Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
पछिल्लो समय सामाजिक संजालमा एउटा भिडियो निकै चर्चित भइरहेको छ । भिडियोमा उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनका कान्छा भाई नेपालमा भेटिएको दाबी गरिएको छ । #RaZaNstha नामक टिकटक आइडीमा पोस्ट भएको उक्त भिडियोमा ‘किम जोङ उनका आफ्नै कान्छा भाई’ भन्ने वाक्यांक प्रयोग गर्दै सन्दर्भलाई नेपालसँग जोड्न खोजिएको छ ।
भिडियोमा जोडिएको अडियोमा भनिएको छ –
‘नेपालमा भेटिए किम जोङ उनका आफ्नै कान्छा भाई, कान्छा भाईको नाम नेपालमा राखिएको रहेछ प्रेम आले, किम जोङ उन भन्दापनि दुई गुणा कडा’
टिकटकमा पोस्ट भएको एक सातामै उक्त भिडियोमाथि २२ भन्दा बढी प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् भने उक्त भिडियो सेयर गर्ने टिकटक प्रयोगकर्ताको संख्या ८ सयभन्दा धेरै छ । यही अडियोसहितको अर्को भिडियो पनि टिकटकमा भेटिन्छ ।
#खड्ग.प्रसाद.दाहाल.बनेपा नामक टिकटक आइडीमा पोस्ट भएको उक्त भिडियोमा किम जोङ उन र प्रेम आलेका तस्बिरहरू राखिएको छ । जनवरी १७ मा पोस्ट भएको उक्त भिडियोमा १२ हजार टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् भने झण्डै ३ सय प्रयोगकर्ताले भिडियोलाई सेयर गरिसकेका छन् ।
यतिमात्र होइन, उक्त भिडियोमा राखिएको अडियो टिकटकमा व्यापक तवरले फैलिरहेको छ । उक्त अडियोबाट अहिलेसम्म ४५ वटा भिडियो पुन:निर्माण भएका छन् । हेर्नुहोस् एउटा अडियोबाट पुनर्निर्मित भिडियोहरू :
उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनकाे पारिवारिक नाता नेपालसँग जोडेर दाबी गरिएका कारण यी सामग्रहरूमाथि हामीले तथ्यजाँच गरेका छौँ ।
किम जोङ उनका आफ्नै कान्छा भाई नेपालमा भेटिएको दाबी गर्ने अडियोसहितको भिडियो सुरुमा #खड्ग.प्रसाद.दाहाल.बनेपा नामक टिकटक आइडी प्रयोगकर्ताले पोस्ट गरेका थिए । पछि सोही अडियोलाई राखेर अन्य भिडियोहरू पनि पुनर्निमाण गरिएको देखिन्छ ।
अब दाबीतर्फ केन्द्रीत होऔँ । के किम जोङ उनका आफ्नै कान्छा भाई नेपालमा भेटिएका हुन् त ? ती कान्छा भाईको नाम प्रेम आले राखिएको हो त ? भिडियोमा राखिएको तस्बिरलाई आधार मान्ने हो भने भिडियोमा दाबी गरिएको प्रेम आले नामक व्यक्ति नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हुन् ।
अर्कोतर्फ किम जोङ उन उत्तर कोरियाका नेतासँगै सन् २०१२ देखि कोरियाको मजदुर पार्टीका नेतासमेत हुन् । उनी किम जोङ् इल र को योङ हुईका दोस्रा सन्तान तथा उत्तर कोरिया स्थापना भएपछि त्यहाँका प्रथम नेता किम इल-सुङका नाति हुन् । चर्चित संचार माध्यम ABC News मा छापिएको एउटा प्रख्यात लेखमा उनीबारे बिस्तृत जानकारी दिइएको छ । पढ्नुहोस् – Everything you need to know about North Korean leader Kim Jong Un – ABC News
बाँकि रह्यो प्रेम आलेकाे कुरा, आले २०२८ वैशाख १५ गते डोटी जिल्लामा जन्मिएका हुन् । २०७७ मा प्रकाशित ‘हाम्रा माननीय’ पुस्तकमा आलेको पूर्ण विवरण राखिएको छ । जसमा उनको जीवनबारे लेखिएको छ :
शक्ति प्रदर्शनमा संसारकै शक्तिशाली व्यक्ति मध्ये एक मानिएका किम जोङ उनलाई नेपालसँग जोडेर तयार पारिएको भिडियो सुरुमा सामान्य ढंगले निर्माण भएको भएको पाइयो । हास्य मनोरन्जनका लागि तयार पारिएको जस्तो देखिने यो भिडियो समक्ष पुग्ने सबै सामाजिक संजाल प्रयोगकर्ताले किम जोङ उन र प्रेम आलेको जीवनबारे जानकारी नपाएका हुन सक्छन् । उन र आलेबीच कुनै पारिवारिक सम्बन्ध छैन दुबैको शारीरिक बनाउँटलाई खिसी गर्दै यी सामग्री तयार पारेको देखिन्छ । तथ्यलाई बङ्ग्याउँदै हुँदै नभएको कुरा दाबी गर्नुले उक्त अडियो सहितका सबै भिडियोलाई भ्रामक पुष्टि गरेको छ ।
किम जोङ उनका कान्छा भाई नेपालमा भेटिएकाे दाबी भ्रामक छ । उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उन र नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेबीच कुनै पारिवारिक नाता छैन ।
ABC News : Everything you need to know about North Korean leader Kim Jong Un
हाम्रा माननीय, संसदीय मामिला पत्रकार समाज, २०७७, पृ. १३१ ।
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]
Aakash Chhetri
June 13, 2024
Aakash Chhetri
April 4, 2023
Aakash Chhetri
January 3, 2023