Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
स्थानीय तह निर्वाचन २०७९ को मतगणना पूर्णत: सकिएको छैन । मे १३ मा सम्पन्न भएको निर्वाचनको मतगणना चरिरहेकै बेला मतगणना स्थलमा रहस्यमयी गतिविधि भइरहेको दाबी गर्ने भिडियो सामग्री सामाजिक संजालमा फैलिरहेको छ । भिडियो सामग्रीमा एउटा कक्षाकोठा जस्तो हल देखिन्छ, जसमा दुईजना मानिस सुतिरहेका छन् र त्याे स्थानमा हावाहुरी चलेकोसमेत देखिएको छ ।
Ѕuresh_Singh नामक टिकटक आइडीमा पोस्ट गरिएको उक्त भिडियो सामग्रीमा मानिसको ज्यान गएको मतगणना स्थल रहेको दाबी गरिएको छ । सीसीटीभी फूटेज भनिएको उक्त भिडियोको थमनेलमा उक्त दाबी प्रस्तुत गरिएको छ ।
मतगणना स्थलमा रहस्यमयी गतिविधि भएको दाबी गर्ने भिडियोको थमनेलमा लेखिएको छ– ‘भोट गनेर राति अर्को कोठामा गएर सुतेको ठाउँमा नै एक जनाको मृत्यु पछि सीसीटीभी चेक गर्दा देखिएको, केही दिनअघि मात्रै यहाँ उम्मेदवारको रहस्यमय मृत्यु भएको थियो ।’
प्रस्तुत दाबीसहितको भिडियो सामग्रीको फैलावट भने टिकटकमा निकै व्यापक देखिन्छ । मतगणना स्थलमा रहस्यमयी गतिविधि भएको दाबी गर्ने भिडियो सामग्रीमा १ लाख १४ हजार टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन्, यो डाटा उक्त भिडियो पोस्ट भएको ४ दिनको हो । यही अवधिमा सोही भिडियो सामग्रीलाई साढे ९ सयभन्दा बढी प्रयोगकर्ताले सेयर गरिसकेका छन् ।
नेपालमा स्थानीय तह निर्वाचनको मतगणना भइरहेकै सन्दर्भमा मतगणना स्थलमा रहस्यमयी गतिविधि भएको दाबीसहितको सामग्री सामाजिक संजालमा फैलिएको छ । थाबीसहितको थमनेलमा नेपालको स्थानीय तह निर्वाचन भनेर किटान नगरे पनि दाबीलाई नेपाली भाषामा प्रस्तुत गर्नुले नेपालको सन्दर्भ प्रष्टसँग खुलेको छ ।
मुलुकभर भएको स्थानीय तह निर्वाचनको मतगणना चलिरहेकै संवेदनशील समयमा मतगणना स्थलमा रहस्यमयी गतिविधि भएको र एक जनाको मृत्यु भएको भन्ने दाबीले निर्वाचन नतिजाको सर्वस्वीकार्यतामा असर पार्न सक्छ । सोही कारण न्युजचेकरले दाबीसहितको प्रस्तुत सामग्रीमा तथ्यजाँच गरेको छ ।
मतगणना स्थलमा रहस्यमयी गतिविधि भएको दाबीसहितको सामग्री दुईवटा दाबी छन्, जसलाई हामीले जाँच गर्नुपर्ने छ । जसमध्येको पहिलो दाबी हो, ‘भोट गनेर राति अर्को कोठामा गएर सुतेको ठाउँमा नै एक जनाको मृत्युुु’ । योसँगै थमनेलमा सोही ठाउँमा केही दिनअघि मात्रै उम्मेदवारको रहस्यमय मृत्यु भएकोसमेत दाबी गरिएको छ ।
प्रस्तुत दुबै दाबीलाई आड दिने काम सामग्रीमा देखिएको भिडियोले गरेको छ । जसको कारण हामीले सबैभन्दा पहिले भिडियोको जाँच गर्ने जमर्को गर्यौँ । भिडियोमा एउटा कक्षाकोठा जस्तो हलको दृश्य देखिएको छ, जसमा दुईजना मानिस सुतिरहेका छन् र त्याे स्थानमा हावाहुरी चलेकोसमेत देखिन्छ । त्यतिकैमा कुर्सी छेवैमा राखिएका कुर्सी एउटा स्थानबाट अर्को स्थानतिर सर्छन् । त्यतिकैमा झ्यालमा कोही देखिएको जस्तै दृश्य राखिएको छ ।
