Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
सामाजिक संजालमा एउटा स्वास्थ्यसँग सम्बन्धित जानकारीसहितको सामग्री फेला परेको छ । उक्त सामग्रीमा रहेको भिडियोमा एउटा फूलको बोटको दृश्य देखिन्छ । उक्त फूलको पात सेवन गर्दा क्यान्सर र सुगर रोग सन्चो हुने दाबी गरिएको छ ।
Tika Ram Budathokiनामक फेसबुक पेजमा पोस्ट गरिएको उक्त भिडियोमा बाह्रमासे फूल (मेडागास्कर पेरिविंकल)को दृश्य देखाइएको छ र त्यहाँ एक व्यक्तिले बाह्रमासे फूलको पाल खाँदा क्यान्सर र सुगर निको हुने दाबी गरिएको छ । भिडियोमा भनिएको छ- ‘यसको सेवनले क्यान्सर रोगीको लागि केमोथेरापी जस्तै काम गर्छ ।’
भिडियो पोस्ट गर्दा लेखिएको स्ट्याटसमा पनि सोही दाबी दोहोर्याइएको छ । उक्त स्ट्याटसको एउटा अंश यस्तो छ,‘क्यान्सर र सुगरको आगनमै हुने घरेलु औषधी खाने बिधी ।’
समग्रमा भन्ने हो भने बाह्रमासे फूल (मेडागास्कर पेरिविंकल)ले मधुमेह र क्यान्सर निको पार्ने दाबी उक्त सामग्रीमा गरिएको छ । यस विषयमा तथ्यजाँच गर्दा हामीले उक्त दाबी आधा सत्य भएको पायौँ ।
बाह्रमासे फूल (मेडागास्कर पेरिविंकल), जसलाई केथरीनथस रोज पनि भनिन्छ । नेपालमा पनि विभिन्न भूभागमा यसलाई अगल-अलग नामले चिनिन्छ । एउटा नाम अलि बढी चर्चित भएकाले हामीले यस सामग्रीमा यसलाई बाह्रमासे फूल नै भनेका छौँ । यो एक फूल फुल्ने बोट हो जुन एपोकिनेसी परिवारसँग सम्बन्धित छ ।
बाह्रमासे फूलको बिरुवा एक सजावटी र औषधीय गुण भएको बिरुवा हो । जसलाई मधुमेह र क्यान्सर को उपचार को लागी प्रयोग गरिन्छ ।
२०१३ मा प्रकाशित एउटा अनुसन्धान हामीले फेला पारेका छौँ, जसमा भनिएको छ कि बाह्रमासे फूलको बोटमा विन्का एल्कालोइड भनिने रासायनिक यौगिक रहेको हुन्छ जो मधुमेहको उपचार र क्यान्सरसँग लड्न प्रयोग गरिन्छ ।अर्कोतर्फ rxlist.com मा प्रकाशित लेखमा बाह्रमासे फूल वा यसको विरुवालाई सेवन गर्दा हानिकारक हुने बताइएको छ ।
बाह्रमासे फूल र विरुवामा पाइने विन्का एल्कालोइड्सको सेवनले वाकवाकी लाग्ने, बान्ता हुने, कपाल झर्ने, श्रवणशक्ति गुम्ने, चक्कर लाग्ने, रगत बग्ने, स्नायु समस्या, कलेजोमा क्षति, रगतमा चिनीको मात्रा कम हुने र मृत्युसमेत हुन सक्छ ।
यूएस फूड एन्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए) ले विभिन्न स्वास्थ्य अवस्थाहरूको उपचार गर्नका लागि केही भिन्का एल्कालोइडहरू स्वीकृत गरेको छ तर सुरक्षा चेतावनी पनि जारी गरिएको छ । एफडीए ले विन्का एल्कालोइड्सलाई सिधैँ नसामा राख्न सिफारिस गरेको छ ।
बाह्रमासे फूलको बोटमा औषधीय गुणहरू हुन्छन् जुन केही निश्चित अवस्थामा मधुमेह र क्यान्सर रोगविरुद्ध प्रभावकारी पनि हुन्छन् तर यस बिरुवालाई स्वास्थ्यकर्मीको निर्देशनमा मात्र उपभोग गर्नुपर्छ ।
(This article is published in collaboration with THIP Media)
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]
Newschecker And THIP Media
May 16, 2025
Newschecker And THIP Media
March 21, 2025
Newschecker And THIP Media
February 28, 2025