Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
दाबी: लिक्युड क्लोरोफिल नामक अर्ध-सिंथेटिक मिश्रणले मुखदेखि मलद्वारसम्म शरीरभित्रको फोहर क्लिजिङ र रगतको शुद्धीकरण गर्ने दाबी ।
तथ्य: लिक्युड क्लोरोफिलले सम्पूर्ण शरीर र रगतलाई सफा गर्न सक्छ भन्ने दाबीलाई कुनैपनि वैज्ञानिक प्रमाणहरुले पुष्टि गर्न सकेनन् ।
सामाजिक संजालमा मानव स्वास्थ्यसँग सम्बन्धित एउटा दाबी सहितको सामग्री फेला परेको छ । उक्त सामग्रीमा लिक्युड क्लोरोफिल नामक अर्ध-सिंथेटिक मिश्रणले मुखदेखि मलद्वारसम्म शरीरभित्रको फोहर क्लिजिङ र रगतको शुद्धीकरण गर्ने दाबी गरिएको छ ।
Parbati Stri नामक टिकटक आइडीमा पोस्ट गरिएको दाबीसहितको सामग्रीमा क्लोरोफिल नामक एउटा उत्पादनको दृश्य पनि देख्न सकिन्छ । उक्त भिडियोको थमनेलमा लेखिएको छ- ‘मुखदेखि मलद्वारसम्म शरीरभित्रको फोहर क्लिजिङ र रगतको शुद्धीकरणका लागि ।’
मानव स्वास्थ्य उपचारसँग सम्बन्धित उक्त दाबीसहितको सामग्री संवेदनशील देखिन्छ । त्यसैले उक्त दाबीमाथि हामीले तथ्यजाँच गर्यौँ र भिडियोमा प्रस्तुत गरिएको दाबीलाई कुनैपनि वैज्ञानिक प्रमाणले पुष्टि गर्न सकेनन् ।
क्लोरोफिल एक प्राकृतिक रसायन हो, जसले बोटविरुवाहरुलाई हरियोपन प्रदान गर्दछ । क्लोरोफिल प्राकृतिक रूपमा वनस्पति र जडीबुटीहरू जस्तै गहुँ घाँस, पालक, मटर, हरियो सिमी लगायतबाट प्राप्त गर्न सकिन्छ। तर, बजारमा उपलब्ध लिक्युड क्लोरोफिल भने पूर्णरुपमा प्राकृतिक होइन, यसलाई अर्ध-सिंथेटिक मिश्रणबाट तयार पारिन्छ । क्लोरोफिलबाट निकालिएको क्लोरोफिलिन भनिने सोडियम तामा लवणबाट लिक्युड क्लोरोफिल तयार पारिएको हुन्छ ।
अर्ध-सिंथेटिक मिश्रणबाट तयार पारिएको लिक्युड क्लोरोफिल एक पूरक आहार हो, जो बिरुवाहरूमा पाइने हरियोपन (क्लोरोफिल)बाट तयार पारिएको हुन्छ । यसलाई शरीरको विषहरण (Detoxify) र रगत सफा गर्ने औषधिका रुपमा प्रचार गरिएको छ । तर, यसले मुखदेखि मलद्वारसम्म शरीर र रगत शुद्ध पार्छ भन्ने दाबीलाई वैज्ञानिक प्रमाणहरूले पुष्टि गर्दैनन् ।
छालाको समस्याहरूका लागि क्लोरोफिल प्रयोग गर्दा पखाला र उल्टी जस्ता समस्या निम्तिन सक्छन् । यसको अतिरिक्त, यसले दिसा र पिसाबमा पनि समस्या निम्त्याउन सक्छ । यसबाहेक, लिक्युड क्लोरोफिलको प्रयोग गर्दा मुटुरोगी, बालबालिका र गर्भवती महिला पनि जोगिनुपर्छ ।
क्लोरोफिलमा एन्टिअक्सिडेन्ट भरिपूर्ण हुने र यसमा हल्का एन्टि-इन्फ्लेमेटरी गुणहरू पनि हुने भएका कारण केही व्यक्ति यसबाट सम्भावित स्वास्थ्य लाभहरू लिन सक्छन् । तर, क्लोरोफिल आफैँ कुनै शारीरिक समस्याको सामधान होइन ।
हामीले यस विषयमा छाला रोग विशेषज्ञ डा.ज्योति कन्नगाथसँग परामर्श गर्यौँ । उनले भनिन्,‘ व्यापक प्रचारप्रसारका कारण सामाजिक सञ्जालमा हालसालै क्लोरोफिल-इन्फ्युज्ड पानी लोकप्रिय भएको छ । क्लोरोफिलमा एन्टिअक्सिडेन्ट गुणहरू भएतापनि, यसले खतरनाक कार्सिनोजेन्सबाट हुने अक्सिडेटिभ क्षतिलाई कम गर्न सक्ने अनुसन्धानले सङ्केत गर्छ ।’
अर्कोतर्फ लिक्युड क्लोरोफिलले सम्पूर्ण शरीर र रगतलाई सफा गर्न सक्छ भन्ने दाबी प्रमाणित भइसकेको छैन । शरीरको डिटक्सिफिकेशनका लागि आफ्नै प्राकृतिक संयन्त्रहरू छन्, मुख्य रूपमा कलेजो र मृगौलाले शरीरलाई सफा गर्ने गर्दछन् । यो काम क्लोरोफिलले गर्छ भनेर आधिकारिकता दिने कुनै पनि वैज्ञानिक प्रमाण फेला परेनन् ।
लिक्युड क्लोरोफिलले सम्पूर्ण शरीर र रगतलाई सफा गर्न सक्छ भन्ने दाबीलाई वैज्ञानिक प्रमाणहरुले पुष्टि गर्न सकेनन् । क्लोरोफिलमा एन्टिअक्सिडेन्ट भरिपूर्ण हुने र यसमा हल्का एन्टि-इन्फ्लेमेटरी गुणहरू पनि हुने भएकाकाले सम्भावित स्वास्थ्य लाभहरू हुनसक्छ ।
रिसर्च लेख, Pubmed.ncbi.nlm.nih.gov, 2012 Jun
रिसर्च लेख, Pubmed.ncbi.nlm.nih.gov, 2014 Jun 11
रिसर्च लेख, pubmed.ncbi.nlm.nih.gov, 2014 Jun 11
अन्तर्वार्ता, डा.ज्योति कन्नगाथ, छाला रोग विशेषज्ञ
(This article is published in collaboration with THIP Media)
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]
Newschecker And THIP Media
July 18, 2025
Newschecker And THIP Media
July 11, 2025
Newschecker And THIP Media
July 4, 2025