Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
काठमाडौँबाट उडेको विमान दुर्घटना भएको दाबी गर्ने एउटा सामग्री सामाजिक संजालमा फैलिरहेको छ । भिडियो केन्द्रीत सामाजिक संजाल टिकटकमा भेटिएको उक्त सामग्रीमा विमान दुर्घटना भएको दृश्य देख्न सकिन्छ । अर्जुन बस्नेत अफिसियल नामक टिकटक आइडीमा पोस्ट भएको भिडियोमा बुद्ध एयरकाे विमान दुर्घटनामा परेको दाबी गरिएको छ ।
भिडियोमा एउटा विमान दुर्घटनाको तस्बिर देख्न सकिन्छ । जसको थमनेलमा लेखिएको छ,‘काठमाडौँबाट ३ बजे उडेको बुद्ध एयर दुर्घटना, घटनाबारे जानकारी ४४ बजेको नेपाल समाचार सुनेर हेर्दिनुहोला । धन्यवाद् ।’
यो सामग्री तयार पार्न सुरु गर्दैगर्दा उक्त भिडियो पोस्ट भएको १६ घण्टा मात्रै भएको थियो । १६ घण्टामा यो सामग्रीमाथि ७ हजार २ सयभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् भने डेढ सयभन्दा बढी प्रयोगकर्ताले भिडियोलाई सेयर गरिसकेको देखिन्छ । यही समयमा भिडियोमाथि आफ्नो राय राख्ने प्रयोगकर्ताको संख्या पनि डेढ सयभन्दा बढी छ ।
पोस्ट भएको दुई दिनभित्राै यो भिडियोमाथि करिब ३८ हजार टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् र यो भिडियो सेयर गर्ने प्रयोगकर्ताको संख्या ७ सयभन्दा बढी देखिन्छ । यसबाट के प्रष्ट हुन सकिन्छ भने सामाजिक संजालमा यो सामग्रीको फैलावट व्यापक छ ।
सामाजिक संजालमा यो दाबी फैलिरहँदा केही टिकटक प्रयोगकर्ताले भिडियोको वास्तविकतामाथि प्रश्न उठाएका छन् । भिडियोमाथि आफ्नो राय राख्दै रन्जिता पौडेल नामक आइडी प्रयोगकर्ताले लेखेकी छन्- ‘एउटा भिडियो भाइरल गर्न जे पायो त्यही भिडियो पोस्ट नगर्नू, ४४ नि कहीँ बज्छ, विचरा कतिको आफ्नो मान्छे बुद्ध एयरमा जानु भएको होला कति टेन्सन हुन्छ परिवारलाई ।’
यसबाट के प्रष्ट हुन्छ भने भिडियोले आम सामाजिक संजाल प्रयोगकर्तालाई अन्योलतामा परेको छ । त्यसैले हामीले यस दाबीसहितको सामग्रीको तथ्यजाँच गरेका छौँ ।
भिडियोमा काठमाडौँबाट उडेको बुद्ध एयरकाे जहान दुर्घटनामा परेको दाबी गरिएको छ । तर, उक्त दाबी भ्रामक छ । किनभने भिडियोमा दुर्घटनामा परेको भन्दै देखाइएको विमान बुद्ध एयरकाे होइन । दुर्घटनामा परेको यो विमान नेपालको नभई बाहिरी देशको रहेको हाम्रो जाँचले देखायो ।
भिडियोमा ब्राजिलमा भएको विमान दुर्घटनाको दृश्य देखाइएको छ । जसलाई नेपालको भनेर दाबी गरिएको हो । भिडियोमा देखाइएको विमान दुर्घटना ब्राजिलको सानो शहर काराटिंगा नजिक दुर्घटनामा परेको थियो । उक्त विमान बुद्ध एयरको नभई ब्राजिलकी चर्चित गायिका मारिलिया मेन्डोन्काको निजी विमान थियो । यो घटना ५ नोभेम्बर २०२१ मा घटेको हो ।
उक्त विमान दुर्घटनामा गायिका मेन्डोन्कासहित अन्य चार जनाको ज्यान गएको थियो । उक्त दुर्घटनापछि खिचिएको भिडियोलाई पछिल्लो नेपालको भन्दै सामाजिक संजालमा फैलाइएको छ । मेन्डोन्का चडेको विमान दुर्घटनापछि खिचिएको भिडियो हेर्नुहोस्, जसलाई नेपालको हो भन्ने दाबीसहित सामाजिक संजालमा फैलाइएको छ :
भिडियोमा देखिएको विमान दुर्घटनाको दृश्य काठमाडौँबाट ३ बजे उडेको बुद्ध एयरको होइन । भिडियोमा देखाइए दृश्य ब्राजिलमा घटेको घटनाको हो ।
The guardian : Brazilian singer Marília Mendonça dies in plane crash on way to concert
Airplane with singer Marília Mendonça crashes in Minas Gerais. Watch video
Plane that crashed with Marília Mendonça
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]
Newschecker And THIP Media
July 4, 2025
Aakash Chhetri
July 2, 2025
Newschecker And THIP Media
June 29, 2025