Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check

दाबी: पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले हतकडी लगाएर सार्वजनिक रुपमै हिँडाएको दृश्य ।
तथ्य: प्रस्तुत भिडियोलाई विभिन्न एआई डिटेक्सन टुलले एआई जेनेरेटेड कन्टेन्टका रुपमा पुष्टि गरेका छन् ।
पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग सम्बन्धित भिडियो सामाजिक संजालमा भाइरल भइहेको छ । उक्त भिडियोमा पूर्वप्रधानमन्त्री ओलीलाई प्रहरीले हतकडी लगाएर सार्वजनिक रुपमै हिँडाएको दृश्य देख्न सकिन्छ ।

Bipana Dangi Bohara नामक फेसबुक पेजमा पोस्ट गरिएको भिडियोमा ओलीलाई प्रहरी हतकडी लगाएको देख्न सकिन्छ । २९ मार्च २०२६ मा पोस्ट गरिएको भिडियोलाई करिब पाँच हजारले लाइक गरिसकेका छन् ।
त्यस्तै Sherpastate.com नामक फेसबुक आइडीमा पनि सोही भिडियो पोस्ट गरिएको छ । प्रस्तुत भिडियोको क्याप्सनमा केपी शर्मा ओलीको ‘दुबै हातमा हतकडी’ लगाइएकोसमेत जानकारी दिइएको छ ।

सोही भिडियो Starpatelkumar नामक टिकटक आइडीमा पनि सोही भिडियो पोस्ट गरिएको छ । दुई दिनअघि, २९ मार्च २०२६ मा पोस्ट गरिएको भिडियोलालाई ५४ हजारभन्दा बढी रियाक्ट गरिएको छ ।
पाँच हजारभन्दा बढी पटक सेयर भइसकेको पोस्टलाई १३ लाख भन्दा बढी टिकटक प्रयोगकर्ताले हेरिसकेका छन् ।

के पूर्वप्रधानमन्त्री ओलीलाई प्रहरीले हतकडी लगाएर सार्वजनिक रुपमै हिँडाएकै हुन् त? भिडियोको वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
जाँचका क्रममा हामीले सबैभन्दा हतकडीसहितको भिडियोबाट केही दृश्य स्क्रिनसट लियौँ । ती तस्बिरहरुलाई इभर्स इमेज सर्च गर्दा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले हतकडी लगाएर सार्वजनिक रुपमै हिँडाएको दृश्यलाई कुनैपनि तथ्यले प्रमाणित गर्न सकेनन् ।

अर्कोतर्फ जाँचका क्रममा edition.cnn.com, aljazeera.com र kathmandupost.com मा प्रकाशित समाचारहरु फेला परे । २८ मार्च २०२६ मा प्रकाशित समाचारमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेको जानकारी दिइएको छ ।
ओलीलाई प्रहरीले भक्तपुरस्थित गुन्डु निवासबाट २८ मार्च २०२६ मा नियन्त्रणमा लिएको पुष्टि हुन्छ । यही सन्दर्भमा उनीसँग सम्बन्धित केही दृश्य र तस्बिरहरु संचार माध्यममा देखिएका छन् । तर, यस्ता भिडियोमा प्रहरीले ओलीको हातमा हतकडी लगाएको देखिदैन ।
यही क्रममा Associated Press को भिडियो फेला पर्यो । यो भिडियो र हतकडी लगाइएको दृश्य देखिने भिडियोबीच केही समानता देखिन्छ । तर, वास्तविक तथा प्रमाणित भिडियोमा पूर्वप्रधानमन्त्री ओलीलाई प्रहरीले हतकडी लगाएको छैन ।
त्यस्तै ओलीलाई हतकडी लगाएका कुनै दृश्य वा तस्बिरहरु फेला परेनन् । वास्तविक भिडियो तथा तस्बिरमा तोडमोड भएको संकेत भेटिएपछि थप जाँचका लागि हामीले हतकडी सहितको भिडियोलाई एआई डिटेक्सन टुलबाट हेर्यौँ ।
एआई डिटेक्सन गर्ने hivemoderation.com ले परीक्षणका क्रममा उक्त भिडियो AI-generated content हुन सक्ने भनेर वर्गीकरण गरेको छ । Hive को नतिजाअनुसार भिडियो AI-generated हुन सक्ने सम्भावना करिब ७४ प्रतिशन देखाइएको छ । यस परीक्षणले Visual स्तरमा AI-generated वा संशोधित हुनसक्ने संकेत दिन्छ ।

त्यस्तै प्रस्तुत भिडियोलाई bitmind.ai एआई डिटेक्सन टुलबाटसमेत जाँच गर्यौँ । टुलले विश्लेषण गरेको भिडियो सामग्रीमा ८५ प्रतिशतका साथ AI-generated भएको रिपोर्ट देखिन्छ । यो टुलले भिडियोलाई पूर्ण ‘AI Generated’ भनेर चिन्हित गरेको छ ।

प्रस्तुत तथ्यहरुबाट के पुष्टि हुन्छ भने केपी शर्मा ओलीलाई हतकडी लगाइएको दृश्य वास्तविक होइन, वास्तविक भिडियोसँग मिल्दोजुल्दो एआई जेनेरेटेड दृश्यलाई भ्रामक तरिकाले सामाजिक संजालमा पोस्ट गरिएको देखियो ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेपछि सार्वजनिक गरिएका वास्तविक दृश्य र तस्बिरमा उनलाई हतकडी लगाइएको छैन । यही सन्दर्भमा ओलीलाई प्रहरीले हतकडीको देखिने भाइरल भिडियो वास्तविक होइन । प्रस्तुत भिडियोलाई विभिन्न एआई डिटेक्सन टुलले एआई जेनेरेटेड कन्टेन्टका रुपमा पुष्टि गरेका छन् । त्यसैले उक्त दृश्य भ्रामक रूपमा प्रस्तुत गरिएको निष्कर्षमा पुगिन्छ ।
भिडियो, Associated Press
समाचार, edition.cnn.com
समाचार, aljazeera.com
समाचार, kathmandupost.com
एआई डिटेक्सन टुल, hivemoderation.com
एआई डिटेक्सन टुल, bitmind.ai
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो, [email protected]

Aakash Chhetri
April 6, 2026

Aakash Chhetri
December 13, 2025

Aakash Chhetri
October 31, 2025