Tuesday, May 13, 2025

Fact Check

म्यानमारको भिडियोमा नेपालको राष्ट्रिय झण्डा दूरुपयोग

Written By Aakash Chhetri
Aug 16, 2022
banner_image

Claim

image

Fact

image

सामाजिक संजालमा एउटा दृश्यसहितको सामग्री फेला परेको छ । मानिसहरूको एउटा भीड भागदौड गरिरहेको र केही खोजीरहेको जस्तो उक्त सामग्रीमा जोडिएको दृश्यमा देखिन्छ । माथितिरबाट माटो खसालिइएको देखिन्छ र सोही खसालिएको माटोमा मानिसहरू दौडिरहेकोसमेत भिडियोमा देखिएको छ । 

Samir Rain123 नामक टिकटक आइडीमा पोस्ट गरिएको उक्त भिडियोमा नेपालका दुईवटा झण्डा राखिएको छ र रोएको सांकेतिक इमोजी राखिएको छ । उक्त सामग्रीमा राखिएको नेपालको झण्डाले प्रस्तुत भिडियो नेपालसँग सम्बन्धित रहेको र रोएको इमोजीले उक्त घटना दुखद् हो भन्ने संकेत गर्दछ ।

प्रस्तुत भिडियोसहितको सामग्री केही समयअघि नै पोस्ट गरिएको भएपनि यसमा भर्खरै भर्खरै कमेन्ट गर्न थालिएको छ । यसको अर्थ के हुन्छ भने सामाजिक संजाल प्रयोगकर्ताबीच उक्त सामग्री पुन: फैलिन थालेको छ । १५ सयभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेको उक्त सामग्रीबारे प्रयोगकर्ताले कमेन्टमार्फत् घटनाको थानकारी दिन चाहेको देखिन्छ ।

 टिकटक प्रयोगकर्ताले हालसालै ‘के हो यस्तो’, ‘जय नेपाल’ लगायतका कमेन्ट गरेका छन् । आगामी दिनमा उक्त भिडियो थप दाबीसहित सामाजिक संजालमा नफैलियोस् भन्ने उद्देश्यका साथ हामीले यो तथ्यजाँच गरेका हौँ । यस तथ्यजाँचको उद्देश्य भिडियोमा देखिएको घटनाको वास्तविकता पत्ता लगाउने मात्रै हुनेछ । 

तथ्यजाँच/प्रमाणीकरण

टिकटक सामग्रीमा जोडिएको दृश्यमा कुनै मसिनले माथिबाट माटो झारीरहेको देखिन्छ । त्यही माटोमा मानिसहरू भागदौड गरेकोसमेत देखिन्छ । त्यहाँ दुईवटा नेपालको राष्ट्रिय झण्डा र रोएको इमोजी राखिएको छ । यी तीनवटा संकेतलाई पछ्याउँदै हामीले तथ्यजाँच सुरु गर्‍यौँ ।

सुरुमा हामीलाई उक्त दृश्य कुनै खानीको हुनसक्छ भन्ने लाग्यो । यही आधारमा हामीले ‘miners asia’ भन्ने किवर्डलाई गुगलमा सर्च गर्‍यौँ । जसको नतिजा हामीलाई फाइदाजनक सावित भयो ।

यही नतिजाको आधारमा हामीले म्यानमारका खनिज खानीको बारेमा जानकारी पायौँ । जहाँ माथि दाबीसहितको भिडियोमा देखिएजस्तै तरिकाबाट खानीबाट निस्किएका पदार्थहरू खोजिने रहेछ । यही जानकारीका आधारमा हामीले ‘miners in Myanmar’ भन्ने किवर्ड युट्युबमा सर्च गर्‍यौँ । जसको फलस्वरुप हामीले टिकटकमा पोस्ट गरिएको भिडियोको मूल स्रोत प्राप्त गर्‍यौँ ।

Wolfgang227 नामक युट्युब आइडीमा ६ जुलाई २०२० मा पोस्ट गरिएको उक्त भिडियोको शीर्षक छ- ‘Jade miners in Myanmar’ फरक फरक दृश्यहरू जोडेर तयार पारिएको उक्त भिडियोको एउटा अंशलाई काटेर नेपालको राष्ट्रिय झण्डा राखेर सामाजिक संजालमा पोस्ट गरिएको पाइयो । 

युट्युब च्यानलले दिएको विवरण अनुसार म्यानमारमा जेड खानीमा पहिले स्थानीयले हातले खन्ने गरेको र  सरकारले चिनियाँ कम्पनी मार्फत् ठूला मेसिन ल्याएपछि ती मेसिनले खनेको माटोमा स्थानीयहरूले खनिज खोज्ने रहेछन् ।

प्रस्तुत तथ्यबाट के प्रष्ट हुन्छ भने नेपालको झण्डा र रोएको इमोजी राखिएको उक्त भिडियो म्यानमारको हो । भिडियोलाई भ्रामक बनाउनका लागि त्यहाँ नेपालको राष्ट्रिय झण्डाको दूरुपयोग गरिएको छ । 

निष्कर्ष :

नेपालको राष्ट्रिय झण्डा राखिएको दाबीसहितको भिडियो म्यानमारको हो । उक्त भिडियो कुनै दुखद् घटनाको पनि होइन, जेड खानीमा स्थानीयले खनिज खोजिँरहँदाको भिडियो हो ।  

नतिजा : भ्रामक

हाम्रा स्रोतहरू :

Wolfgang


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected] 


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at [email protected]​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: [email protected]

857

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage