Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check

दाबी: केपी शर्मा ओलीलाई पक्राउ गरिएको र उनलाई अन्तर्राष्ट्रिय अदालतले ‘मानवताविरुद्धको अपराध’मा दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको दाबी ।
तथ्य: यो तथ्यजाँचको समयसम्म केपी शर्मा ओली स्वतन्त्र रूपमा सार्वजनिक कार्यक्रममा सहभागी भइरहेका छन् र उनलाई पक्राउ गर्ने कुनै आधिकारिक आदेश जारी भएको छैन ।
पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष के पी शर्मा ओलीसँग सम्बन्धित केही दाबीसहितका सामग्री सामाजिक संजालमा फैलिरहेका छन् । यस्ता दाबीहरुमा केपी शर्मा ओलीलाई पक्राउ गरिएको र उनलाई अन्तर्राष्ट्रिय अदालतले ‘मानवताविरुद्धको अपराध’मा दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको दाबी गरिएको छ ।
Rabilamichhane113 नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा केपी शर्मा ओली र एकजना विदेशी न्यायाधीशको तस्बिर जोडिएको छ । साथै भिडियोको थमनेलमा लेखिएको छ- ‘अन्तर्राष्ट्रिय अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘मानवता विरुद्धको अपराध’को आरोपमा दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको छ ।’

१ डिसेम्बर २०२५ मा पोस्ट गरिएको दाबीसहितको भिडियोमा करिब १ हजार टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । प्रस्तुत दाबी सामाजिक संजालमा फैलिनेक्रम जारी छ ।
त्यस्तै सोही टिकटक आइडीमा केपी शर्मा ओली पक्राउ परेको संकेत गर्दै एउटा सामग्री पोस्ट गरिएको छ । ओली पक्राउ परेको जस्तै आकृति देखिने तस्बिरको थमनेलमा लेखिएको छ- ‘Just Now छानविन आयोगले बोलाउँदा नआए पछि केपी ओली पक्राउ, सहि कि गलत कमेन्ट गरौँ !’
९ डिसेम्बर २०२५ मा पोस्ट गरिएको सामग्रीमा साढे ५ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । यही अवधिमा २ सयभन्दा बढी सेयर भइसकेको दाबीसहितको सामग्री सामाजिक संजालमा व्यापाक फैलिरहेको छ ।
के केपी शर्मा ओलीलाई पक्राउ गरिएको र उनलाई अन्तर्राष्ट्रिय अदालतले ‘मानवताविरुद्धको अपराध’मा दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको दाबी सत्य हो त? वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
दाबीको जाँचका क्रममा सबैभन्दा पहिले हामीले केपी शर्मा ओलीलाई प्रहरीले पक्राउ गरेको जस्ते देखिने आकृतिको जाँच गर्यौँ । दृश्यलाई गहिरोगरी जाँच गर्दा एआई जनेरेटेड सामग्री रहेको निष्कर्ष निस्कियो । दाबीसहितको सामग्रीमा जोडिएका दृश्यहरु (प्रहरी, केपी शर्मा ओली जस्तो देखिने आकृति र ब्याकराउन्ड) एआईमार्फत् तोडमोड गरिएको पाइयो ।
अर्कोतर्फ अन्तर्राष्ट्रिय अदालतले ओलीलाई ‘मानवता विरुद्धको अपराध’को आरोपमा दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको दाबी पूर्णरुपमा गलत छ । अन्तर्राष्ट्रिय मुद्दामा केपी शर्मा ओलीलाई दोषी ठहरिएको भन्ने कुनै विश्वासयोग्य रिपोर्ट प्रकाशित भएको पाइएन ।
दाबीसहितको सामग्रीसँगै जोडिएको तस्बिर भने अमेरिकी न्यायाधीश फ्र्याङ्क क्याप्रियो (Frank Caprio) को हो । यद्यपी, अगस्ट २०२५ मा उनको निधन भइरहेको छ । क्याप्रियो Providence Municipal Court न्यायाधीशका रूपमा लामो समयसम्म कार्यरत थिए । उनी कानुनसँगै मानिसको अवस्था, भावना र परिस्थितिलाई ध्यानमा राखेर फैसला गर्ने ‘दयालु न्यायाधीश’को रूपमा चिनिन्थे ।
फेला परेका प्रस्तुत तथ्यहरुबाट के प्रष्ट हुन्छ भने केपी शर्मा ओली र फ्र्याङ्क क्याप्रियोको तस्बिर जोडेर तयार पारिएको सामग्री पूर्णत: गलत छ ।
अर्कोतर्फ केपी शर्मा ओलीलाई नेपाल प्रहरीले पक्राउ गरेको छैन । यो सामग्री तयार पार्दासम्म (१३ डिसेम्बर २०२५) पूर्वप्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीलाई कुनैपनि अदालत वा आधिकारिक निकायले पक्राउ गर्ने आदेश जारी गरेको छैन ।
अर्कोतर्फ केपी शर्मा ओलीले आफू नेतृत्वको नेकपा (एमाले)को महाधिवेशनलाई सम्बोधनसमेत गरेका छन् । भक्तपुरको सल्लाघारीमा १३ डिसेम्बर २०२५ मा एमालेले आफ्नो ११औँ महाधिवेशनको उद्घाटन सत्र सम्पन्न गरेको छ ।
केपी शर्मा ओलीलाई प्रहरीले पक्राउ गरेको, अन्तर्राष्ट्रिय अदालतले ‘मानवता विरुद्धको अपराध’मा दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको भन्ने दाबीको कुनै विश्वसनीय आधार भेटिँदैन । दाबीमा प्रयोग गरिएको दृश्य र तस्बिर एआईमार्फत् तोडमोड गरिएको रहेको पुष्टि हुन्छ । साथै, यो तथ्यजाँचको समयसम्म केपी शर्मा ओली स्वतन्त्र रूपमा सार्वजनिक कार्यक्रममा सहभागी भइरहेका छन् र उनलाई पक्राउ गर्ने कुनै आधिकारिक आदेश जारी भएको छैन ।
समाचार, bostonglobe.com
समाचार, myrepublica.nagariknetwork.com
भिडियो, Kantipur TV HD
कुनै शंकास्पद खबर वा सूचना प्रकाशित, खोज्नुहोस् वा अन्य सुझावको लागि सम्पर्क इमेल ठेगाना हो, [email protected]

Aakash Chhetri
March 31, 2026

Aakash Chhetri
October 31, 2025

Aakash Chhetri
October 26, 2025