Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
पछिल्लो समय सामाजिक संजालमा एउटा भिडियो फैलिरहेकाे छ । नेपाली प्रहरीहरू यताउता दाैडिरहेकाे उक्त दृश्यसहितकाे भिडियोमा गोली चलिरहेको दाबी गरिएकाे छ । यतिमात्र होइन, उक्त घटना ‘भर्खरै’ घटेको, २० जनाकाे ज्यान गएकाे र २ सय जना घाइते भएकाे दाबीसमेत भिडियोमा गरिएकाे छ ।
बिहीबार #ROCKSTARBHAI नामक टिकटक आइडीमा पोस्ट भएकाे यो भिडियोकाे थमनेलनमार्फत् साे दाबी गरिएकाे छ । भिडियोको थमनेलमा हिन्दी र नेपाली भाषामा यस्तो दाबी गरिएको छ,‘भरखरकाे घटना हो, गोली चलिरहेको छ, २०० जना मान्छे घाइते भए, २० जना मान्छेको ज्यान गयो ।’
शुक्रबार विहान यो सामग्री तयार पारिरहँदा सो भिडियो पोस्ट भएको २४ घण्टा पनि भएको थिएन । तर, यो भिडियोकाे फैलावट व्यापक छ । पोस्ट भएकाे २४ घण्टा नपुग्दै साढे ४ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताहरूले भिडियोमाथि रियाक्ट गरिसकेकाे देखिन्छ । त्यस्तै ३२ जना टिकटक प्रयोगकर्ताले भिडियोमाथि कमेन्ट गरिसकेका छन् ।
सामाजिक संजालमा द्रुत गतिमा फैलिरहेको र २० जना मानिस मृत्युकाे सूचना दिएका कारण यो भिडियो महत्वपूर्ण छ, यही कारण हामीले यसमाथि तथ्यजाँच गरेका छौँ ।
२० जना मानिसको मृत्यु र २०० जना मान्छे घाइते भएकाे दाबी गर्ने बिहीबार बिहान पोस्ट भएको देखिन्छ । भिडियोमा घटना कहाँ घटेको हो ? कस्तो घटना हो ? कसरी घट्यो भन्नेबारे केही खुलाइएको छैन । त्यसैले हामीले भिडियोमा जे देखिएकाे छ त्यहीँबाट जाँच सुरु गर्यौँ ।
भिडियोको थमनेलमा ‘भरखरैको घटना’ भनिएकाले हामीले बिहीबार बिहान कुनै यस्तो घटना घटेको रहेछ कि भनेर जाँच गर्यौँ । हामीले उक्त जाँच नेपाली भूगोलमा मात्रै केन्द्रीत गर्यौँ किनभने भिडियोमा नेपाल प्रहरीको दृश्य देखाइएको छ । तर, २० जना मानिस मृत्यु भएको र २ सय जना घाइते भएको घटना नेपालमा घटेको देखिएन ।
दाबी गरेजस्तो कुनै घटना नभेटिएपछि भिडियोमा देखाइएको दृश्यकाे वास्तविकता खोजियो । सो भिडियो मधेश प्रदेशको राजधानीमा भएको एक प्रदर्शनको रहेछ । भिडियोको थमनेलमा दाबी गरेजस्तो यो घटना ‘भरखरै’ अर्थात् पोस्ट भएको दिन बिहीबार बिहानको होइन । प्रहरीसहितको दृश्य देखिएको उक्त भिडियो बुधबारको घटनाको रहेछ । जनमत पार्टी नेपालका नेता कार्यकर्ताहरुले बुधबार जनकपुरमा विरोध प्रदर्शन गर्दा झडप भएको र उक्त दृश्य सोही झडपको हो ।
मूल भिडियो :
मिथिला दैनिक नामक युट्युब च्यानलमा सही घटनाको भिडियो भेटन्छ । जसमा ‘जनकपुरमा जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप’ भन्ने शीर्षक राखिएको छ । त्यस्तै अर्को संचार माध्यम खबरहबको फेसबुक पेजमा पनि सोही भिडियो भेटिन्छ । यिनै भिडियोका दृश्य जोडेर टिकटकमा भ्रामक दाबीसहितको सामग्री निर्माण गरेर सामाजिक संजालमा फैलाइएको देखिन्छ ।
जनकपुर डेटलाइलमा अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिककी मधेश प्रदेश ब्युराे प्रमुख मनिका झाले यो घटनाको रिपोर्टिङ गरेको थिइन् । उनको बाइलाइनमा ‘जनकपुरमा जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप’ शीर्षकको समाचारसमेत छापिएको छ । उक्त उक्त घटनामा ४ जना प्रहरी र १३ जना प्रदर्शनकारी घाइते भएको तर कसैको ज्यान नगएको न्युजचेकरलाई जानकारी दिइन् ।
भिडियो देखिएको घटनामा २०० जना घाइते र २० जना मानिसको ज्यान गएको छैन । प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा केही मानिस घाइते भएपनि यो घटना सामाजिक संजालमा फैलाइएजस्तो ‘भयंकर’ होइन ।
अन्नपूर्ण पोस्ट : जनकपुरमा जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप
मिथिला दैनिक : जनकपुरमा जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप
Khabarhub : जनकपुरमा सीके राउतका कार्यकर्ता र प्रहरीबीच झडप
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]
Aakash Chhetri
May 9, 2025
Aakash Chhetri
May 6, 2025
Aakash Chhetri
April 16, 2025