Wednesday, May 14, 2025

Fact Check

Fact Check: इजरायल-हमास युद्धमा नेपाललाई जोड्दै फैलाइयो भ्रामक दाबीका श्रृंखला 

Written By Aakash Chhetri
Oct 16, 2023
banner_image

Claim

image

Fact

image

दाबी: नेपाल सरकारले इजरायल सरकारलाई सहयोग गर्न फाइटर प्लेन पठाएको दाबी ।
तथ्य: नेपालसँग असम्बन्धित र फरक सन्दर्भका भिडियोलाई भ्रामक दाबीसहित सामाजिक संजालमा फैलाइएको पाइयो । 

सामाजिक संजालमा टिकटकमा इजरायल युद्धसँग सम्बन्धित दाबीसहितका भिडियोहरू फेला परेका छन् । उक्त भिडियोमा नेपाल सरकारले इजरायल सरकारलाई सहयोग गर्न फाइटर प्लेन पठाएको दाबी गरिएको छ । 

Nursaidalam नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा आकासमा केही हवाइजहाजहरू उडिरहेको दृश्य देख्न सकिन्छ । साथै उक्त भिडियोसँगै नेपाल सरकारले इजरायल सरकारलाई सहयोग गर्न फाइटर प्लेन पठाउन लागेको दाबी गरिएको छ । भिडियोको थमनेलमा लेखिएको छ- ‘नेपाल सरकारले इजरायल सरकारलाई सहयोग गर्न फाइटर प्लेन पठाउँदै ।’ 

चार दिनअघि पोस्ट गरिएको दाबीसहितको भिडियोमा करिब ४५ हजार टिकटक प्रयोगकर्ताले रिायक्ट गरिसकेका छन् । करिब २५ सय प्रतिक्रिया आइसकेको उक्त सामग्रीलाई डेढ सयभन्दा बढी टिकटक प्रयोगकर्ताले सेयर गरिसकेका छन् । यस तथ्यांकबाट के प्रष्ट हुन्छ भने दाबीसहितको प्रस्तुत सामग्री सामाजिक संजालमा व्यापक फैलिसकेको छ ।

त्यस्तै bhanu नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा नेपाल सरकारले इजरायललाई सहयोग गर्न लडाकु विमान पठाएको दाबी गरिएको छ । दाबीसहितको यो भिडियो पनि सामाजिक संजालमा द्रुत गतिमा फैलिएको छ । करिब ४० हजार टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेको उक्त भिडियोलाई ६ सयभन्दा बढी टिकटक प्रयोगकर्ता सेयर गरिसकेका छन् ।  

टिकटकमा फेला परेको तेस्रो भिडियोमा ‘इजरायललाई सहयोग गर्न गएको नेपाली लडाकु विमानले हमासको होस् उडाइदिएको’ दाबी गरिएको छ । दुई दिनअघि पोस्ट गरिएको दाबीसहितको सामग्रीलाई करिब डेढ सय टिकटक प्रयोगकर्ताले सेयर गरिसकेका छन् । यस तथ्यांकबाट के प्रष्ट हुन्छ भने प्रस्तुत दाबीसहितको सामग्री सामाजिक संजालमा द्रुत गतिमा फैलिरहेको छ ।

इजरायल र प्यालेस्टाइनको विद्रोही समूह हमासबीच युद्ध जारी छ । यही सन्दर्थमा माथि उल्लेखित दाबीसहितका सामग्री सामाजिक संजालमा फैलाइएको छ । उक्त युद्धमा नेपालको संलग्नताबारे गरिएको दाबी अत्यन्तै संवेदनशील देखिन्छ । सोही कारण प्रस्तुत दाबीमाथि हामीले तथ्यजाँच गरेका छौँ ।     

तथ्यजाँच/प्रमाणीकरण

७ अक्टोबर (२०२३)मा प्यालेस्टाइनको हमास संगठनले इजरायलमा रकेट आक्रमण गरेपछि त्यस क्षेत्रको अवस्था तनावपूर्ण छ । अहिलेसम्म प्राप्त विवरण अनुसार उक्त आक्रमणमा परी १० जना नेपाली विद्यार्थीहरूको मृत्यु भएको छ भने एकजना सम्पर्कविहीन छन् । 

युद्ध सुरु भएको केही दिनपछि नेपाल सरकारले इजरायलमा फसेका नेपालीलाई फिर्ता ल्याउन नेपाल एअरलाइन्सको विमान पठाएको थियो । असोज २४ (२०८०) गते परराष्ट्र मन्त्री एनपी साउदसहित उडेको नेपाल एअरलाइन्सको विमानले असोज २६ गते बिहान इजरायलबाट साढे दुई सयभन्दा बढी नेपाली स्वदेश फिर्ता ल्याएको थियो । यसअघि नेपाल सरकारले इजरायल र प्यालेस्टाइनको विद्रोही समूह हमासबीच जारी युद्धबारे आफ्नो आधिकारीक धारणा सार्वजनिक गरेको थियो । 

आक्रमण र युद्धका विषयमा नेपालको परराष्ट्र मन्त्रालयले जारी गरेका फरक-फरक विज्ञप्तिमा ‘आतंकवादी आक्रमण’ र ‘हमास समूहले गरेको आक्रमण’ दुबै वाक्यांशको प्रयोग गरिएको छ ।

सरकारले ७ अक्टोबर (२०२३) मा जारी विज्ञप्तिमा ‘आतंकवादी आक्रमण’ भन्दै ‘इजरायल सरकारप्रति ऐक्यबद्धता’ जनाइएको थियो ।

तर,  त्यसपछि जारी गरिएको अर्को विज्ञप्तिमा ‘हमास समूहले गरेको आक्रमण’ वाक्यांशको प्रयोग गरिएको हो । यस तथ्यबाट के प्रष्ट हुन्छ भने इजरायल र प्यालेस्टाइनको विद्रोही समूह हमासबीच जारी युद्धबारे सरकारको धारणा अस्पष्ट छ । 

घटनाक्रमको यही सन्दर्भमा नेपाल सरकारले इजरायल सरकारलाई सहयोग गर्न फाइटर प्लेन पठाएको र इजरायललाई सहयोग गर्न गएको नेपाली लडाकु विमानले हमासको होस् उडाइदिएको दाबी गरिएको छ । 

दाबीसहितको पहिलो भिडियोमा भिडियोमा आकासमा केही हवाइजहाजहरू उडिरहेको दृश्य देख्न सकिन्छ । भिडियोमा देखिएका लडाकु विमान नेपालकै हुन् त ? वास्तविकता पत्ता लगाउन हामीले ‘Air Show’ वाक्यांश युट्युबमा सर्च गर्‍यौँ । सर्चको नतिजास्वरुप Chaudharyvlogs नामक युट्युब च्यानलमा पोस्ट गरिएको एउटा सर्ट‍ भिडियो फेला पर्‍यो ।

एक वर्षअघि अर्थात् १ नोभेम्बर २०२२ मा पोस्ट गरिएको उक्त भिडियो नेपालसँग सम्बन्धित छैन । भारतीय वायु सेनाले गरेको शक्ति प्रदर्शनका क्रममा खिचिएको भिडियोलाई इजरायल युद्ध र नेपालसँग जोड्दै सामाजिक संजालमा फैलाइएको पाइयो । 

नेपाल सरकारले इजरायल सरकारलाई सहयोग गर्न शैन्य सहयोग पठाएको दाबीहरु कुनैपनि तथ्यहरुबाट प्रमाणित हुँदैन । फाइटर प्लेन पठाएको दाबी गर्दै सामाजिक संजालमा फैलाइएका कतिपय भिडियोहरु नेपालसँग सम्बन्धित छैनन् । फेला परेका प्रस्तुत तथ्यबाट के प्रष्ट हुन्छ भने माथि उल्लेखित दाबीसहितका सामग्री भ्रामपूर्ण छन् ।  

निष्कर्ष

नेपाल सरकारले इजरायल सरकारलाई सहयोग गर्न शैन्य सहयोग पठाएको दाबीहरु भ्रामक छन् । नेपालसँग असम्बन्धित र फरक सन्दर्भका भिडियोलाई भ्रामक दाबीसहित सामाजिक संजालमा फैलाइएको पाइयो ।

नतिजा : भ्रामक

हाम्रा स्रोतहरू

समाचार, ekantipur.com
रिपोर्ट, nepalkhabar.com
भिडियो, Chaudharyvlogs


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected] 


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at [email protected]​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: [email protected]

857

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage