Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
दाबी: कुवेतमा आगलागी भएको तथा एकजना व्यक्ति बिल्डिङको छतमा फसेको दाबी (भिडियोसहित)
तथ्य: बहराइनको राजधानी सौक मनामामा घटेको घटनालाई भ्रामक दाबीसहित सामाजिक संजालमा पोस्ट गरिएको पाइयो ।
आगलागीसँग भएको भिडियो सामाजिक संजालमा फेला गरेको छ । उक्त भिडियोसँगै कुवेतमा आगलागी भएको तथा एकजना व्यक्ति बिल्डिङको छतमा फसेको दाबी गरिएको छ ।
Bharat Dahal नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा आगलागी भइरहेको दृश्य जोडिएको छ । साथै आगलागी भएको बिल्डिङको छतमा एकजना व्यक्ति छटपटाइरहेको देखिन्छ । सोही भिडियोको थमनेलमा लेखिएको छ- ‘हिजो कुवेतको आगलागी घटनामा उहाँको उद्दार भयो कि नाई कसैलाई थाहा भए जानकारी गराउनु न ?’
प्रस्तुत दाबीसहितको भिडियोमा करिब ४० हजार टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । त्यस्तै सात सयभन्दा बढी प्रतिक्रिया आएको भिडियोलाई १६ सयभन्दा बढी टिकटक प्रयोगकर्ताले सेयर गरिसकेका छन् । यस तथ्यांकबाट के प्रष्ट हुन्छ भने दाबीसहितको भिडियो सामाजिक संजालमा व्यापक फैलिसकेको छ ।
के दाबीसहितको भिडियोमा देखिएको दृश्य कुवेतको आगलागी घटनासँग सम्बन्धित छ त ? भिडियोको वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
कुवेतको दक्षिणी शहर मङ्गाफको एउटा आवासीय भवनमा २०२४ जुन १२ मा खतरनाक आगलागी भएको थियो । एनबीटीसी कम्पनीमा कार्यरत विदेशी श्रमिकहरू बस्ने भवनमा आगलागी भएपछि ४९ श्रमिकहरूको मृत्यु भएको हो । उक्त आगदालीमा केही नेपाली कामदारले भवनको झ्यालबाट हाम्फालेर ज्यान जोगाएको समाचार संचार माध्यमले प्रकाशित भएको छन् ।
सोही आगलागी भएको यही सन्दर्भमा एउटा भिडियो सामाजिक संजालमा पोस्ट गरिएको छ । उक्त भिडियो कुवेत आगलागीसँग सम्बन्धित रहेको दाबी गरिएको छ । जाँचका क्रममा हामीले दाबीसहितको भिडियोका केही दृश्यहरु स्क्रिनसट गर्यौँ र गुगल लेन्समा सर्च गर्यौँ ।
जाँचको नतिजास्वरुप कुवेतको दक्षिणी शहर मङ्गाफमा आगलागी भएकै दिन बहराइनको राजधानी सौक मनामामा आगलागी भएको समाचार फेला पर्यो । जाँचकै क्रममा NEWS OF BAHRAIN नामक युट्युब च्यानलमा पोस्ट गरिएको एउटा भिडियोसमेत भेटियो । १३ जुन २०२४ मा पोस्ट गरिएको भिडियोमा बहराइनको सिभिल डिफेन्स टोलीले आगलागीमा फसेका एक व्यक्तिको उद्दार गरेको जानकारी दिइएको छ ।
फेला परेको तथ्यबाट के प्रष्ट हुन्छ भने कुवेतको आगलागी भन्दै सामाजिक संजालमा फैलाइएको भिडियो बहराइनको आगलागीसँग सम्बन्धित छ ।
कुवेतमा आगलागी भएको तथा एकजना व्यक्ति बिल्डिङको छतमा फसेको दाबीसहित सामाजिक संजालमा पोस्ट गरिएको भिडियो कुवेत आगलागी घटनासँग सम्बन्धित छैन । बहराइनको राजधानी सौक मनामामा घटेको घटनालाई भ्रामक दाबीसहित सामाजिक संजालमा फैलाइएको पाइयो ।
समाचार, bbc.com/nepali
भिडियो, NEWS OF BAHRAIN
समाचार, kantipurtv
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]
Aakash Chhetri
November 12, 2024
Aakash Chhetri
October 3, 2024
Aakash Chhetri
September 16, 2024