Wednesday, May 14, 2025

Fact Check

रेल जलिरहेको भिडियो सामाजिक संजालमा भाइरल, नेपाली रेलमा आगलागी भएको दाबी

Written By Aakash Chhetri
Feb 22, 2022
banner_image

Claim

image

Fact

image

पछिल्लो समय सामाजिक संजालमा रेल जलिरहेको दृश्यसहितको भिडियो सामाजिक संजालमा फैलिरहेको छ । उक्त भिडियोमा एउटा आगलागी भएको रेलको दृश्य देखाइएको छ र र अर्को सही सलामत रहेको रेलको दृश्य देखाइएको छ । उक्त सामग्रीमा नेपालको रेल जलेको दाबी गरिएको छ । भिडियोको थमनेलमा लेखिएको छ,‘New Nepali train ka halat (नयाँ नेपाली रेलको हालत) ।’

आइतबार #Maihuzafertera नामक टिकटक आइडीमा पोस्ट भएको यो भिडियोबाट नेपालको एक मात्र नयाँ रेलमा आगो लागेको भन्ने सूचना प्रवाह भएको देखिन्छ । नेपाली रेलको तस्बीर र त्यसमाथि आगो लागेको भनेर गरिएको गम्भीर दाबीका अलावा भिडियोमा अरु कुनै खालको संकेत दिइकएको छैन ।

पोस्ट भएको २४ घण्टा कटेसँगै भिडियोमा १५ हजार ८ सय टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेकाे देखिन्छ । त्यस्तै यो अवधिमा भिडियोलाई ९ सय ६० भन्दा बढीले सेयर गरिसकेका छन् । यसबाट के प्रष्ट हुन्छ भने यो भिडियोको फैलावट पनि व्यपक छ । 

तथ्यजाँच प्रमाणिकरण

नेपालमा विभिन्न आन्दोलन चर्किरहेकाे बेला हो यो । यो समय सिके राउत नेतृत्वको जनमत पार्टीको आयोजनामा भइरहेको किशान आन्दोलन र संसद्‍मा टेबल भइसकेको अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) विरोधी आन्दोलनले नेपालका सडक तताइरहेका छन् । यही बेला नेपालको रेल जलेको सूचनासहितको भिडियो सामाजिक संजालमा भाइरल भयो ।

नेपालले भारतसँग किनेका दुईवटा रेल २ असोज, २०७७ मा नेपाल आइपुगेका थिए । नेपाल आइपुगेका दुवै रेलमा ५/५ डिब्बाका रहेका छन् भने एउटा रेलमा एकैपटक १३०० जनाले यात्रा गर्न सक्नेगरी बनाइएको छ । भारत सरकारको सहयोगमा बनेका यी रेल जयनगर–जनकपुरको  ६९ किलोमिटर अन्तर्गत पहिलो खण्डको रेलमार्गमा सञ्चालन हुने भनिएपनि अझैसम्म सञ्चालन भएको छैन ।

टिकटकमा फैलिएको भिडियोमा प्रयोग गरिएको नेपाली रेल सेटको तस्बिर

रेल संचालनका लागि आवश्यक पूर्वाधार र जनशक्तिको कमीका कारण उक्त रेलको सेट पछिल्लो समय धनुषाको इनर्वा स्टेसनको पालमुनि थन्किएको समाचारहरू आएका छन् । कर्मचारी भर्ना प्रक्रिया पेचिलो बन्दा रेल सञ्चालनमा समस्या भइरहेका कारण यो समस्या आएको हो । यो रेल सेट विगत ८ महिनादेखि थन्काएर राखिएको छ । 

रेल थन्किएको समाचार आइरहेका बेला रेल जलेको दाबीसहितको भिडियो सामाजिक संजालमा फैलिएको देखियो । यसकारण भिडियोमाथि हामीले जाँच सुरु गर्‍यौँ । भिडियोको मूल स्रोत पत्ता लगाउन युट्युब लगायतका सामाजिक संजालमा हामीले ‘रेल आगलागी’ ‘नेपालको रेल आयो’  ‘Train fire’ आदि किवर्ड सर्च गर्यौँ । जसबाट छिमेकी मुलुकमा केही दिनअघि भएको घटनाबारे जानकारी मिल्यो ।

भारतीय चर्चित संचार माध्यम अमर उजालाका अनुसार १९ फेब्रुअरी बिहानै बिहारको मधुबनी रेल्वे स्टेशनमा पार्किङ गरिएको स्वतन्त्रता सेनानी एक्सप्रेसका केही बग्गीमा अचानक आगो सल्किएको देखियो । एक्कासी आगलागी भएको हुँदा स्टेशनमै उपस्थित सुरक्षाकर्मी र मानिसहरूले आगो निभाउने प्रयास गरे तर आगो निभेन र धेरै क्षति भएको थियो । 

दुई दिनअघि भारतको बिहारस्थित मधुबनी रेल्वे स्टेशनमा घटेयो यो घटनालाई नेपाली रेलसँग जोडिएको छ । तर, यो दाबी भ्रामक छ । किनकि नेपालको रेलमा त्यस्तो आगलागी भएको छैन । दाबीसहितको टिकटक भिडियोमा देखाइएको दृश्य सोही मधुबनी रेल्वे स्टेशनको हो । विभिन्न भारतीय संचार माध्यमले उक्त घटनाको भिडियो राखेका छन् ।

हेर्नुस्, Live Hindustan मा राखिएको भिडियो :

हेर्नुस्, Quint Hindi मा राखिएको भिडियो :

Economictimes.indiatimes.com मा राखिएको भिडियो :

https://economictimes.indiatimes.com/industry/transportation/railways/bihar-massive-fire-broke-out-in-an-empty-train-at-madhubani-railway-station/videoshow/89679499.cms?fbclid=IwAR1hgivIVF_Sk1kloz6050rvgl3jLYO7MsdT3i2QkfcaSO-enFp2_lNT528&from=mdr

निष्कर्ष :

नेपाली रेलमा आगो लाग्यो भन्ने दाबी भ्रामक छ । नेपाली रेलको तस्बिरलाई भारतमा भएको रेल दुर्घटनाको भिडियोसँग जोडेर भ्रामक सामग्री बनाइएको हो ।

नतिजा : भ्रामक

हाम्रा स्रोतहरू 

himalkhabar.com : नेपालको आफ्नै रेल जनकपुर आइपुग्यो, यात्रुसेवा भने तत्कालै शुरू नहुने थप सामग्री

Amarujala.com : मधुबनी: धूं-धूं कर जलने लगी स्वतंत्रता संग्राम सेनानी एक्सप्रेस की बोगियां

Live Hindustan : मधुबनी रेल्वे स्टेशन घटनाको धिडियो 

Bihar: Massive fire broke out in an empty train at Madhubani railway station


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at [email protected]​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: [email protected]

857

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage