Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
दाबी: यौन सम्पर्कमा सन्तुष्टि नमिलेको अवस्थामा हिस्टेरिया रोग लाग्दछ ।
तथ्य: हिस्टेरिया हुँदा देखिने लक्षणहरूलाई मनोवैज्ञानिक वा शारीरिक अवस्थाहरूको अभिव्यक्तिको रूपमा हेर्न सकिन्छ । उल्लेखित दाबीलाई आधुनिक चिकित्सामा स्वीकार गर्दैन ।
सामाजिक संजलामा मानव स्वास्थ्यसँग सम्बन्धित एउटा दाबीसहितको सामग्री फेला परेको छ । उक्त सामग्रीमा यौन सम्पर्कमा सन्तुष्टि नमिलेको अवस्थामा हिस्टेरिया रोग लाग्ने दाबी गरिएको छ ।
Dr. Jems नामक टिकटक आइडीमा पोस्ट गरिएको सामग्रीमा उक्त दाबी छ । तस्बिर सहित पोस्ट गरिएको थमनेलमा लेखिएको छ- यौन सम्पर्कमा सन्तुष्टि नमिलेको अवस्थामा हिस्टेरिया भनिने रोग लाग्दछ ।
यौन सम्पर्कमा सन्तुष्टि नमिलेको अवस्थामा हिस्टेरिया रोग लाग्छ भन्ने दाबी मानव स्वास्थ्य जस्तो संवेदनशील विषयमा रहेका कारण हामीले उल्लेखित दाबीको जाँच गर्यौँ । हामीले जाँचका क्रममा उक्त दाबी आंशिक सत्य रहेको पायौँ ।
हिस्टेरिया यौन सन्तुष्टिको कमीले हुने रोग होइन । हिस्टेरिया महिलाहरूमा हुने मनोवैज्ञानिक र शारीरिक लक्षणहरूको वर्णन गर्न प्रयोग गरिएको शब्द थियो जुन गर्भाशयसँग सम्बन्धित छ । समय क्रमसँगै यसको बुझाइलाई बदनाम गरिएको पाइन्छ ।
हिस्टेरिया शब्द ग्रीक शब्द ‘हिस्टेरा’बाट आएको हो, जसको अर्थ गर्भाशय हुन्छ । चिन्ता, बेहोशी, घबराहट, सास फेर्न गाह्रो लगायतका लक्षणहरू हिस्टेरियासँग सम्बन्धित छन् । हिस्टेरियाको पूरानो बुझाइलाई आधुनिक चिकित्साले स्वीकार भने गर्दैन र ती शब्दहरूलाई वैध चिकित्सा निदानको रूपमा प्रयोग गरिएको छैन । वर्तमान समयमा हिस्टेरियामा देखिने लक्षणहरूलाई विभिन्न मनोवैज्ञानिक वा शारीरिक अवस्थाहरूको अभिव्यक्तिको रूपमा लिन सकिन्छ ।
विगतमा ‘पुरुष हिस्टेरिया’ शब्दको प्रयोग हिस्टेरिया भएका महिलाहरूमा हुने चिन्ता, डर लगायतका शारीरिक लक्षणहरू वर्णन गर्न गरिन्थ्यो । सोही शब्दले स्टिरियोटाइपलाई स्थायी बनायो जस्तो कि पुरुषहरूले स्टिरियोटाइपिक रूपमा महिला विशेषताहरू प्रदर्शन गर्न सक्छन् । जसमा संवेदनशीलता, मुड परिवर्तन र मनोवृत्तिहरू लगायतका लक्षणहरू समावेश छन् । तर, यो कुरालाई आधुनिक चिकित्सामा स्वीकार गर्दैन ।
हिस्टेरिया हुँदा देखिने लक्षणहरूलाई विभिन्न मनोवैज्ञानिक वा शारीरिक अवस्थाहरूको अभिव्यक्तिको रूपमा हेर्न सकिन्छ । उल्लेखित दाबीलाई आधुनिक चिकित्सामा स्वीकार गर्दैन ।
Clinical manifestations of hysteria
pubmed.ncbi.nlm.nih.gov
Diagnosing a male hysteric
(This article is published in collaboration with THIP Media)
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]
Newschecker And THIP Media
June 29, 2025
Newschecker And THIP Media
June 20, 2025
Newschecker And THIP Media
June 13, 2025