भिडियोमा देखिएको दृश्यकै आधारमा हामीले युट्युब लगायतका सामाजिक संजाल र गुगलमा किवर्ड सर्च गर्यौँ । ‘स्कुलमा भूत’, ‘कक्षा कोठामा भूत’, ‘रहस्यमय स्कुल’ लगायतका वाक्यांक तथा किवर्ड नेपाली-अंग्रेजी भाषामा सर्च गरेपछि पनि संकेत भेटिएन । त्यसपछि हामीले भिडियोका स्कृनसट गरेर गुगल इमेज सर्च टुलको प्रयोग गर्यौँ । जसको परिणामस्वरुप केही नतिजा निस्किए ।
पाकिस्तानबाट संचालित Shorts videos नामक युट्युब च्यानलमा हामीले टिकटक भिडियोको मूल स्रोत फेला पार्यौँ । ‘Real Ghost Caught On Security Camera at School !’ शीर्षक राखेर युट्युबमा पोस्ट गरिएको उक्त भिडियो पोस्ट गरिएको छ । एउटा स्कुलमा लगाइएको क्यामरामा भूत देखिएकोसमेत उक्त भिडियोको व्याख्यान्तमा दाबी गरिएको छ ।
यही युट्युब च्यानलमा पोस्ट भएको भिडियोलाई छाँटकाट गरेर नेपालको चुनावी सन्दर्भसँग जोडेर टिकटकमा हालसालै पोस्ट भएको देखिन्छ । नेपालमा जेठ ३० गते मात्रै निर्वाचन सकिएको हो भने प्रस्तुत दाबीसहितको भिडियो जेठ ७ गते टिकटकमा पोस्ट गरिएको देखिन्छ । जसबाट के प्रष्ट हुन्छ भने प्रस्तुत दाबीलाई नेपालको स्थानीय तह निर्वाचन ३०७९ सँग जोड्न खोजिएको छ ।
तर, दाबीसहितको सामग्रीमा प्रयोग गरिएको दृश्य सबैभन्दा पहिले पाकिस्तानबाट संचालन भइरहेको युट्युब च्यानलमा पोस्ट गरिएको छ । यतिमात्र होइन, मे १३ मा स्थानीय तह निर्वाचन सकिएपछि मतगणना सुरु भएको हो तर उक्त भिडियो ३ मे मै युट्युबमा पोस्ट भएको देखिन्छ ।
नेपालमा निर्वाचन नसकिँदै पोस्ट गरिएको उक्त मूल भिडियोलाई निर्वाचनपछि छाटकाँट गरेर मतगणनाको सन्दर्भ बनाउँदै पोस्ट गरिएको पाइयो । मूल भिडियो पोस्ट गर्ने युट्युब च्यानल आफैँमा विवादित देखिन्छ । किनकि उक्त च्यानलले आफूलाई भूतको दृश्य देखाउने च्यानलको रुपमा प्रस्तुत गरेको छ । युट्युबमा पोस्ट गरिएको प्रस्तुत मूल भिडियोको ब्याख्यान्तमा यस्तो लेखिएको छ- ‘hello friends agar ap log ghost ki video dekhna chahty ho aisi to ap ko is channel me ghost ki video mily ge jin bhoot wali video dekhao ga apko’
अर्कोतर्फ भिडियोसँगै जोडियोको दाबीकै विषयमा हामीले केही जाँच गर्यौँ । दाबीमा लेखिएजस्तो भोट गनेर राति अर्को कोठामा गएर सुतेको ठाउँमा अहिलेसम्म कुसैको मृत्यु भएको आधिकारिक सूचना सार्वजनिक भएको छैन । निर्वाचनकै समयमा सुनसरीस्थित रामधुनी–८ नेपाली कांग्रेसले वडाध्यक्ष पदका लागि टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेका गणेश पौडेल भने झुन्डिएको अवस्थामा फेला परेका थिए । यो घटना र सामग्रीमा प्रस्तुत गरिएको दाबी भने अलग-अलग विषय हुन् ।
मतगणना स्थलमा रहस्यमयी गतिविधि भएको र एक जनाको मृत्यु भएको भन्ने दाबीसँग जोडिएको दृश्यसहितको सामग्री भ्रामक छ । स्थानीय तह निर्वाचनको मतगणनाका क्रममा भेडिएको दाबी गरिएको जस्तो र भिडियोमा देखिएको जस्तो कुनै पनि घटनाबारे आधिकारिक जानकारी सार्वजनिक भएको छैन ।
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]
Newschecker And THIP Media
June 20, 2025
Aakash Chhetri
June 18, 2025
Newschecker And THIP Media
June 13, 2025