Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check

दाबी: साउने घन्टी फूलको जरा, भुइँ कटहरको जरा र आँप रुखको बोक्राको रसलाई सेवन गर्दा पहेँलो जन्डिस पूर्णरुपमा निको हुन्छ ।
तथ्य: साउने घन्टी फूलको जरा, भुइँ कटहरको जरा र आँप रुखको बोक्राको रस सेवन गर्दा जन्डिस पूर्ण रूपमा निको हुन्छ भन्ने दाबीलाई पुष्टि गर्ने कुनै वैज्ञानिक प्रमाण फेला परेनन् ।
सामाजिक संजालमा जन्डिसको समस्यासँग सम्बन्धित दाबीसहितको सामग्री फेला परेको छ । उक्त सामग्रीमा साउने घन्टी फूलको जरा, भुइँ कटहरको जरा र आँप रुखको बोक्राको रस निकालेर प्रत्येक विहान एक हप्तासम्म सेवन गर्दा पहेँलो जन्डिस पूर्णरुपमा निको हुने दाबी गरिएको छ ।
नेपाली कृषक उसमान वाईबा फेसबुक पेजमा पोस्ट गरिएको भिडियोमा एकजना व्यक्ति देखिएका छन् । ती व्यक्तिले घरेलु उपचारबाटै पहेँलो जन्डिस पूर्णरुपमा निको हुने दाबी गरेका छन् ।

जन्डिस समस्यासँग सम्बन्धित प्रस्तुत दाबी अत्यन्तै संवेदनशील भएकाले हामीले उक्त दाबीबारे तथ्यजाँच गरेका छौँ ।
साउने घन्टी फूलको जरा, भुइँ कटहरको जरा र आँप रुखको बोक्राको रस सेवन गर्दा जन्डिस पूर्ण रूपमा निको हुन्छ भन्ने दाबीलाई पुष्टि गर्ने कुनै वैज्ञानिक प्रमाण फेला परेनन् ।
जन्डिस एक शारीरिक समस्या हो, यो समस्या सुरु भएपछि छाला र आँखाको सेतो भाग पहेँलो हुन्छ । जन्डिस कलेजो रोग, पित्त नली अवरोध, रगतको विकार लगायतका विभिन्न अन्तर्निहित स्वास्थ्य अवस्थाहरूका कारण निम्तिने गर्दछ ।
जन्डिसको निदानका लागि यसको मूल कारकको उपचार गर्ने गरिन्छ । उदाहरणका लागि यदि कलेजो रोगका कारण जन्डिस भएको छ भने कलेजोको अवस्थालाई उपचार गर्नुपर्छ । त्यस्तै पित्त नलीहरूमा अवरोधको कारण यो समस्या देखिएको हो भने उक्त अवरोध हटाएर जन्डिसको उपचार गरिन्छ ।
अधिकांश जन्डिसको समस्यालाई उपयुक्त चिकित्सा उपचार र जीवनशैली परिवर्तन गरेर निको पार्न सकिन्छ । यसका लक्षण देखिएपछि उचित निदान र उपचारको लागि स्वास्थ्य सेवा पेशेवरसँग परामर्श गर्नु अत्यावश्यक छ ।
जन्डिस रोगमा जडिबुटी, घरेलु एवं वैकल्पिक उपचारहरू प्रयोग गर्दा सावधानी अवनाउन जरूरी छ । साथै स्वास्थ्य सेवा पेशेवरको मार्गदर्शनमा सम्पर्क गर्नु आवश्यक छ । केही जडीबुटीहरूले कलेजोको स्वास्थ्यमा सम्भावित फाइदाहरु गर्न सक्छन् भन्ने प्रमाणहरू फेला परेका छन् तर बोटबिरुवा तथा जडिबुटीहरूमा मात्रै भर पर्नु मानव शरीरको लागि हानिकारक हुन सक्छ ।
जडिबुटी उपचार र औषधि समानान्तर प्रयोगले अवस्थालाई थप जटिलसमेत बनाउन सक्छ । तसर्थ, जन्डिसको लागि कुनै पनि जडिबुटी उपचार वा वैकल्पिक उपचारको प्रयोग गर्नुअघि स्वास्थ्य सेवा पेशेवरसँग परामर्श गर्नु महत्त्वपूर्ण छ ।
जन्डिस विभिन्न अन्तर्निहित कारणहरू भएको एक समस्या हो, यसको उपचारको लागि उचित निदान र चिकित्सा हस्तक्षेप आवश्यक छ । अप्रमाणित घरेलु उपचारमा भर पर्दा स्वास्थ्य अवस्था झनै बिग्रनसक्छ । जन्डिसको सुरक्षित र प्रभावकारी उपचारको लागि स्वास्थ्यकर्मीसँग परामर्श लिनुपर्छ ।
रिसर्च लेख, ncbi.nlm.nih.gov
रिसर्च लेख, ncbi.nlm.nih.gov
(This article is published in collaboration with THIP Media)
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]

Newschecker And THIP Media
August 22, 2025
Newschecker And THIP Media
August 8, 2025

Newschecker And THIP Media
August 1, 2025