Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
दाबी: पत्थर चट्टा नामक वनस्पतिको रसलाई हेरेकै भरमा ज्वरो निको हुन्छ ।
तथ्य: पत्थर चट्टा वनस्पति र यसको रसले ज्वरोलाई निको पार्छ भन्ने दाबी कुनैपनि वैज्ञानिक प्रमाणले पुष्टि गर्दैनन् ।
मानव स्वास्थ्यसँग सम्बन्धित एउटा लेख फेला परेको छ । उक्त लेखमा नेपालमा पाइने एउटा जडिबुटीको रसलाई छोएको र हेरेकै भरमा ज्वरो निको हुने दाबी गरिएको छ ।
Scienceinfotech.com.np नामक वेबसाइटमा प्रकाशित लेखमा डा.रामबहादुर बोहरा नामसहितको लेख पढ्न सकिन्छ । सोही लेखमा पत्थर चट्टा अजम्मरी नामक वनस्पतिलाई हेरेकै भरमा ज्वरो निको हुने दाबी गरिएको छ ।
उक्त लेखको एउटा अंश यस्तो छ- ‘आउनुस आज पुर्ब नै भनि सकेको छु हेरेर ज्वरो निको हुने जडिबुटीबारे यहाँ पस्कन लागेको छु । पत्थर चट्टा अजम्मरी यो कतिपय घरहरुमा गमलामा रोपेको देख्न सक्नुहुन्छ । यो जडिबुटीको पात ल्याउनुहोस् र पिस्नुहोस् रस निकाली सकेपछि माटाको भाडामा राखरे ६ फुटको दुरीमा राखेर एक घण्टा हेर्न लगाउनुस हेर्दा अनेत्र ध्यान नदिनुहोला क्रमश: ज्वरो उत्रदै जानेछ ।’
पत्थर चट्टा (Kalanchoe pinnata) लाई परिचित ‘हाउसप्लान्ट’ हो र यो उष्णकटिबन्धीय र उपोष्णकटिबन्धीय क्षेत्रहरूबाट अस्तित्वमा आएको मानिसन्छ । दक्षिण एशियाका विभिन्न देशहरुमा यो वनस्पतिलाई परम्परागत रुपमा आँखा दुख्ने, पेटको विकार, जन्डिस, दुखाइ, ज्वरो र पखालाको उपचारका लागि प्रयोग गरिन्छ ।
तर, पत्थर चट्टा वनस्पति र यसको रसले ज्वरो वा अन्य कुनै शारीरिक समस्या निको हुन्छ भन्ने दाबीलाई कुनैपनि वैज्ञानिक प्रमाणले पुष्टि गर्दैनन् । यद्यपि, पत्थर चट्टामा ज्वरो घटाउने गुणहरू हुन सक्ने सम्भावना केही अध्ययनहरूले देखाएका छन् । यसको थप अध्ययन-अनुसन्धान आवश्यक छ ।
विभिन्न कारणले शरीरमा ज्वरो आउन सक्छ, यसका अनेक अन्तर्निहित कारणहरू हुन सक्छन् । त्यसैले ज्वरो निको पार्न मूल समस्यालाई निको पार्नुपर्ने हुन सक्छ । शरीरमा ज्वरो देखिएपछि प्रमाणमा आधारित चिकित्सा निदान र उपचार खोज्नुका साथै योग्य चिकित्सकसँग परामर्श गर्नु महत्त्वपूर्ण हुन्छ ।
शरीरमा ज्वरो देखिएपछि गम्भीर अन्तर्निहित अवस्थाहरूलाई बेवास्ता गर्ने, उचित उपचारमा ढिलाइ गर्ने, सम्भावित लक्षणहरूबारे चिकित्सकीय सल्लाह नलिई ज्वरो निको पार्ने र चिकित्सा उपचारका लागि अप्रमाणित विधिहरूमा मात्र भरपर्नु खतरनाक पनि हुन सक्छ ।
ज्वरो निको पार्न घरेलु उपचारमा मात्र भरपर्नुले थप स्वास्थ्य जटिलताहरू, एलर्जी प्रतिक्रियाहरू निम्तिन सक्छन् । यदि लगातार उच्च ज्वरो वा गम्भीर लक्षणहरू देखिएका छन् भने उचित उपचार र चिकित्सकसँग परामर्श गर्नु आवश्यक छ ।
पत्थर चट्टा वनस्पति र यसको रसले ज्वरो वा अन्य कुनै शारीरिक समस्या निको हुन्छ भन्ने दाबीलाई कुनैपनि वैज्ञानिक प्रमाणले पुष्टि गर्दैनन् । शरीरमा ज्वरो देखिएपछि प्रमाणमा आधारित चिकित्सा निदान र उपचार खोज्नुका साथै योग्य चिकित्सकसँग परामर्श गर्नु आवश्यक छ ।
Nif.org.in
Sciencedirect.com
Indiabiodiversity.org
Pubmed.ncbi.nlm.nih.gov
(This article is published in collaboration with THIP Media)
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]
Newschecker And THIP Media
May 2, 2025
Newschecker And THIP Media
April 25, 2025
Newschecker And THIP Media
April 18, 2025