Tuesday, May 13, 2025

Fact Check

Fact Check: मान्छेले किन हवाइजहाजलाई धक्का लगाए ? ‘स्टार्ट बन्द’ भएको भ्रामक दाबी

Written By Aakash Chhetri
Oct 3, 2023
banner_image

Claim

image

Fact

image

दाबी:  ‘स्टार्ट बन्द’ भएपछि हवाइजहाजलाई मानिसहरुले ठेलेको दाबी ।
तथ्य: टायर पड्किएर मध्ये धावनमार्गमा अलपत्र परेको हवाइजहाजलाई पन्छ्याउने काम भइरहेका बेला करिब दुई वर्षअघि खिचिएको भिडियोलाई भ्रामक दाबीका साथ सामाजिक संजालमा फैलाइएको पाइयो । 

सामाजिक संजालमा एउटा भिडियो सामग्री फेला परेको छ । उक्त सामग्रीमा एउटा हवाइजहाजलाई मानिसहरुले धकेलिरहेको भिडियो देख्न सकिन्छ । साथै उक्त हवाइजहाजको ‘स्टार्ट बन्द’ भएपछि मानिसहरुले ठेल्न परेको दाबी गरिएको छ ।  

Kishor Kc नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियो सामग्रीमा तारा एयरलाइन्सको ९एन-एइभी (9N-AEV) कलसाइनको हवाइजहाजलाई मनिसहरुले धकेलिरहेको दृश्य देख्न सकिन्छ । साथै भिडियोको थमनेलमा लेखिएको छ- ‘स्टार्ट बन्द भएर ठेलेको रे ।’ 

पाँच दिनअघि पोस्ट गरिएको प्रस्तुत भिडियो सामग्रीमा करिब ६० हजार टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । यही अवधिमा तीन हजारभन्दा बढीले प्रतिक्रिया दिइसकेको भिडियोलाई साढे ६ हजार भन्दा बढी टिकटक प्रयोगकर्ताले सेयर गरिसकेका छन् । यस तथ्यांकबाट के प्रष्ट हुन्छ भने प्रस्तुत दाबीसहितको भिडियो सामग्री सामाजिक संजालमा व्यापक रुपले फैलिसकेको छ ।

यतिमात्र होइन, उक्त भिडियो र अडियोबाट अन्य सामग्रीसमेत पुनर्उत्पादन गरिएका छन् । ती सामाग्रीहरुमा सामाजिक संजाल प्रयोगकर्ताहरुले विभिन्न टिकाटिप्पणी गरेका छन् ।  भिडियोमा आएको एउटा प्रतिक्रिया यस्तो छ- ‘जे हुन्छ नेपालमै हुन्छ र देख्न पाइन्छ । हैन आकाशमा स्टार्ट बन्द भयो भने के गर्ने होला है ? ठेलेरै काठमाडौँ ल्याउँदा कसो होला ?’

हवाइजहाजको ‘स्टार्ट बन्द’ भएको भन्ने दाबी अत्यन्तै संवेदनशील छ । किनकि हवाइजहाजको स्टार्ट बन्द हुनु र मानिसहरुले घकेल्नु पर्ने अवस्था भयानक घटना हो । यही कारण हामीले प्रस्तुत भिडियो सामग्रीमाथि तथ्यजाँच गरेका छौँ र भिडियोको वास्तविकता पत्ता लगाउने कोशिस गरेका छौँ । 

तथ्यजाँच/प्रमाणीकरण

माथि उल्लेखित दाबीसहितको भिडियो सामग्रीमा मानिसहरुले हवाइजहाज धकेलिरहेको भिडियो देख्न सकिन्छ । हामीले सबैभन्दा पहिले सोही दृश्यलाई मध्यनजर गर्दै ‘जहाज धकेलेको’ वाक्यांशलाई युट्युबमा सर्च गर्‍यौँ । सर्चको नतिजास्वरुप Setopati नामक युट्युब च्यानलमा पोस्ट गरिएको भिडियो फेला पर्‍यो । 

करिब दुई वर्षअघि अर्थात् १ डिसेम्बर २०२१ मा पोस्ट गरिएको भिडियो र माथि उल्लेखित दाबीसहितको सामग्रीमा जोडिएको भिडियो उस्तै देखिन्छ । उक्त उक्त भिडियोको शीर्षक राखिएको छ- ‘जब जहाजलाई यात्रुले आफै धकेल्न थाले…’ । 

फेला परेको तथ्यमा केन्द्रीत रहेर हामीले ‘जहाज धकेल्दै यात्रु’ वाक्यांशलाई गुगलमा सर्च गर्‍यौँ । सर्चको नतिजास्वरुप रेडियो नेपालको अनलाइन संस्करण onlineradionepal मा प्रकाशित एउटा समाचार फेला पर्‍यो । करिब दुई वर्षअघि अर्थात् १६ मंसिर, २०७८ मा प्रकाशित उक्त समाचारमा बाजुरा जिल्लाको कोल्टी विमानस्थलमा यात्रुहरुले नै हवाइजहाज धकेलिरहेको दृश्य देखिएको जानकारी दिइएको छ । 

राष्ट्रिय समाचार समितिले तयार पारेको प्रस्तुत समाचार अनुसार तारा एयरलाइन्सको हवाइजहाजको टायर पड्किएर मध्ये धावनमार्गमा अलपत्र परेको थियो । जसले गर्दा अर्को जहाज उडाउन र अवतरण गर्न समस्या भयो र त्यसपछि यात्रु, सुरक्षाकर्मी तथा कर्मचारीहरूले उक्त हवाइजहाजलाई धक्का लगाएर छेउ लगाइएका थिए । 

हामीले प्रस्तुत जानकारीलाई थप पुष्टि गर्न अन्य संचार माध्यममा प्रकाशित समाचारहरुलाई पनि नियाल्यौँ । हवाइजहाजलाई धक्का लगाएको विषयमा  timesofindia, independent, dailymail लगायतका विश्व चर्चित संचार माध्यमले पनि दृश्य र समाचार प्रकाशित गरेका छन् । यसबाट के पुष्टि हुन्छ भने हालसालै सामाजिक संजालमा फैलाइएको दाबीसहितको भिडियो करिब दुई वर्ष पूरानो हो ।

साथै हवाइजहाजको ‘स्टार्ट बन्द’ भएपछि मानिसहरुले हजाइजहाजलाई ठेलेको भन्ने दाबी भ्रामक छ । पूरानो र फरक सन्दर्भमा खिचिएको भिडियोलाई वर्तमान सन्दर्भमा पोस्ट गर्दै भ्रामक सन्देश प्रवाह गरिएको देखिन्छ । 

निष्कर्ष

टायर पड्किएर मध्ये धावनमार्गमा अलपत्र परेको हवाइजहाजलाई पन्छ्याउने काम भइरहेका बेला करिब दुई वर्षअघि खिचिएको भिडियोलाई भ्रामक दाबीका साथ सामाजिक संजालमा फैलाइएको छ । हवाइजहाजको ‘स्टार्ट बन्द’ भएपछि मानिसहरुले हजाइजहाजलाई ठेलेको भन्ने दाबी भ्रामक छ । 

नतिजा : भ्रामक

हाम्रा स्रोतहरू

Timesofindia
Independent
Dailymail
Setopati 
Onlineradionepal


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected] 


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at [email protected]​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: [email protected]

857

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage