Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
दाबी: सुन्तलाको रस बालबालिकालाई सेवन गराउँदा रुघाखोकी र छातीमा कफ जमेको समस्या निको हुने दाबी ।
तथ्य: तताएको सुन्तलाको रस बालबालिकालाई सेवन गराउँदा रुघाखोकी र छातीमा कफ जमेको समस्या निको हुने दाबी प्रमाणित भएन ।
बालबालिकाको स्वास्थ्यसँग सम्बन्धित दाबीसहितको भिडियो सामाजिक संजालमा फेला परेको छ । उक्त भिडियोमा तताएको सुन्तलाको रस बालबालिकालाई सेवन गराउँदा रुघाखोकी र छातीमा कफ जमेको समस्या निको हुने दाबी गरिएको छ ।
Girvani Shrestha Thapa नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा सुन्तला तताएर एक बालिकालाई सेवन गराइएको दृश्य देख्न सकिन्छ । साथै भिडियोको थमनेलमा लेखिएको छ- ‘बच्चाको रुघाखोकी, छातीमा जमेको कफका लागि घरेलु उपाय ।’
प्रस्तुत दाबीसहितको सामग्री बालबालिकाको स्वास्थ्यसँग सम्बन्धित रहेकाले उक्त संवेदनशील दाबीमाथि हामीले तथ्यजाँच गरेका छौँ ।
तताएको सुन्तलाको रस बालबालिकालाई सेवन गराउँदा रुघाखोकी र छातीमा कफ जमेको समस्या निको हुने दाबीलाई प्रमाणित गर्ने कुनै वैज्ञानिक प्रमाण फेला परेनन् । सुन्तलामा भिटामिन सीको मात्रा उच्च पाइन्छ, जसले मानिसको प्रतिरक्षा प्रणालीलाई फाइदा नै गर्दछ । भिटामिन सीले केही व्यक्तिहरूमा देखिने चिसोका लक्षणहरु कम गर्न सक्छ। यद्यपि, यसले चिसोबाट बचाउने वा कफ जमेको निको पार्ने दाबी प्रमाणित छैन ।
सामान्य रुघाखोकीको समस्या ब्याक्टेरियाका कारण नभई राइनोभाइरस जस्ता भाइरसका कारणले देखिन्छ । यस्तो रुघाखोकी एन्टिबायोटिक्सद्वारा निको हुन सक्दैन । उक्त समस्यालाई आराम, हाइड्रेशन र लक्षण राहत जस्ता सहायक हेरचाहमार्फत् व्यवस्थित गर्न सकिन्छ । राम्रो सन्तुलित आहारले समग्र स्वास्थ्यमा योगदान पुर्याउन सक्छ र प्रतिरक्षा प्रणालीलाई सहयोग गर्न सक्छ । तर, सुन्तलाले मात्रै रुघाखोकी र कफ जमेको समस्या निको पार्ने कुनै ठोस प्रमाण उपलब्ध छैन ।
चिसोको गम्भीरतालाई रोक्न वा कम गर्न भिटामिन सीको प्रभावकारिताबारे शोधकर्ताहरूले अझैसम्म अध्ययन गरिरहेका छन् । भिटामिन सीको नियमित सेवनले केही व्यक्तिहरूमा चिसो लक्षणहरूको अवधि वा गम्भीरतालाई थोरै कम गर्न सकिने एक अध्ययनले सुझाव दिएको छ । तर, अन्य अध्ययनहरूले कुनै महत्त्वपूर्ण प्रभाव फेला पारेका छैनन् ।
अर्कोतर्फ सुन्तलालाई तताउँदा पोषक तत्व एवं ताजगीमा ह्रास, स्वाद र बनावटमा परिवर्तन, बढ्दो जुस निस्कासनको कारणले सम्भावित गडबडी र अन्य हानि निम्त्याउन सक्छ । २ सउभन्दा बढी विभिन्न भाइरसहरूले बालबालिकामा सामान्य चिसोको समस्या निम्त्याउँछन् । शरीरले यी भाइरसहरू विरुद्ध प्रतिरोधात्मक क्षमता निर्माण गर्न वर्षौं लाग्न सक्छ ।
जनरल फिजिसियन डा.कश्यप दक्षिणी भन्छन्- ‘सामान्य रुघाखोकी कुनै उपचार छैन । यो नाकबाट बग्ने, घाँटी दुख्ने, खोकी वा हाच्छ्युँ गर्ने जस्ता लक्षणहरू भएको भाइरल संक्रमण हो, जुन रुघाखोकी लागेको व्यक्तिबाट हुनसक्छ ।’
डा.कश्यप दक्षिणीका अनुसार एलर्जीका कारण पनि बालबालिकामा रुघाखोकीका लक्षण देखिनसक्छन् । धेरै हाछ्युँ गर्नु र एक महिनाभन्दा बढी समयसम्म नाकबाट पानी बग्ने जस्ता लक्षणहरू देखिएमा एलर्जी हुन सक्छ ।
तताएको सुन्तलाको रस बालबालिकालाई सेवन गराउँदा रुघाखोकी र छातीमा कफ जमेको समस्या निको हुने दाबी प्रमाणित भएन । बालकालिकामा बारम्बार चिसोका लक्षणहरु देखिएपछि चिकित्सकसँग परामर्श नगरी कुनै निष्कर्षमा पुग्नु उचित हुँदैन ।
रिसर्च लेख, pubmed.ncbi.nlm.nih.gov
रिसर्च लेख, health.harvard.edu
रिसर्च लेख, tandfonline.com
रिसर्च लेख, aafp.org
(This article is published in collaboration with THIP Media)
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]
Newschecker And THIP Media
August 22, 2025
Newschecker And THIP Media
August 8, 2025
Newschecker And THIP Media
August 1, 2025