Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check

‘पायल्स भएमा कसरी घरेलु उपचार गर्ने’ भन्दै सामाजिक संजाल एउटा स्वास्थ्य पोस्ट गरिएको भेटिन्छ । Usha Lama नामक टिकटक आइडीमा पोस्ट गरिएको पोस्टमा दहीमा थोरै ज्वानो अनि बिरेनुन राखेर विहान खाना खाइसकेपछि खाँदा पायल्स ठिक हुने दाबी गरिएको छ ।
दाबीसहितको भिडियोमा जोडिएको अडियोमा यस्तो भनिएको छ –
क्यारमको दाना र कालो नुनले दाबीसहितको भिडियोमा जोडिएको अडियोमा भनिएको छ,‘हेल्लो नमस्ते, यदि हजुर पायल्स भएर हैरान हुनुभएको छ भने दहीमा थोरै ज्वानो अनि बिरेनुन राखेर यसरी घोलेर विहान खाना खाइसकेपछि डेली १५ दिनसम्म खाने गर्नुस्, एकदम ठिक गर्छ यसले ।’

दहीमा ज्वानो र बिरेनुनको धुलो राखेर खाएपछि पाइल्स निको हुन्छ भन्ने दाबी बैज्ञानिक रुपमा प्रमाणित हुँदैन । प्रस्तुत दाबीमाथि जाँच गर्ने क्रममा हामीले २००७ मा प्रकाशित एक अनुसन्धान भेट्टायौं, जसले पायल्स हुने ठाउँलाई तातो पानीमा भिजाउँदा लक्षणहरूको गम्भीरता कम गर्न सकिने बताएकाे छ । तर, अनुसन्धानले पानीमा नुन मिसाउने वा नमिसाउने भनेर विरामीलाई सुझाव दिएको छैन ।
दाबीका विषयमा डाइटिशियन कामना ट्यांक भन्छिन्,‘सेवन गर्ने कुराले पायल्स रोगलाई निको पार्न सक्दैन तर यसले लक्षणहरू कम गर्न सक्छ । धेरै फाइबर भएको खाना खाँदा दिसालाई नरम र सजिलै पास गर्न सकिन्छ । यसले पायल्सको दुखाइ कम गर्न सक्छ । पानी र अन्य तरल पदार्थ पिउनाले आहारमा रहेको फाइबरले राम्रोसँग काम गर्न मद्दत गर्छ ।’
यसका साथै, केही अनुसन्धानहरूले देखाएका छन् कि ज्वानोमा मांसपेशिहरुलाई आराम दिने र रोगका कारण सुनिने समस्या कम गर्ने गुणहरू छन् । यसले अर्कोतर्फबाट केही राहत दिन त सक्छ तर रोग नै निको पार्दैन ।
हामीले ग्यास्ट्रोएन्टेरोलोजिस्ट डा.शरद मल्होत्रालाई पायल्स रोग निको पार्न आहारको भूमिकाबारे कुराकानी गर्यौँ । यस विषयमा उनले भने, ‘खानाले पाइल्स निको नहुन सक्छ तर लक्षण कम गर्न सकिन्छ । कब्जियतबाट बच्नको लागि उपयोगी आहारहरूमा अन्न, फलफूल, बोक्रा र फाइबरसहितको फलहरू समावेश गर्नुपर्छ । प्रशोधित फ्याट र कार्बोहाइड्रेटयुक्त खानेकुराबाट जोगिनु पर्छ किनभने यसले आन्द्राको गतिशीलता कम गर्छ र कब्जियत बढाउँछ ।’
डा.मल्होत्राले थप जानकारी दिँदै फाइबरयुक्त आहार, जुलाब वा स्टूल सफ्टनर समावेश गर्ने, कब्जियत गराउने अन्य औषधि वा खानाबाट जोगिने सुझावसमेत दिए । उनले भने,‘पाइल्सको उपचारमा फाइबरयुक्त आहार, जुलाब वा स्टूल सफ्टनर समावेश गर्ने, कब्जियत गराउने अन्य औषधि वा खानाबाट जोगिने, गुद्वारको नसामा दबाब कम गर्ने औषधिमा एन्डोस्कोपी गाइडेड इन्जेक्सन थेरापी वा ब्यान्डिङ र शल्यक्रिया समावेश हुन्छ ।’
पायल्स तुलनात्मक रूपमा वयस्कहरूमा देखिने एक सामान्य रोग हो र यसले अधिकांश रोगीलाई ठूलो समस्यामा पार्दैन । यद्यपि, रोगीहरूको मलद्वार कहिलेकाहीं फुट्न वा त्यहाँबाट रक्तस्राव हुन सक्छ । यस्तो अवस्थामा चिकित्साको मद्दत नखोज्नु र घरेलु उपचारहरूको बढ्ता विश्वास गर्नू खतरनाक हुन सक्छ ।
दहीमा ज्वानो र बिरेनुनको धुलो राखेर खाएपछि पाइल्स निको हुन्छ भन्ने दाबी बैज्ञानिक रुपमा प्रमाणित हुँदैन । पायल्सको गम्भीर अवस्थामा चिकित्साको मद्दत नखोज्नु र घरेलु उपचारहरूको बढ्ता विश्वास गर्नू खतरनाक हुनसक्छ ।
Hemorrhoids: Modern Remedies for an Ancient Disease
(This article is published in collaboration with THIP Media)
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]

Newschecker And THIP Media
August 22, 2025
Newschecker And THIP Media
August 8, 2025

Newschecker And THIP Media
August 1, 2025