एक प्रकारको पूरक र वैकल्पिक उपचार हो, यसलाई एचआईभी एड्स र क्यान्सर रोगीहरूले पनि आफ्नो उपचारमा अज्माउने गर्दछन् तर एचआईभी एड्स र क्यान्सरको उपचारमा जडिबुटी प्रयोग उपयुक्त हुन्छ भन्ने पर्याप्त वैज्ञानिक प्रमाणहरू भेटिँदैनन् ।

नतिजा : भ्रामक

हाम्रा स्रोतहरू

Fao.org
Clinicalinfo.hiv.gov
Cancerresearchuk.org
Bmccomplementmedtherapies.biomedcentral.com


(This article is published in collaboration with THIP Media)


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected] 


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at [email protected]​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: [email protected]

918

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage