Wednesday, May 14, 2025

Fact Check

पल शाह जेलमुक्त भएका छैनन्, कारागारबाटै लाइभ बसेको गलत दाबी

Written By Aakash Chhetri
Apr 5, 2022
banner_image

Claim

image

Fact

image

नेपालका चर्चित अभिनेता पूर्णविक्रम शाह (पल शाह)माथि बालिकासँग यौन सम्बन्ध कायम गरेको आरोप लागेको छ ।   बालिकासँग यौन सम्बन्ध राख्नु स्वत: बलात्कार हुने भएकाले पछिल्लो समय पल शाहमाथि अनुसन्धान भइरहेको छ । यही विषयमा नेपाली सामाजिक संजाल प्रयोगकर्ताले पनि चर्चा परिचर्चा गरिरहेका छन् । यही सेरोफेरोमा पल शाह र ‘पीडित बालिका’को विषयमा तयार पारिका सामग्रीहरू सामाजिक संजालमा व्यापक फैलिने गरेका छन् ।

पल शाह र उनीसँग सम्बन्धित दाबीसहितका केही भिडियो न्युजचेकरले फेला परेको छ, जसमा बलात्कार आरोपी पल शाह रिहा भएको लगायतका दाबी छन् । तर, न्युजचेकरले गरेकाे तथ्यजाँचमा पल शाह रिहा भएको दाबी गलत रहेको पुष्टि हुन्छ ।      

 #pabi नामक टिकटक आइडीमा पोस्ट भएको भिडियोमा अभिनेता पल शाह रिहा भएको दाबी गरिएको छ । ३ अप्रिलमा पोस्ट भएको उक्त भिडियोमा शाहलाई केही मानिसहरुले स्वागत गरेको दृश्यसमेत देखिन्छ । भिडियोको थमनेलमा लेखिएको छ,‘पल शाह आज धरौटीमा रिहा हुनुभयो, शुक्रबार २:३०, स्वागतका साथ पललाई ल्याइएको छ ।’

भिडियो पोस्ट भएको तीन दिनमै करिब ५५ हजार टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् भने भिडियोलाई १३५ प्रयोगकर्ताले सेयर गरिरहेका छन् । यसबाट दाबीसहितको यो सामग्रीको फैलावट व्यापक रहेको प्रष्ट हुन्छ । 

त्यस्तै #paul_shaha नामक टिकटक आइडीमा पोस्ट भएको भिडियोमा अलि फरक खालको दाबी गरिएको छ । जसमा पल शाहले हिरासतबाटै भिडियो सन्देश जारी गरेको दाबी गरिएको छ । भिडियोमा पल शाहले बोलिरहेको दृश्य देखिन्छ । जसमा उनले भनेका छन्,‘म आज लाइभ आउनुको कारण चाहिँ तपाईंलाई थाहा छ होला, लाइभमार्फत् भन्दै छु आज ४ बजे ।’

पल शाह बोलेको उक्त दृश्य देखिने भिडियोको थमनेलमा लेखिएको  छ- ‘पल शाह आज लाइभमार्फत् केही कुरा भन्दै जेलभित्रबाट, म जेलभित्र छु मलाई धेरैधेरै सपोर्ट गर्नुहोला भन्दै धन्यवाद् दिए फ्यानहरूलाई ।’   

‘जेलबाट लाइभ’ भनिएको यो भिडियो ४ अप्रिलमा पोस्ट गरिएको छ । पोस्ट भएको एक दिन नबित्दै यो भिडियोमा साढे १९ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । त्यस्तै भिडियो सेयर गर्ने प्रयोगकर्ताको संख्या एक सयभन्दा धेरै देखिन्छ । 

४ अप्रिलमै पोस्ट गरिएको अर्को भिडियोमासमेत पल शाह ‘जेलबाट रिहा’ भएको दाबी गरिएको छ । #meowmeow.c0m पल शाहलाई केही मानिसहरूले स्वागत गरिहहेको दृश्य देखिने भिडियोको थमनेलमा लेखिएको छ,‘जेलबाट रिहा भए पल शाह, रिहा भएपछि सम्मान गरिँदै ।’

प्रस्तुत दाबीहरू नेपालका अधिकांश युवाहरूले नियालिरहेको र न्यायिक प्रक्रियासँग जोडिएको संम्बेदनशीन विषयसँग सम्बन्धित छन् । यसैले यी दाबीहरू निकै महत्वपूर्ण र गम्भीर रहेका छन् । त्यसैले न्युजचेकरले यी दाबीहरूमाथि तथ्यजाँच गरेको छ ।

तथ्यजाँच/प्रमाणीकरण

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपसहित पल शाहविरुद्ध उजुरी परेपछि १५ फागुनमा उनलाई हिरासतमा लिइएको थियो । हिरासतको अनुसन्धानपछि पल शाहलाई चैत्र १० गते तनहुँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा (न्यायिक हिरासत) पठाउने आदेश गरेको हो ।

