Sunday, May 18, 2025

Fact Check

Fact Check: के प्रधानमन्त्री दुर्घटनामा परेका हुन्? ओलीको निधन भएको गलत दाबी 

Written By Aakash Chhetri
Oct 21, 2024
banner_image

दाबी: प्रधानमन्त्री केपी शर्मा ओली दुर्घटनामा परेको र उनको उपचारका क्रममा निधन भएको दाबी । 
तथ्य: प्रधानमन्त्री ओली दुर्घटनामा परेका छैनन्, उनी सकुशल छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्बन्धित सामग्री सामाजिक संजालमा फेला परेका छन् । ती सामग्रीहरुमा प्रधानमन्त्री ओली दुर्घटनामा परेको र उनको उपचारका क्रममा निधन भएको दाबी गरिएको छ ।

Chandra kc नामक टिकटक आइडीमा पोस्ट गरिएको सामग्रीमा केपी शर्मा ओलीको तस्बिर जोडिएको छ । २० अक्टोबर २०२४ मा पोस्ट गरिएको सामग्रीमा प्रधानमन्त्री ओलीप्रति हार्दिक श्रद्धान्जली अर्पण गरिएको देखिन्छ ।

प्रधानमन्त्रीको तस्बिरसहितको सामग्रीमा लेखिएको छ- ‘बालकोटदेखि बालुवाटार जाने क्रममा केपी शर्मा ओलीको गाडी दुर्घटना परेको छ । हस्पिटलमा लैजाने क्रममा निधन भएको छ, हार्दिक श्रद्धान्जली, रवि लामिछानेलाई जेल हालेको पाप लाग्यो ।’

एक दिनअघि पोस्ट गरिएको दाबीसहितको सामग्रीमा करिब ४ हजार टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । १३ सयभन्दा बढी प्रतिक्रिया आएको सामग्री १ सय ५० भन्दा बढी पटक सेयर भइसकेको देखिन्छ । 

त्यस्तै प्रधानमन्त्री ओलीप्रति हार्दिक श्रद्धान्जली अर्पण गरिएको अर्को सामग्री स्वतन्त्र नागरिक नामक टिकटक आइडीमा पोस्ट गरिएको छ । ओलीको तस्बिर जोडिएको सामग्रीमा लेखिएको छ- ‘नेपालमा न्याय, सुशासन, स्वतन्त्र हरायो । हार्दिक श्रद्धान्जली…।’     

के प्रधानमन्त्री केपी शर्मा ओलीको दुर्घटनामा परी निधन भएको हो त ? वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।   

तथ्यजाँच/प्रमाणीकरण

प्रधानमन्त्री दुर्घटनामा परेको र उनको निधन भएको दाबीबारे जाँच गर्ने क्रममा हामीले सबैभन्दा पहिला केपी शर्मा ओलीसँग सम्बन्धित सामाजिक संजाल खाताहरु नियाल्यौँ ।

प्रधानमन्त्री ओलीको व्यक्तिगत फेसबुक खाता  K P Sharma Oli मा १९ अक्टोबरसम्म मात्र अपडेट गरिएको देखिन्छ (यो सामग्री पक्राशित गर्दासम्म) । त्यस्तै ओलीको व्यक्तिगत एक्स ह्यान्डल kpsharmaoli पनि १८ अक्टोबरसम्म मात्र अपडेट छ । 

त्यस्तै प्रधानमन्त्रीको अफिसियल एक्स ह्यान्डल PM_nepal_ पनि १८ अक्टोबरसम्म अपडेट भएको छ ( यो सामग्री प्रकाशित गर्दासम्म) । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्बन्धित सामाजिक संजाल खाताहरुमा सान्दर्भिक जानकारी फेला नपरेपछि थप जाँच अगाडि बढायौँ ।

जाँचका हामीले प्रधानमन्त्री ओलीसँग सम्बन्धित समाचारहरुको जाँच गर्‍यौँ । जाँचका क्रममा दाबीसहितको सामग्री पोस्ट भएकै दिन onlinekhabar.com मा प्रकाशित समाचार फेला पर्‍यो । ४ कात्तिक २०८१ मा प्रकाशित उक्त समाचारमा काठमाडौँस्थित नेकपा (एमाल) को  केन्द्रीय कार्यालयमा सचिवालय बैठक बसेको जानकारी दिइएको छ । उक्त बैठकमा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसमेत उपस्थित भएका थिए ।

जाँचकै क्रममा प्रधानमन्त्रीसँग सम्बन्धित प्रकाशित समाचारहरु फेला परे । ekantipur.com, setopati.com लगायतका संचार माध्यममा प्रकाशित समाचार अनुसार सोमबार (५ कात्तिक २०८१) ‘नेपाल संवत् न्यूदयाँ ११४५ समारोह समिति’ले प्रधानमन्त्री ओलीलाई सरकारी निवास बालुवाटार पुगेर ध्यानाकर्षणपत्र बुझाएको थियो ।

थप जाँचका क्रममा हामीले प्रधानमन्त्रीका प्रेस संयोजक रामशरण बजगाईंलाई फोन सम्पर्क गर्‍यौँ । प्रेस संयोजक बजगाईंले सामाजिक संजालमा फैलाइएको दाबी गलत रहेको प्रष्ट पारे । उनका अनुसार प्रधानमन्त्री कुनै दुर्घटनामा परेका छैनन् र उनी सकुशल छन् । 

​​निष्कर्ष

प्रधानमन्त्री केपी शर्मा ओली दुर्घटनामा परेको र उपचारका क्रममा उनको निधन भएको दाबी गलत छ । पछिल्लो समय प्रधानमन्त्री दुर्घटनामा परेका छैनन् । साथै प्रधानमन्त्री सकुशल रहेको जानकारी उनको सचिवालयले दिएको छ । 

नतिजा : गलत

हाम्रा स्रोतहरू

समाचार, onlinekhabar.com 
समाचार, ekantipur.com
समाचार, setopati.com 


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे तथ्यजाँच, अनुसन्धान वा अन्य सुझावको लागि हामीलाई [email protected] मा इमेल गर्नुसक्नुहुनेछ अथवा हामीलाई 9999499044 नम्बरमा ह्वाट्सएप गर्नुहोस् । हामीलाई सम्पर्क गर्न तपाईं सम्पर्क पेजमा गएरसमेत फारम भर्न सक्नुहुनेछ ।


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at [email protected]​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: [email protected]

857

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage