Wednesday, May 14, 2025

Fact Check

Fact Check: ललिता निवास प्रकरणमा आफूमाथि छानविन हुने भएपछि माधवकुमार नेपाल रोएका हुन्?  

banner_image

Claim

image

Fact

image

दाबी: सर्बोच्च अदालतले ललिता निवास प्रकरणमा आफूमाथि पनि छानविन गर्नू भनेपछि माधवकुमार नेपाल रोए ।
तथ्य: चार वर्ष पूरानो र फरक सन्दर्भको भिडियोलाई भ्रामक दाबीका साथ सामाजिक संजालमा फैलाइएको पाइयो ।  

सामाजिक संजालमा एउटा भिडियोसहितको सामग्री फेला परेको छ । अदालतले ललिता निवास प्रकरणमा माधवकुमार नेपालमाथि छानविन गर्नू भनेपछि उनी रोएको सन्देश दिए खोजिएको छ । 

Kamal atri chapai नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा पूर्वप्रधानमन्त्री समेत रहेका माधवकुमार नेपाल रोइरहेको दृश्य देख्न सकिन्छ । भिडियोसँगै राखिएको थमनेलमा दाबीलाई प्रस्तुत गरिएको छ । थमनेलमा लेखिएको छ- ‘अदालतले ललिता निवास प्रकरणमा माकुनेमाथि पनि छानविन गर भनेपछि…जाने भए विना ढेउवा के ।’

साथै उक्त भिडियोसँग एउटा क्याप्सन पनि देख्न सकिन्छ । क्याप्सनमा लेखिएको छ- ‘अपराधिहरुलाई आम-माफि दिने हाम्रो देशमा, धेरै आसा त नगरौँ, तरपनि छानबिनको नाटक चाहिँ हुनेभयो ।’

१८ घण्टाअघि पोस्ट गरिएको दाबीसहितको सामग्रीमा करिब चार हजार टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । दुई सयभन्दा बढी प्रतिक्रिया आइसकेको दाबीसहितको सामग्रीलाई डेढ सयभन्दा बढी टिकटक प्रयोगकर्ताले सेयर गरिसकेका छन् । 

अदालतले ललिता निवास प्रकरणमा आफूमाथि पनि छानविन गर्नू भनेपछि पूर्वप्रधानमन्त्री समेत रहेका माधवकुमार नेपाल रोएका हुन् ? यही विषयमा केन्द्रीत रहेर हामीले तथ्यजाँच गरेका छौँ ।

तथ्यजाँच/प्रमाणीकरण

साउन (२०८०) २१ गते ललिता निवास जग्गा प्रकरणमा सुनुवाई गर्दै  सर्वोच्च अदातलले एउटा आदेश जारी गरेको थियो । उक्त आदेश अन्तर्गत ललिता निवास परिसरको सरकारी जग्गा व्यक्तिका नाममा लैजान भएका निर्णयमा संलग्नहरु पनि पनि अनुसन्धान हुने भएको हो । 
सर्बोच्च अदालतका न्यायाधीशहरु अनिलकुमार सिन्हा र कुमार चुडालको संयुक्त इजलासले सर्वोच्च अदातलले जग्गा व्यक्तिका नाममा लैजाने निर्णयमा संलग्न उपल्ला निर्णयाधिकर्तामाथि पनि अविलम्ब अनुसन्धान गर्न आदेश दिएको थियो ।

२०६६ चैत र ०६७ वैशाखमा मन्त्रिपरिषद्बाट जग्गा सट्टाभर्नाको निर्णय हुँदा माधवकुमार नेपाल प्रधानमन्त्री थिए । यही कारण सर्बोच्चको आदेशबाट अब पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि पनि छानविन हुने भएको हो । यही सन्दर्भमा अदालतको आदेशपछि माधवकुमार नेपाल रोएको सन्देश दिँदै भिडियो सामग्री सामाजिक संजालमा फैलाइएको छ । 

पूर्वप्रधानमन्त्री समेत रहेका माधवकुमार नेपाल रोएको दाबीमाथि जाँच गर्दैगर्दा सबैभन्दा पहिले हामीले केही किवर्ड तयार पार्‍यौँ । ‘रोए’ ‘माधव नेपाल’ लगायतका किवर्डलाई गुगलमा सर्च गर्दा onlinekhabar मा प्रकाशित एउटा समाचार फेला पर्‍यो ।

चार वर्षअघि अर्थात् २०७६ साउन १९ गते प्रकाशित समाचारमा तत्कालीन नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई सुझाव दिँदै पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल भावुक भएका थिए । लामो समय एउटै पार्टीमा रहेर राजनीति गरेका नेपाल र भट्टराईबीच निकटस्थ रहेको मानिन्थो । संसदीय समितिमा दुबै जना भावुक बनेका थिए ।

सोही तथ्यलाई मध्यनजर गर्दै हामीले युट्युबमा ‘माधवकुमार नेपाल’ ‘भावुक’ किवर्डहरू युट्युबमा सर्च गर्‍यौँ । जसको परिणाम स्वरुप Setopati युट्युब च्यानलमा पोस्ट गरिएको भिडियो फेला पर्‍यो । चार वर्षअघि अर्थात् ४ अगस्ट २०१९ मा पोस्ट गरिएको भिडियोमा तत्कालीन मन्त्री योगेश भट्टराई बोल्दाबोल्दै रोएको र माधवकुमार नेपाल भावुक बनेको जानकारी दिइएको छ ।        

प्रस्तुत तथ्यबाट के प्रमाणित हुन्छ भने अदालतले ललिता निवास प्रकरणमा आफूमाथि पनि छानविन गर्नू भनेपछि माधवकुमार नेपाल रोएको सन्देश दिन खोजिएको सामग्री भ्रामक छ । चार वर्ष पूरानो र फरक सन्दर्भको भिडियोलाई भ्रामक दाबीका साथ सामाजिक संजालमा फैलाइएको पाइयो ।

नेकपा एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले ललिता निवास प्रकरणमा आफूले कुनै बदमासी नगरेको प्रष्टीकरण दिएका छन् ।

निष्कर्ष

सर्बोच्च अदालतले ललिता निवास प्रकरणमा आफूमाथि पनि छानविन गर्नू भनेपछि माधवकुमार नेपाल रोएको सन्देश दिन खोजिएको सामग्री भ्रामक छ । चार वर्ष पूरानो र फरक सन्दर्भको भिडियोलाई भ्रामक दाबीका साथ सामाजिक संजालमा फैलाइएको पाइयो ।

नतिजा : भ्रामक 

हाम्रा स्रोतहरू

Ekantipur
Onlinekhabar
Setopati
Nepalpress


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected] 


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at [email protected]​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: [email protected]

857

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage