Wednesday, May 14, 2025

Fact Check

Fact Check: इलाम-२ मा रास्वपाका मिलन लिम्बुले कति मत पाए ? सामाजिक संजालमा फैलियो भ्रामक दाबी  

Written By Aakash Chhetri
Apr 30, 2024
banner_image

Claim

image

Fact

image

दाबी: इलाम-२ को उपनिर्वाचनमा रास्वपाका उम्मेदवार मिलन लिम्बुले २० हजार ५८१ मतले अग्रस्थान पाएको छन् ।
तथ्य: रास्वपाका उम्मेदवार मिलन लिम्बुले जम्मा ५ हजार ५० मतले चौँथो स्थान प्राप्त गरेका छन् ।  

इलाम-२ मा सम्पन्न उपनिर्वाचन र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बुसँग सम्बन्धित पोस्ट सामाजिक संजालमा फेला परेको छ । उक्त पोस्टमा रास्वपाका उम्मेदवार मिलन लिम्बुले २० हजार ५८१ मतले अग्रस्थान पाएको दाबी गरिएको छ ।

saru magar 1010 नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा इलाम-२ को मतपरिणाम भन्दै एउटा ग्राफिक्स तस्बिर जोडिएको छ । साथै भिडियोको थमनेलमा लेखिएको छ- ‘इलाम २ को निर्वाचन हिजो बेलुका १० बजेदेखि सुरु भएको थियो। अहिलेसम्म राष्ट्रिय स्वतन्त्र पार्टी मिलन लिम्बुले २०,५८१ भोटले अग्र स्थान पाएका छन्। पछिपछि एमाले’ ।

दुई दिनअघि पोस्ट गरिएको प्रस्तुत दाबीसहितको पोस्टमा करिब ८ हजार टिकटक प्रयोगकर्ताले सेयर गरिसकेका छन् । यही अवधिमा ६ सयभन्दा प्रतिक्रिया आइसकेको पोस्टलाई करिब ३ सय टिकटक प्रयोगकर्ताले सेयर गरिसकेको देखिन्छ । 

त्यसैगरी दाबीसहितको पोस्टबाट १६ वटा अन्य सामग्री पुनर्उत्पादन गरिएको छ । यस तथ्यांकले प्रस्तुत दाबीसहितको सामग्री सामाजिक संजालमा द्रुत गतिमा फैलिरहको संकेत गर्छ । 

संसदीय निर्वाचनको मतपरिणाम जस्तो महत्वपूर्ण विषयमा गरिएको दाबी अत्यन्तै संवेदनशील छ । त्यसैले हामीले प्रस्तुत दाबीबारे तथ्यजाँच गरेका छौँ । 

तथ्यजाँच/प्रमाणिकरण

इलाम निर्वाचन क्षेत्र नम्बर २ मा २०८१ बैशाख १५ गते उपनिर्वाचन सम्पन्न भएको थियो । ६० प्रतिशत मत खसेको इलाम-२ मा मतदात भएको भोलिपल्ट मतगणना सुरु भएको थियो । मतगणना सुरु भएकै दिन उल्लेखित दाबीसहितको सामग्री सामाजिक संजालमा पोस्ट गरिएको पाइयो ।  

इलाम-२ को अन्तिम मतपरिणाम निर्वाचन आयोगले सार्वजनिक गरिसकेको छ । उक्त मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बुले चौँथो स्थान प्राप्त गरेका छन् । उनले जम्मा ५ हजार ५० मत प्राप्त गरेका छन् ।

अन्तिम मतपरिणाम अनुसार नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङ २७ हजार ७ सय ७२ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत पाएका छन् । 

फेला परेको तथ्यले के पुष्टि गर्दछ भने रास्वपाका उम्मेदवार मिलन लिम्बुले २० हजार ५८१ मत प्राप्त गरेका छैनन् । ग्राफिक्स तस्बिरको प्रयोग गरेर सामाजिक संजालमा भ्रामक सन्देश फैलाउन खोजिएको पाइयो ।

निष्कर्ष

इलाम-२ मा भएको उपनिर्वाचनमा नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङ २७ हजार ७ सय ७२ मत प्राप्त गर्दै विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बुले जम्मा ५ हजार ५० मत प्राप्त गरेको सन्दर्भमा गलत दाबी सामाजिक संजालमा फैलाइएको छ ।   

नतिजा : गलत

हाम्रा स्रोतहरू

इलाम-२ अन्तिम मतपरिणाम, result.election.gov.np
समाचार, kantipurtv.com


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at [email protected]​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: [email protected]

857

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage