Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
दाबी: नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले राजालाई सत्ता सुम्पन सरकारलाई चेतावनी दिएको दाबी ।
तथ्य: प्रधानसेनापतिद्वारा राजालाई सत्ता हस्तान्तरण गर्न सरकारलाई चेतावनी दिइएको भन्ने दाबीलाई पुष्टि गर्ने कुनै आधिकारिक प्रमाण उपलब्ध छैनन् ।
नेपाली सेनासँग सम्बन्धित एउटा सामग्री सामाजिक संजालमा फैलिरहेको छ । उक्त सामग्रीमा नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले राजालाई सत्ता सुम्पन सरकारलाई चेतावनी दिएको दाबी गरिएको छ ।
Virat kohli नामक टिकटक आइडीमा पोस्ट गरिएको सामग्रीमा प्रधानसेनापति अशोकराज सिग्देलको तस्बिर जोडिएको छ । साथै तस्बिरको थमनेलमा लेखिएको छ- ‘Breaking News, नेपाली सेनाको सरकारलाई चेतावनी, रक्तपात विहिन सत्ता राजालाई सुम्पिन अनुरोध, नत्र जे पनि हुनसक्छ, प्रधान सेनापति अशोकराज सिग्देल ।’
त्यसैगरी राजतन्त्र नामक टिकटक आइडीमा पोस्ट गरिएको सामग्री पनि प्रधानसेनापति अशोकराज सिग्देलको तस्बिर पोस्ट गरिएको छ । उक्त तस्बिरमा लेखिएको छ- ‘गृहमन्त्रीले सेनाको सहयोग माग्दा, सेना प्रमुखको स्पष्टिकरण, हामी देशको सेना हौँ, सरकारको सेना होइनौँ । जनताले जुन निर्णय त्यो सेनाले मान्छ ।’
के दाबीसहितको सामग्रीमा भनिएजस्तो सन्देश नेपाली सेनाले सार्वजनिक गरेको हो त? वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले राजालाई सत्ता सुम्पन सरकारलाई चेतावनी दिएको दाबीको सत्यता पुष्टि गर्न हामीले नेपाली सेनाका पछिल्ला सन्देशहरू अध्ययन गर्यौं । तर, हालसम्म सार्वजनिक भएका आधिकारिक सन्देशहरूमा यस्तो कुनै चेतावनी दिइएको प्रमाण फेला परेन ।
नेपाली सेनाले २०८१ चैत्र ६ गते जारी गरेको विज्ञप्तिमा संविधानप्रदत्त जिम्मेवारीप्रति आफ्नो प्रतिबद्धता दोहोर्याएको देखिन्छ । उक्त विज्ञप्तिमा सेनाले ‘नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको संरक्षणमा सधैँ कटिबद्ध छ’ भन्ने स्पष्ट पारेको छ ।
पूर्वराजा ज्ञानेन्द्र शाह २०८१ फागुन २५ गते पोखरा भ्रमणपछि काठमाडौँ फर्किएका थिए । उनलाई स्वागत गर्न राजावादी समूहहरूले ठूलो संख्यामा काठमाडौँ विमानस्थलमा भेला भएका थिए । यसै क्रममा, सामाजिक सञ्जालमा प्रधानसेनापति अशोकराज सिग्देलको तस्बिर जोडिएको दाबी भाइरल भएको देखियो ।
यद्यपी, प्रधानसेनापतिद्वारा राजालाई सत्ता हस्तान्तरण गर्न सरकारलाई चेतावनी दिइएको भन्ने दाबीलाई पुष्टि गर्ने कुनै आधिकारिक प्रमाण उपलब्ध छैनन् । अर्कोर्फ नेपाली सेनाले ‘हामी सरकारको सेना होइनौँ’ भन्ने आधिकारिक सन्देश जारी गरेको छैन ।
नेपाली सेनाले २०८१ चैत्र ६ गते विज्ञप्ति जारी गर्दै संविधानप्रदत्त जिम्मेवारीप्रति प्रतिबद्ध रहेको प्रष्ट पारेको छ । यसअघि नेपालाई जोडेर सामाजिक सञ्जालमा फैलाइएका दाबीहरु भ्रामक रहेको पाइयो ।
सेनाको वक्तव्य, nepalarmy.mil.np
समाचार, kantipurtv.com
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे तथ्यजाँच, अनुसन्धान वा अन्य सुझावको लागि हामीलाई [email protected] मा इमेल गर्नुसक्नुहुनेछ अथवा हामीलाई 9999499044 नम्बरमा ह्वाट्सएप गर्नुहोस् । हामीलाई सम्पर्क गर्न तपाईं सम्पर्क पेजमा गएरसमेत फारम भर्न सक्नुहुनेछ ।
Aakash Chhetri
October 10, 2024
Aakash Chhetri
September 18, 2024
Aakash Chhetri
April 23, 2024