Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
भिडियो केन्द्रीत सामाजिक संजाल टिकटकमा एउटा सामग्री फेला परेको छ, ३ दिनअघि पोस्ट गरिएको उक्त सामग्रीमा दुर्घटना भएको दृश्य देखाइएको छ । भिडियोमा नदीको किनार देखिएको छ सोही किनारमा एउटा बस दुर्घटनामा परेको देखिन्छ । दाबीसहितको उक्त सामग्रीमा सो दुर्घटना मुग्लिनमा भएको जानकारी दिइएको छ ।
भिडियोमा सुनिने आजावमार्फत् भनिएको छ – ‘पावर हाउस छ नि, मुग्लिनभन्दा यतापट्टी, त्यही पावरहाउसको यतापट्टी भीरबाट गाडी खस्यो भर्खरै, पाँच मिनेट जति भयो, खबर गर्दिनु न कसैलाई ।’
अप्रिल ७ मा Depakbogati नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा थमनेलसमेत राखिएको छ । भर्खरै दुर्घटना भएको जसरी प्रस्तुत गरिएको उक्त भिडियोमा राखिएको थमनेलमा उक्त दुर्घटनाबाट कयौँ घाइते भएको दाबी गरिएको छ । भिडियोमा राखिएको थमनेलमा भनिएको छ,‘मुग्लिन पावर हाउस नजिकै भीरबाट गाडी खसेर ठुलो दुर्घटनामा कयौँ घाइते भन्ने कुरा हामीले जानकारी पाएका छौँ भनेर हामीले अनुरोध गरेका छौँ ।’
प्रस्तुत भिडियो सामाजिक संजालमा पोस्ट हुने वित्तिकै कयौँ टिकटक प्रयोगकर्ताले दु:ख व्यक्त गरेका छन् । केही प्रयोगकर्ताले घटनाको वास्तविकता बुझ्नसमेत चाहेको टिकटक कमेन्टमा देखिन्छ । त्यस्तै भिडियोमा साढे १० हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । ९८ प्रयोगकर्ताले उक्त सामग्रीलाई सेयर गरेका छन् भने २०१ टिकटक प्रयोगकर्ताले भिडियोमा कमेन्ट गरिसकेको देखिन्छ ।
मुग्लिन सडकमा विभिन्न किसिमका सवारीसाधनहरु समय-समयमा दुर्घटना भइरहेका हुन्छन् । उक्त खडकखण्डमा अफ्ठ्यारा खडकका कारण सवारीसाधन दुर्घटना हुने गर्दछन् । यही बेला मुग्लिन सडकमा पुन: सवारी दुर्घटना भएको दाबीसहितको भिडियो सामाजिक संजालमा पोस्ट गरिएको छ । ‘भीरबाट गाडी खसेको’ भन्ने दाबी आफैमा संम्बेदनशील भएका कारण उक्त सामग्रीमाथि हामीले तथ्यजाँच गरेका छौँ ।
हालसालै मुग्लिनमा गाडी दुर्घटना भएकै जसरी टिकटकमा पोस्ट गरिएको सामग्री फेला पारेपछि हामीले यसको मूल स्रोत पत्ता लगाउने काम गर्यौँ । जसका लागि हामीले युट्युब लगायतका सामाजिक संजालमा विभिन्न वाक्यांश जाँच गर्न थाल्यौँ ।
टिकटक भिडियोमा राखिएका सूचनाको आधारमा हामीले ‘मुग्लिन दुर्घटना’, ‘पावर हाउस नजिकै दुर्घटना’, ‘बस दुर्घटना’, ‘मुग्लिनमा बस दुर्घटना’ लगायतका किवर्ड सर्च गर्यौँ । किवर्ड सर्चको परिणाम खासै उपलब्धिमूलक देखिएनन् । त्यसपछि हामीले मुग्लिन दुर्घटनाका एक-एक भिडियो सर्च गर्दै हेर्न थालेयौँ । परिणाम स्वरुप हामीले Omshanti Digital नामक युट्युब च्यानलमा पोस्ट गरिएको एउटा भिडियो फेला पार्यौँ । जसको शीर्षक राखिएको छ – ‘bus durghatna in nepal / हेर्दाहेर्दै बस दुर्घटना’ ।
ठिक दुई वर्षअघि अर्थात् ५ मे २०२० मा पोस्ट गरिएको उक्त भिडियो ब्लग ढाँचामा तयार पारिएको देखिन्छ । उक्त भिडियोमा मुग्लिनमा दुर्घटना भएकोसमेत जानकारी दिइएको छ । यो तथ्यबाट के प्रष्ट हुन्छ भने पछिल्लो समय टिकटकमा फैलिएको दुर्घटनाको भिडियो दुई वर्ष पुरानो हो । दुई वर्ष पुरानो भिडियोलाई भर्खरै घटेको घटना जसरी टिकटकमा प्रस्तुत गरिएको छ, त्यसैले प्रस्तुत टिकटक भिडियो भ्रामक बनेको छ ।
प्रस्तुत टिकटक भिडियोको मूल स्रोत दुई वर्षअघि युट्युबमा पोस्ट गरिएको थियो । त्यो बेला पोस्ट गरिएको दुर्घटनाको दृश्यलाई काँटछाँट गरेर पछिल्लो समय सामाजिक संजालमा फैलाइएको छ । दुई वर्ष पुरानो भिडियोलाई अहिले सामाजिक संजालमा फैलाउन खोजिएको पाइयो ।
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]
Aakash Chhetri
July 2, 2025
Newschecker And THIP Media
June 29, 2025
Aakash Chhetri
June 26, 2025