Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
सामाजिक संजालमा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्बन्धी कन्टेन्ट बन्ने क्रम अझैँ रोकिएकाे छैन् । यही बेला एमसिसीकै विषयमा एउटा दाबीसहितको टिकटक भिडियो सामाजिक संजालमा फैलिइरहेको छ । भिडियोमा अमेरिकाले एमसिसी फिर्ता लैजाने घोषणा गरेको पत्र नेपाललाई पठाएको दाबी गरिएको छ ।
#MadhabKatwal नामक टिकटक आइडीमा बुधबार पोस्ट भएको उक्त भिडियोमा राखिएको थमनेर र अडियोमार्फत् दाबी पेश गरिएको छ । भिडियोको थमनेलमा लेखिएको छ,‘नेपालबाट एमसिसी फिर्ता लैजाने अमेरिकाको घोषणा, साम्राज्यवादी शासककोसामु गाेर्खालीको जीत ।’ त्यस्तै भिडियोमा जोडिएको अडियोमा पनि यही खालको दाबी प्रस्तुत गरिएको छ । समाचार शैलीको अडियोमा भनिएको छ, आयो अत्यन्तै खुसीको खबर, अमेरिकाले पठायो एमसिसी नेपालबाट फिर्ता लैजाने घोषणा गरेको पत्र, नेपालीहरूको भयो ठूलो जीत ।’
एक दिनअघि पोस्ट गरिएको उक्त भिडियोको फैलावट पनि व्यापक छ । पोस्ट भएको एक दिनमै यो भिडियोमा एक हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् भने ४ सयभन्दा बढीले भिडियोमा कमेन्ट गरिसकेका छन् । त्यस्तै यो भिडियो सेयर गर्ने प्रयोगकर्ताको संख्या ४ सयभन्दा धेरै छ ।
माथिको भिडियोसहितको अडियो टिकटकमा दुईदिन अघि मात्र पोस्ट गरिएको हो । #GorkhaliThitto250 नामक टिकटक आइडीमा पोस्ट गरिएको उक्त भिडियोको अडियोलाई पुन:निर्माण गरेर अर्को भिडियो बनाइएको हो । यो भिडियोमा अहिलेसम्म ४ हजार १ सयभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् ।
अडियोसहितको यो भिडियोको फैलावट रोकिएको छैन । पोस्ट भएको यत्ति छोटो समयमा भिडियोको अडीयोबाट ६० वटा भिडियो पुन:निर्माण भइसकेका छ । हेर्नुहोस् पुन:निर्मित भिडियोहरू :
पछिल्लो समय नेपालको राजनीतिमा एमसिसी पेचिलो विषय बनिरहेको छ । यही बेला अमेरिकाले एमसिसी फिर्ता लिने घोषणा गरेको भन्ने दाबीसहितको अडियोले सामाजिक संजाल तताएको छ । सबैभन्दा पहिले हामी समाचारको शैलीमा रेकर्ड गरिएको अडियोको मूल स्रोत पत्ता लगाउने काममा जुट्यौँ । सुरुमा हामीले ‘एमसिसी’, ‘फिर्ता’, ‘अमेरिकाको घोषणा’ आदि किवर्ड बनाएर युट्युब सर्च गर्यौँ । केही समयको प्रयासमा हामीले एक युट्युब च्यानलमा पोस्ट गरिएको सामग्री फेला पर्यौँ । सोही सामग्री नै टिकटक भिडियोको मूल स्रोत रहेको पाइयो ।
फेब्रुअरी ८ मा NEPALI KHABAR TV नामक युट्युब च्यानलमा उक्त अडियोसहितको भिडियो पोस्ट भएको देखिन्छ । उक्त भिडियोको शीर्षक राखिएको छ,’साझपख आयो निकै खुसीको खबर, अमेरिकाले गर्यो एमसिसी फिर्ता लैजाने घोषणा, नेपालीको ठूलो जीत जताततै खुसियाली ।’
हेर्नुहोस् मूल टकटक भिडियोको मूल स्रोत :
तर, यो भिडियो भ्रामक छ । युट्युबको सामग्रीमा थुप्रै विषयको बिचमा एमसिसी पनि राखिएको छ र त्यहाँ अर्कै सन्दर्भका सूचनाहरूलाई भ्रामक तरिकाले प्रस्तुत गरिएको छ । केही दिनअघि अमेरिकी सहयोग नियोग एमसिसी मुख्यालयको डिपार्टमेन्ट अफ कम्प्याक्ट अपरेसन्सकी उपाध्यक्ष फातिमा सुमारले सम्झौता अनुमोदन र कार्यान्वयनको विकल्पमा जान नेपाललाई आग्रह गरेकी थिइन् । भिडियोमा अलिअलि यो विषयलाई पनि जोड्दै अमेरिकाले एमसिसी फिर्ता लिन घोषणा गरेको दाबी गरिएको छ । तर, उक्त चिठ्ठीमा एमसिसी फिर्ता लिने घोषणा गरिएको भने छैन । बरु एमसिसी समयमै पास गर्न भने आग्रह गरिएको छ ।
त्यस्तै फेब्रुअरी ३ मा एमसिसीका प्रमुख कार्यकारी अधिकृत महमुद बाहले पनि प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ गठबन्धनका नेतासमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई संयुक्त पत्र पठाउँदै एमसिसीको अबको कदमबारे सचेत गराएका थिए ।
प्रमुख कार्यकारी अधिकृत बाहले यो पत्र आफैँ पठाएका भने होइनन्, प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालले गत सेप्टेम्बर २९ मा एमसिसीका अध्यक्षलाई सम्बोधन गर्दै पठाएको पत्रको जवाफ फर्काउँदै उनले यो सम्झौतालाई निरन्तरता दिनेबारे नेपालको ‘सार्वभौम रोजाइ’ हुने विश्वास गरेको उल्लेख गरेका थिए ।
बाहको पत्रमा नेपाललाई सचेत त गराइएको छ तर भिडियोमा दाबी गरेजस्तफ एमसिसी फिर्ता लिने घोषणा भने गइएको छैन । त्यसैले सामाजिक संजालमा फैलिएका दाबी भ्रामक छन् ।
अमेरिकाले एमसिसी फिर्ता लिने घोषणा गरेको छैन । विषयबस्तु र तथ्यलाई बङ्ग्याएर भ्रामक सामग्री तयार पारिएको छ ।
इकान्तिपुर : ‘एमसीसी सम्झौतामा संशोधन सम्भव छैन’
इकान्तिपुर : ‘एमसीसीको निरन्तरता नेपालको ‘सार्वभौम रोजाइ’ हो’
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]
Surendra Phuyal
June 1, 2021
Aakash Chhetri
June 13, 2024
Aakash Chhetri
April 6, 2023