Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.
दाबी: ‘नेपाली महिलाले भलिबल जितेपछि’, भागदौड मच्चिएको भिडियो ।
तथ्य: बंगलादेशमा खिचिएको फरक सन्दर्भको भिडियोलाई नेपालमा सम्पन्न खेलसँग जोड्दै पोस्ट गरिएको पाइयो ।
सडकमा भागदौड मच्चिएको एउटा भिडियोसहितको सामग्री सामाजिक संजालमा पोस्ट गरिएको छ । साथै भिडियोमा ‘नेपाली महिलाले भलिबल जितेको’ दाबी गरिएको छ ।
Ramesh Gautam नामक फेसबुक आइडीमा पोस्ट गरिएको सामग्रीमा एउटा तस्बिर र एउटा भिडियो जडिएको छ । उक्त तस्बिरमा भलिबल खेलको एउटा तस्बिर देख्न सकिन्छ भने भिडियोमा सडकमा मानिसहरु दौडिएको दृश्य देख्न सकिन्छ । सोही सामग्रीको थमनेलमा लेखिएको छ- ‘नेपाली महिलाले भलिबल जितेपछि ।’
३ अगस्ट २०२४ मा पोस्ट गरिएको दाबीसहितको सामग्रीलाई ८ हजारभन्दा बढी फेसबुक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । पोस्ट भएको छोटो समयमै द्रुत गतिमा फैलिरहेको सामग्री आगामी दिनमा झनै फैलिनसक्ने देखिएको छ ।
के सडकमा भागदौड मच्चिएको भिडियो नेपाली महिला टोलीको जितसँग सम्बन्धित छ त ? भिडियोको वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
तथ्यजाँच/प्रमाणीकरण
१९ साउन २०८१ मा नेपाली महिला भलिबल टोलीले भारतीय टोलीलाई हराएको थियो । काठमाडौँमा जारी काभा वुमन्स नेसन्स भलिबल लिग अन्तर्गत नेपालले भारतलाई ३-२ को सेटमा पराजित गरेको हो । यो जितपछि नेपाली महिला भलिबल टिमले पहिलो पटक भारतलाई पराजित गरेको समाचार संचार माध्यममा प्रकाशित भएका थिए ।
खेलको नतिजा सार्वजनिक भएपछि नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलेसमेत सामाजिक संजालमार्फत् नेपाली टिमलाई बधाई दिएका थिए । प्रधानमन्त्रीले बधाई दिँदै पोस्ट गरेको तस्बिर र दाबीसहितको पोस्टमा जोडिएको तस्बिर हुबहु देखिन्छ । तर, तस्बिरसँगै पोस्ट गरिएको भिडियो भने फरक देखिन्छ ।
‘नेपाली महिलाले भलिबल जितेको’ भन्दै पोस्ट गरिएको भिडियोबाट हामीले केही स्क्रिनसट लियौँ र ती स्क्रिनसटलाई गुगल लेन्समा रिभर्स इमेज सर्च गर्यौँ । जाँचको नतिजास्वरुप Today Murshidabad युट्युब च्यानलमा पोस्ट गरिएको एउटा भिडियो फेला पर्यो । जुलाई २०२४ मा पोस्ट गरिएको भिडियोमा बाङ्ला भाषामा ‘बंगलादेश दृश्य’ लेखिएको छ ।
पछिल्लो समय बंगलादेशमा सडक आन्दोलन चर्किरहेको छ । सरकारी सेवामा विशेष आरक्षणको विरोधमा सुरु भएको आन्दोलन हिंसात्मक बनेको हो । सडक आन्दोलन चर्किरहेकै बेला यो भिडियो युट्युबमा पोस्ट गरिएको देखिन्छ ।
युट्युबमा फेला परेको भिडियो र ‘नेपाली महिलाले भलिबल जितेको’ दाबीसहित पोस्ट गरिएको भिडियोमा समानता देख्न सकिन्छ । तर, भिडियो पोस्ट गर्ने च्यानलको विश्वसनीयता पुष्टि हुन नसकेपछि हामीले सोही भिडियोका स्क्रिनसटलाई रिभर्स इमेज सर्च गर्यौँ ।
जाँचको नतिजास्वरुप The Daily MIST नामक फेसबुक पेजमा पोस्ट गरिएको भिडियो फेला पर्यो । १८ जुलाई २०२४ मा पोस्ट गरिएको भिडियोमा ECB Chattar Under Attack लेखिएको छ ।
फेला परेको भिडियो र दाबीसहित सामाजिक संजालमा फैलाइएको भिडियोमा समानता देख्न सकिन्छ । यो भिडियोमा बंगलादेशको राजधानी ढाकास्थित ईसीबी छत्तर पनि भनिएकाले हामीले उक्त स्थानलाई गुगल म्याममा जाँच गर्यौँ ।
२०२३ अक्टोबरमा अपडेट गरिएको गुगल म्याप ‘स्ट्रिट भ्यु’मा हेर्दा पनि केही दृश्यहरु दाबीसहितको भिडियोसँग मिल्दा देखिन्छन् । वरिपरी देखिएका दृश्यहरुका आधारमा नेपालमा फैलाइएको दाबीसहितको भिडियो ईसीबी छत्तर क्षेत्रमै खिचिएको हो भन्ने निष्कर्षमा पुर्यौँ ।
निष्कर्ष
‘नेपाली महिलाले भलिबल जितेको’ जानकारीसहित पोस्ट गरिएको भिडियो नेपाल र नेपालको कुनैपनि खेलसँग सम्बन्धित छैन । बंगलादेशमा खिएको भिडियोलाई नेपाली महिला भलिबल टोलीले भारतीय टोलीलाई हराएको सन्दर्भमा भ्रामक दाबीसहित पोस्ट गरिएको पाइयो ।
नतिजा : भ्रामक
हाम्रा स्रोतहरू
समाचार, neplays.com
भिडियो, Today Murshidabad
भिडियो, The Daily MIST
दृश्य, गुगल म्याप ‘स्ट्रिट भ्यु’
फेसबुक पोस्ट, K P Sharma Oli
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co
Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.