Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
दाबी: अमेरिकी विमान आउँदाको दुर्लभ भिडियो, यो देशमा एमसिसी पास भएपछिको परिणाम ।
तथ्य: अफगानिस्तानमा अमेरिकी एयर फोर्सको विमान अवतरण भइरहेको १५ वर्ष पूरानो दृश्यलाई वर्तमान सन्दर्भसँग जोड्दै सामाजिक संजालमा पोस्ट गरिएको छ ।
वर्तमान समयमा पोस्ट गरिएको छ । साथै भिडियोको थमनेलमा नेपाली भाषामा लेखिएको ‘अमेरिकी विमान आउँदाको दुर्लभ भिडियो, यो देशमा एमसिसी पास भएपछिको परिणाम’ भन्ने वाक्यांशले भ्रम पैदा गरेको छ ।
सामाजिक संजाल टिकटकमा एउटा सामग्री फेला परेको छ, जसमा अमेरिकी सेनाको एउटा विमान अवतरण गरिरहेको भिडियो देख्न सकिन्छ । भिडियोसहितको यो सामग्रीलाई अमेरिकी मिलेनिअम च्यालेन्ज कर्पोरेशन (एमसिसी) पास भएपछिको परिणामका रुपमा प्रस्तुत गरिएको छ ।
Kishor Kc नामक टिकटकमा पोस्ट गरिएको प्रस्तुत सामग्रीमा कतैपनि नेपाल भन्ने शब्द प्रयोग गरिएको छैन । तर, अमेरिकी विमान अवतरण भइरहेको भिडियोको थमनेलमा नेपाली भाषाको प्रयोग गरिएको छ । साथै उक्त भिडियोलाई नेपाल र एमसिसीसँग समेत जोड्न खोजिएको देखिन्छ ।
प्रस्तुत भिडियोसहितको सामग्रीको थमनेलमा लेखिएको छ- ‘अमेरिकी विमान आउँदाको दुर्लभ भिडियो, यो देशमा एमसिसी पास भएपछिको परिणाम ।’
पाँच दिनअघि पोस्ट गरिएको प्रस्तुत सामग्रीलाई करिब आठ सय टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । सामाजिक संजालमा प्रस्तुत सामग्रीको फैलावट व्यापक नभएपछि भविश्यमा उक्त भिडियोको फैलावट बढ्न सक्ने देखिन्छ ।
अमेरिकी सेना, एमसिसी र नेपालसँग सम्बन्धित गर्दै तयार पारिएको यो सामग्री संवेदनशील देखिन्छ, यही कारण उक्त सामग्रीमा जोडिएको भिडियोको वास्तविकता पत्ता लगाउने जमर्को गरिएको छ ।
माथि उल्लेखित सामग्रीमा नेपाली भाषाको प्रयोग गर्दै अवतरण भइरहेको अमेरिकी एयर फोर्सको विमानतर्फ संकेत गरिएको छ । उक्त सामग्रीमा विमान अवतरण भएको दृश्यलाई अमेरिकी मिलेनिअम च्यालेन्ज कर्पोरेशन (एमसिसी) पास भएपछिको परिणामका रुपमा प्रस्तुत गरिएको छ ।
भिडियोको थमनेलमा ‘अमेरिकी विमान आउँदा’, ‘यो देशमा एमसिसी पास भएपछि’ लगायतका वाक्यांश प्रयोग गरिएको छ । नेपाली भाषामा लेखिएका यी वाक्यांशले प्रस्तुत भिडियो नेपाल र नेपालको संघीय संसद्बाट केही समयअघि पास भएको अमेरिकी सहयोग परियोजना मिलेनिअम च्यालेन्ज कर्पोरेशन (एमसिसी)तर्फ संकेत गर्दछ ।
सोही कारण हामीले सबैभन्दा पहिले अमेरिकी एयर फोर्सको विमान अवतरण भइरहेको दृश्यको वास्तविकता पत्ता लगाउनतर्फ लाग्यौँ । यसका लागि हामीले भिडियोको एउटा अंशलाई स्क्रिनसट गरेर गुगल लेन्सको सहायता लियौँ । गुगल रिभर्स इमेज सर्च गर्दा चार्ल्सटन एयर फोर्स बेसको वेबसाइट jbcharleston.jb मा प्रकाशित एउटा लेख फेला पर्यो ।
१ डिसेम्बर २००६ मा प्रकाशित उक्त लेखले संयुक्त राज्य अमेरिकाको सैन्य सुविधा अन्तर्गत साउथ क्यारोलिना शहरमा अवस्थित चार्ल्सटन एयर फोर्स बेसमा बोइङ सी-१७ विमान अवतरण भएको जानकारी दिन्छ । बोइङ सी-१७ एउटा भिमकाय सैन्य कार्गो विमान हो ।
