Wednesday, January 15, 2025
Wednesday, January 15, 2025

HomeFact Checkप्रचण्डले कांग्रेसविरुद्ध बोलेको भिडियो भेटियो, यस्तो छ वास्तविकता

प्रचण्डले कांग्रेसविरुद्ध बोलेको भिडियो भेटियो, यस्तो छ वास्तविकता

Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.

भिडियो केन्द्रीत सामाजिक संजाल टिकटकमा एउटा भिडियोसहितको सामग्री फेला परेको छ । उक्त सामग्रीमा माओवादी केन्द्रका अध्यक्ष तथा सत्ता गठबन्धनका शीर्षस्थ नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ बोलिरहेको देखिन्छ । भिडियोमा बोलिरहेका प्रचण्डले आफ्नो सत्ता साझेदार दल नेपाली कांग्रेस ‘अवसानको बाटो’ लागेको टिप्पणी गरेका छन् । 

लक्ष्मण चौलागाईं विद्रोही नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोसहितको सामग्रीमा प्रचण्डले भाषण गरिरहेको दृश्य देखिन्छ । उक्त भाषणमा उनले भनेका छन्- ‘मेरो दृष्टिमा कांग्रेस अब सिद्दियो, कांग्रेस सिद्दियो भन्ने देखेको छु, कांग्रेस अब यहाँबाट अगाडि आउने होइन, कांग्रेसको अवसानको बाटो हो यो ।’

प्रस्तुत भिडियोसहितको सामग्रीमा थमनलेन देखिएको छ जहाँ यही विषयमा केही दाबी गरिएको छ । उक्त थमनेलमा लेखिएको छ- ‘ल सुन्नुस् कांग्रसका साथीहरू, आफ्नो पक्षको हराम पनि राम, आफ्नो विपक्षी राम पनि हराम बनाइदिने पथ रहेछ तथाकथित प्रचण्डपथ ।’  

प्रस्तुत दाबीमा प्रष्ट त केही छैन तर प्रचण्डले आफ्नै साझेदार दल कांग्रेस विरुद्ध अभिव्यक्ति दिइरहेको सुनिन्छ । हालसालै अर्थात् नोभेम्बर ९ मा पोस्ट गरिएको प्रस्तुत सामग्रीमा १ सय ५० भन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् भने दाबीसहितको सामग्रीलाई करिब ५० टिकटक प्रयोगकर्ताले सेयर गरिसकेका छन् ।

भिडियोसहितको सामग्रीको फैलावट व्यापक नभएपनि महत्वपूर्ण छ किनकि निर्वाचनको मुखैमा गठबन्धनका साझेदार दललाई प्रचण्डले अवसानको बाटोमा हिँडेको बताएका छन् । त्यसैकारण प्रचण्डले गरेको प्रस्तुत भाषणको वास्तविकता पत्ता लगाउन हामीले यो जाँच गरेका छौँ ।

तथ्यजाँच/प्रमाणीकरण

प्रचण्डले नेतृत्व गरेको माओवादी केन्द्र र नेपाली कांग्रेस एउटै गठबन्धनमा रहेर मंसिर ४ गते हुने निर्वाचनमा होमिएका छन् । नेपालमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन नजिकै छ । त्यसैले उक्त गठबन्धनमा रहेका पार्टीहरु एकजुट भएर निर्वाचनको प्रचारप्रसार गरिरहेका छन् । यही सन्दर्भमा प्रचण्डले आफ्नो सत्ता साझेदार दल नेपाली कांग्रेस ‘अवसानको बाटो’ लागेको टिप्पणी गरेको सामग्री सामाजिक संजालमा पोस्ट गरिएको छ ।

प्रस्तुत सामग्रीको जाँच गर्दैगर्दा हामीले सबैभन्दा पहिले प्रचण्डले गरेको उक्त भाषणको वास्तविकता पत्ता लगाउने काम गर्‍यौँ । जसको लागि हामीले केही किवर्ड बनाएर युट्युबमा सर्च गर्‍यौँ । ‘कांग्रेस विरुद्ध प्रचण्ड’  ‘सिद्दियो’ लगायतका केही किवर्ड सर्च गर्दा हामीले एउटा युट्युब भिडियो फेला पार्‍यौँ, जो दाबीसहितको सामग्रीमा प्रयोग गरिएको भिडियोसँग मिल्दो देखियो । 

Hilight Nepal नामक युट्युब च्यानलमा चार वर्षअघि अर्थात् २४ जुलाई २०१८ मा पोस्ट गरिएको उक्त भिडियोको प्रचण्ड संक्षिप्त भाषणको हो । उक्त भाषणको भिडियोलाई राम्ररी नियाल्दा दाबीसहितको सामग्रीमा जोडिएको अंशसमेत भेटियो । यसबाट के पुष्टि भयो भने चार वर्षअघि युट्युबमा पोस्ट गरिएको प्रचण्डको भाषणको भिडियोलाई छाँटकाँट गरेर अहिले  सामाजिक संजालमा फैलाइयो ।

भिडियोको वास्तविकता फेला परेपछि हामी प्रचण्डले गरेको उक्त भाषणको सन्दर्भको खोजीमा लाग्यौँ । जसको लागि हामीले युट्युब भिडियोमा प्रचण्डले बोलेका केही वाक्यांशहरूको साहरा लियौँ । हामीले गुगलमा ‘कांग्रेस’  ‘अवसानको बाटो’  ‘प्रचण्ड’ लगायतका किवर्डहरू सर्च गर्दा केही नतिजाहरू भेटिए । 

किवर्ड सर्चको तजितास्वरुप हामीले onlinekhabar मा प्रकाशित एउटा समाचार फेला पार्‍यौँ ।२०७५ साउन ८ गते प्रकाशित उक्त समाचार प्रचण्डको भाषणमै आधारित छ । समाचारमा राखिएको भाषण र युट्युबमा सुनिएको भाषणको सन्दर्भ र सामग्री एउटै छ । त्यसैले हामी युट्युबमा सुनिएको भाषण र समाचारमा उल्लेखित सन्दर्भ एउटै हो भन्ने निष्कर्षमा पुग्यौँ ।

समाचार अनुसार पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रचण्डले उक्त भाषण गरेका थिए । समाचारको एउटा अंश यस्तो छ –

उनले डा. केसीसँग वार्ता गर्न र आवश्यक परे लचिलो हुन सरकार तयार रहेको बताए । ‘तर, कांग्रेसले खोजेको के हो ? डा. केसीको पुच्छर समाएर लोकतान्त्रिक गणतन्त्र हरण गर्न खोजेको हो ?’ पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले प्रश्न गरे, ‘कांग्रेस यति निम्छरो, कमजोर र अलोकतान्त्रिक भइसकेको हो ?’ आइतबार मात्र प्रधानमन्त्री केपी शर्मा ओली र आफूले कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेर सहमति गरौं भनेको सुनाउँदै उनले भने, ‘उहाँले डा. केसीलाई सहमति गरे हुन्छ । नभए हाम्रो आन्दोलन जारी रहन्छ भन्नुभयो ।’ प्रचण्डले आफ्नो निष्कर्ष सुनाए, ‘यही बुद्धि हो भने कांग्रेस अब सिद्धियो । यो अवसानको बाटो हो ।’

हामीले फेला पारेको प्रस्तुत तथ्यबाट के प्रष्टि हुन्छ भने प्रचण्डले कांग्रेस ‘अवसानको बाटो’ लागेको टिप्पणी गरेका समय माओवादी केन्द्रले कांग्रेससँग गठबन्धन गरेको थिएन । त्यो समय राजनीतिक समिकरण फरक थियो । त्यही सन्दर्भमा प्रचण्डले गरेको भषणको अंश यस निर्वाचनमा भ्रामक अर्थ दिनेगरी फैलाउन खोजिएको छ ।

निष्कर्ष

यस प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका बेला माओवादी केन्द्रका अध्यक्ष तथा सत्ता गठबन्धनका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सत्ता साझेदार दल नेपाली कांग्रेस ‘अवसानको बाटो’ लागेको टिप्पणी गरेका छैनन् । वर्षौँ पूरानो र फरक सन्दर्भको भिडियोलाई निर्वाचनको मुखमा सामाजिक संजालमा पोस्ट गरिनाले भ्रामक सन्देश प्रवाह गरेको छ । 

नतिजा : भ्रामक

हाम्रा स्रोतहरू 

Onlinekhabar

Hilight Nepal


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]


Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.

Aakash Chhetri
Aakash Chhetri
Aakash Chhetri is a Nepali fact-checker with nearly ten years of experience. He has worked with some of Nepal’s best digital media outlets, including Annapurnapost, Ekagaj, Nepal Khabar and Pahilopost. Before joining Newschecker, he worked as a desk editor for Nepal’s most prominent daily – Naya Patrika. Chhetri is passionate about debunking fake news that has started growing in threatening proportions with the proliferation of social media outlets.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular