Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
दाबी: खुर्सानी फूलको सेवनले महिनावारी गडबडीको समस्यालाई निको हुन्छ ।
तथ्य: खुर्सानी फूलले महिनावरी समस्या निको पार्न सक्छ भन्ने दाबीलाई पुष्टि गर्ने कुनैपनि वैज्ञानिक प्रमाण फेला पारेनन् ।
सामाजिक संजालमा महिला स्वास्थ्यसँग सम्बन्धित एउटा भिडियो सामग्री फेला परेको छ । उक्त सामग्रीमा खुर्सानी फूलको सेवनले महिनावारी गडबडीको समस्यालाई निको पार्ने दाबी गरिएको छ ।
Uddhav Ghimire नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा खुर्सानी फूलको दृश्य जोडिएको छ । साथै भिडियोमा ‘महिनावारी गडबड भएको छ, यो फूल खानुस्’ लेखिएको थमनेल पोस्ट गरिएको छ ।
प्रस्तुत दाबीसहितको भिडियोमा जोडिएको अडियोमा भनिएको छ- ‘यो भिडियो चाहिँ महिला दिदि-बहिनीहरुका लागि एकदमै प्रभावकारी र राम्रो छ । साथीहरु, मैले यो देखाइराको खुर्सानी फूल हो, यो सबैले चिन्निुभएको हुनुपर्छ । जो महिला दिदिबहिनीहरु महिनावारी भएको बेला बिलिडिङ्ग नहुने, ओभर बिलिडिङ्ग हुने अनि महिनावारी सकिएर पनि बिलिडिङ्ग हुने र महिनावारी गडबडी भएको छ भने तपाईंले दिनमा चारवटा यो फूल खाने गर्नुस् २१ दिनमा यो सबै समस्या यसले समाधान गर्ने छ, यकदमै राम्रो यो खुर्सानी फूल ।’
खुर्सानी फूलको सेवनले महिनावारीसँग सम्बन्धित समस्याहरु निको हुन्छ भन्ने दाबी अत्यान्तै संवेदनशील देखिन्छ । त्यसैले प्रस्तुत दाबीमाथि हामीले तथ्यजाँच गरेका छौँ ।
खुर्सानी फूलले महिनावरी समस्या निको पार्न सक्छ भन्ने दाबीलाई पुष्टि गर्ने कुनैपनि वैज्ञानिक प्रमाण फेला पारेनन् । महिनावारी समस्या देखिएपछि स्वास्थ्य सेवा पेशेवरसँग परामर्श गर्न आवश्यक छ ।
खुर्सानी फूल (Pyrostegia venusta) सामान्यत: ‘फ्लेम बेल’ वा ‘रेन्ज ट्रम्पेट बेल’ भनेर चिनिन्छ । यो वनस्पति एक उष्णकटिबंधीय फूल विरुवाका रुपमा परिचित छ । यसका फूलहरू सुन्तलादेखि रातो रङका हुन्छन् । खुर्सानी फूलको विरुवालाई सजावट र फूलहरूका लागि खेती गरिन्छ । साथै यो वनस्पति औषधीय वा चिकित्सीय उद्देश्यका लागि पनि प्रयोग गर्ने गरिन्छ ।
खुर्सानी फूललाई परम्परागत लोक चिकित्सामा विभिन्न उद्देश्यका लागि प्रयोग गर्ने गरिएको छ । तर, उक्त वनस्पतिले कस्तो खालको रोग निको पार्न सक्छ र उपचारहरूको प्रभावकारिता वैज्ञानिक रूपमा प्रमाणित हुँदैन ।
महिनावारीको समयमा अनेक खालका समस्याहरु देखा पर्दछन् । ती समस्याहरुमा भारी रक्तस्राव, एमेनोरिया, पीएमएस, पीएमडीडी, पीसीओएस, र एन्डोमेट्रिओसिस हरेका छन् । यी समस्याहरु विभिन्न अंतर्निहित कारणले निम्तिएका हुन्छन् र यस्तो समस्या देखिएपछि स्वास्थ्य सेवा पेशेवरसँग परामर्श गर्न आवश्यक छ ।
खुर्सानी फूलले महिनावरी समस्या निको पार्न सक्छ भन्ने दाबीलाई पुष्टि गर्ने कुनैपनि वैज्ञानिक प्रमाण फेला पारेनन् । महिनावारी समस्या देखिएपछि स्वास्थ्य सेवा पेशेवरसँग परामर्श गर्न आवश्यक छ ।
(This article is published in collaboration with THIP Media)
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]
Newschecker And THIP Media
May 30, 2025
Newschecker And THIP Media
May 23, 2025
Newschecker And THIP Media
May 16, 2025