बोइङ सी-१७ विमानको क्षमता विस्तार गर्ने क्रममा परीक्षणका लागि असजिलो र जटिन धावनमार्ग भएको चार्ल्सटन एयर फोर्स बेसमा सो विमानलाई अवतरण गराइएको जानकारी उक्त लेखमा दिइएको छ । यस तथ्यबाट उक्त विमानको नाम र तत्कालीन समयमा उक्त विमानको अवस्थाबारे जानकारी प्राप्त भयो ।
फेला परेको प्रस्तुत तथ्यका आधारमा हामीले युट्युबमा ‘C-17 Landing on dirt runway’ अंग्रेजी वाक्यांशलाई युट्युबमा सर्च गर्यौँ । सर्चको नतिजास्वरुप एउटा भिडियो फेला पर्यो । Paul Ronan नामक युट्युब च्यानलमा पोस्ट गरिएको उक्त भिडियोमा पनि बोइङ सी-१७ विमान अवतरण भइरहेको दृश्य देख्न सकिन्छ ।
१५ वर्षअघि अर्थात् ५ डिसेम्बर २००७ मा पोस्ट गरिएको उक्त भिडियो अफगानिस्तानमा खिचिएको जानकारी दिइएको छ । यो भिडियो र माथि उल्लेखित दाबीसहितको भिडियोका दृश्यहरू एक आपसमा मेल खाएको देखिन्छ ।
बोइङ सी-१७ विमान अवतरण दृश्यसँगै देखिएको भूबनोट र अन्य दृश्यहरू एक आपसमा मेल खाएका छन् । यसबाट के प्रष्ट हुन्छ भने दाबीसहितको सामग्रीमा प्रयोग गरिएको भिडियो र १५ वर्षअघि युट्युब च्यानलमा पोस्ट गरिएको अफगानिस्तानको भिडियो एउटै हो । हेर्नुहोस्, दुबै भिडियोमा देखिएका दृश्यको तुलना :
प्रस्तुत तथ्यबाट के पुष्टि हुन्छ भने १५ वर्षअघि युट्युबमा पोस्ट गरिएको अफगानिस्तानको भिडियोलाई वर्तमान समयमा पोस्ट गरिएको छ । साथै भिडियोको थमनेलमा नेपाली भाषामा लेखिएको ‘अमेरिकी विमान आउँदाको दुर्लभ भिडियो, यो देशमा एमसिसी पास भएपछिको परिणाम’ भन्ने वाक्यांशले भ्रम पैदा गरेको छ । किनकि नेपालमा केही समयअघि मात्रै एमसिसी पास भएको थियो ।
अमेरिकी सरकारले आर्थिक रुपमा तल्लो स्तरका देशहरूलाई सहायता गर्न एमसिसीको स्थापना गरेको थियो । एमसिसीमार्फत् अमेरिकाले नेपाललाई करिब ५६ अर्ब रुपैयाँ (५० करोड अमेरिकी डलर) सहयोग उपलब्ध गराउने भन्दै नेपालको संसद्बाट अनुमोदन गरिएको थियो । एमसिसीविरुद्ध नेपालमा आन्दोलनसमेत चर्किएको थियो र आन्दोलनकै बिच २०७८ फागुन १५ गते एमसिसी अनुमोदन गरिएको थियो ।
एमसिसी अन्तर्गतको आर्थिक सहयोगलाई नेपालले विद्युत् प्रसारण लाइन र सडक स्तरोन्नतिमा लगाउनुपर्ने सम्झौता छ । एमसिसी अनुमोदन भएको करिब डेढ वर्षपछि सामाजिक संजालमा माथि उल्लेखित अमेरिकी एयर फोर्सको कार्गो विमान सी-१७ विमान अवतरण भइरहेको भिडियो पोस्ट गरियो र उक्त भिडियोलाई ‘देशमा एमसिसी पास भएपछिको परिणाम’का रुपमा प्रस्तुत गरियो ।
१५ वर्षअघि इन्टरनेटमा पोस्ट गरिएको उक्त भिडियोलाई वर्तमान सन्दर्भमा नेपालसँग जोड्नु भ्रामक छ । त्यसैले उल्लेखित तथ्यका आधारमा भन्ने हो भने माथि उल्लेखित भिडियो सहितको सामग्रीले भ्रामक सन्देश र जानकारी दिएको पाइयो ।
१५ वर्षअघि युट्युबमा पोस्ट गरिएको अफगानिस्तानको भिडियोलाई वर्तमान समयमा पोस्ट गरिएको छ । साथै भिडियोको थमनेलमा नेपाली भाषामा लेखिएको ‘अमेरिकी विमान आउँदाको दुर्लभ भिडियो, यो देशमा एमसिसी पास भएपछिको परिणाम’ भन्ने वाक्यांशले भ्रम पैदा गरेको छ ।
Paul Ronan
Jbcharleston.jb
The Millennium Challenge Corporation (MCC)
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]
Aakash Chhetri
March 21, 2024
Aakash Chhetri
March 2, 2023
Aakash Chhetri
January 3, 2023