अदालतको आदेशपछि पल शाहले जिल्ला कारागार तनहुँमा बन्दी जीवन बिताइरहेका छन् ।यही सेरोफेरोमा सामाजिक संजालमा पल शाह रिहा भएको र जेलबाटै लाइभमा बसेको भन्ने दाबीसहितका सामग्रीहरू भेटिएका हुन् । तर, यी दाबीसहितका सामग्री असत्य र भ्रामक हुन् । 

‘पल शाह धरौटीमा रिहा’ भएको दाबी गर्ने  पहिलो भिडियोमा देखाइएको दृश्य फरक सन्दर्भको हो ।  पल शाह रिहा भएपछि स्वागत गरिएको दाबी गर्ने उक्त दृश्य २०२१ डिसेम्बर महिनामा खिचिएको हो । दाबीसहितको भिडियोमा देखिएको लोगोलाई पछ्याउँदै युट्युबमा जाँच गर्दा यो भिडियो धेरै पहिले पोस्ट भइरहेको देखिन्छ । 

१८ डिसेम्बर २०२१ मा TajaKhabarTV नामक युट्युब च्यानलमा पोस्ट गरिएको उक्त भिडियोलाई तोडमोड गरेर भ्रामक दाबीसहितको थमनेल राखिएको पाइयो । राजधानीको एक कार्यक्रममा शाह उपस्थित हुँदाको दृश्य उक्त भिडियोमा देखिन्छ । फरक सन्दर्भको उक्त दृश्यमा थमनेल राखेर पल शाह जेलमुक्त भएको भन्ने असत्य दाबी उक्त टिकटक भिडियोमा गरिएको छ ।

मूल भिडियो :

त्यस्तै दोस्रो भिडियोमा पल शाह जेलबाटै लाइभ आएको भन्ने दाबी छ । यो दाबी पनि असत्य हो । यसका लागि हामीले सबैभन्दा पनिले उनको आधिकारित फेसबुक पेज जाँच गर्‍यौँ जहाँ पल शाहले लाइभ रेकर्ड गरेको पूरानो भिडियो भेटियो । अगस्ट ६, २०२० मा पल शाहले एउटा म्युजिक भिडियोको प्रचार गर्न उक्त फेसबुक लाइभमा बसेका रहेछन् । फरक सन्दर्भको सोही भिडियोलाई तोडमोड गरेर पछिल्लो समय सामाजिक संजालमा फैलाइएको देखिन्छ । यो तथ्यबाट के प्रष्ट हुन्छ भने पल शाह जेलभित्रैबाट लाइभमा बसेका होइनन् ।  

मूल भिडियो :

न्युजचेकरले फेला पारेको तेस्रो भिडियोमा पनि पल शाह जेलबाट रिहा भएको दाबी गरिएको छ । पल शाहलाई केही मानिसहरूले खादा लगाइरहेको दृश्य देखिने उक्त भिडियो पनि फरक सन्दर्भको हो । CINEPATI TV नामक युट्युब च्यानलमा २९ जुन २०२१ मा पोस्ट गरिएको उक्त भिडियोलाई तोडमोड गरेर गलत सन्दर्भका साथ पछिल्लो समय सामाजिक संजालमा फैलाइएको छ । 

टिकटकमा फैलाइएको भिडियोमा देखिने सिनेपाटीको लोगोलाई पछ्याउँदै न्युजचेकरले युट्युबमा जाँच गर्‍यो । उक्त ट्युट्युब च्यानलमा पोस्ट गरिएका भिडियोहरू हेर्दै जाँदा मूल भिडियो २९ जुन २०२१ मा पोस्ट गरिएको पाइयो । ‘paul Shah लाई रियल हिरो सम्मान ! हाम्रो टिम नेपालको विषयमा सरकार प्रति पोखे आक्रोश’ हेडलाइनसहित पोस्ट गरिएको भिडियोलाई पछिल्लो समय गलत दाबीका साथ सामाजिक संजालमा फैलाइएको देखिन्छ ।

मूल भिडियो :

निष्कर्ष

माथिका भिडियोहरूमा दाबी गरेजस्तो पल शाह न्यायिक हिरासतबाट रिहा भएका छैनन् । शाहले जेलबाटै फेसबुक लाइभ पनि गरेका छैनन् । दाबीसहितका भिडियोमार्फत् फरक सन्दर्भका पुराना दृश्यहरूलाई जोडेर भ्रामक र असत्य सूचना सामाजिक संजालमा फैलाइएको छ ।

नतिजा : असत्य/भ्रामक

हाम्रा स्रोतहरू 


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected] 


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at [email protected]​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: [email protected]

857

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage