Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
दाबी: नागढुंगा सुरुङमार्ग सुचारु भएको दाबी (भिडियो)
तथ्य: सुरुङमार्गकाे काम सम्पन्न नहुँदै फरक सन्दर्भका भिडियो जोडेर नागढुंगा सुरुङमार्ग सुचारु भएको दाबी गरिएको पाइयो ।
नागढुंगा-सिस्नेखोला सुरुङमार्ग परियोजनालाई जोडेर केहीहरु सामाजिक संजालमा फैलाइएको छ । भिडियोसँगै नागढुंगा सुरुङमार्ग सुचारु भएको दाबी गरिएको छ ।
Lakpatembasherp10 नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा अत्याधुनिक सुरुङमार्ग देख्न सकिन्छ । उक्त भिडियोको थमनेलमा लेखिएको छ- ‘आजबाट नागढुंगा सुरुङ सुचारु भयो ।’
प्रस्तुत दाबीसहितको भिडियोलाई १४ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । त्यस्तै यही अवधिमा दाबीसहितको भिडियो करिब ५ सय पटक सेयर भइसकेको छ ।
Mr__Thapa नामक टिकटक आइडीमा पनि नागढुंगा सुरुङमार्ग सुचारु भएको दाबी गरिएको छ । यो पोस्टमा भने फरक अघिल्लोभन्दा फरक देखिने सुरुङमार्गको दृश्य जोडिएको छ ।
पोस्ट गरिएको एक सातामै दाबीसहितको भिडियोमा १२ हजारभन्दा बढीले रियाक्ट गरिसकेका छन् । त्यस्तै यही अवधिमा दाबीसहितको भिडियोलाई तीन सयभन्दा बढी टिकटक प्रयोगकर्ताले सेयर गरिसकेकाे देखिन्छ ।
उल्लेखित तीनवटै भिडियोहरुमा फरक-फरक दृश्य देख्न सकिन्छ । तर, सबै पोस्टमा नागढुंगा सुरुङमार्ग सुचारु भएको दाबी गरिएको छ । टिकटक प्रयोगकर्तामाझ व्यापक फैलिरहेका पोस्टहरु नागढुंगा-सिस्नेखोला सुरुङमार्ग परियोजनासँग सम्बन्धित छन् कि छैनन् ? भिडियोको वास्तविक सन्दर्भ पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
सबैभन्दा पहिले नागढुंगा-सिस्नेखोला सुरुङमार्ग सुचारु भएको दाबीसहित सामाजिक संजालमा फैलाइएका भिडियोहरुबारे जाँच गर्यौँ । जसका लागि दाबीसहितका भिडियोहरुको स्क्रिनसट लियौँ र गुगल लेन्समा सर्च गर्यौँ ।
जाँचको नतिजास्वरुप पहिलो भिडियोसँग मिल्दाजुल्दा केही नतिजा फेला परे । जसमध्ये OurTour Blog र Shahid Today नामक युट्युब च्यानलमा पोस्ट गरिएको भिडियो माथि उल्लेखित दाबीसहितको दृश्यसँग बढी नै मिल्दाजुल्दा देखिन्छन् । फेला परेका भिडियो फ्रान्स र इटाली बीचको मोन्ट ब्लाङ्क सुरुङमार्गसँग सम्बन्धित छन् ।
त्यस्तै दाबीसहितको दोस्रो दृश्यलाई पनि सोही तरिकाले जाँच गर्यौँ । उक्त दृश्यलाई गुगल लेन्समा सर्च गर्दा Kaleem Safran view नामक युट्युब च्यानलमा पोस्ट गरिएको एउटा भिडियो फेला पर्यो । फेला परेको भिडियो र दाबीसहितको सामग्रीमा जोडिएको भिडियोमा धेरै समानता देखिएका छन् । युट्युबमा भेटिएको भिडियो कतारस्थित लुसेल एक्सप्रेसवे अन्तर्गतको सुरुङमार्गको दृश्य हो, जसले कतारको राजधानी दोहालाई लुसेल शहरसँग जोड्छ ।
जाँचका क्रममा मूल भिडियो फेला नपरेपनि दाबीसहित सामाजिक संजालमा फैलाइएका भिडियोहरु नेपालसँग सम्बन्धित नरहेको प्रष्ट भएको छ । अर्कोतर्फ दाबीसहित सामाजिक संजालमा फैलाइएका भिडियो नागढुंगा-सिस्नेखोला सुरुङमार्गसँग सम्बन्धित छैनन् ।
त्यस्तै दुई महिनाअघि अर्थात् २०८० फाल्गुण २३ गते नयाँ पत्रिकामा प्रकाशित समाचार अनुसार स्थानीयको अवरोधका कारण नागढुंगा सुरुङमार्गअन्तर्गतको मुख्य टनेलको ‘ब्रेक थ्रु’ अन्योलमा परेको छ । २३ फागुनमा मुख्य टनेलको ब्रेक थ्रु गर्ने तालिका रहेपनि काम रोकिएपछि टनेलको ब्रेक थ्रु अन्योलमा परेको समाचारमा उल्लेख छ ।
उक्त समाचारमा लेखिएको छ- ‘दुई हजार ६ सय ८८ मिटरको मुख्य सुरुङमार्गमा अब १४ मिटर खण्ड मात्रै खन्न बाँकी छ, जुन पाँच दिनमा खन्न सकिन्छ । स्थानीयसँग ठोस सहमति नभएका कारण अझै काम सुरु हुन सकेको छैन ।’
नागढुंगा-सिस्नेखोला सुरुङमार्ग सुचारु भएको दाबीसहित सामाजिक संजालमा फैलाइएका भिडियोहरु नेपालका होइनन् । सुरुङमार्गकाे काम सम्पन्न नहुँदै फरक सन्दर्भका भिडियो जोडेर नागढुंगा सुरुङमार्ग सुचारु भएको भ्रामक दाबी गरिएको पाइयो ।
समाचार, Nayapatrikadaily
भिडियो, OurTour Blog
भिडियो, Kaleem Safran view
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]
Aakash Chhetri
November 12, 2024
Aakash Chhetri
October 3, 2024
Aakash Chhetri
September 16, 2024