Wednesday, May 14, 2025

Fact Check

Fact Check: प्रधानमन्त्रीमाथि ‘हात-हालाहाल’ भएको दाबी, के प्रधानमन्त्री घरबाटै पक्राउ परेका हुन्? 

Written By Aakash Chhetri
Mar 21, 2023
banner_image

Claim

image

Fact

image

दाबी: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ घुस दिएको आरोपमा घरबाटै पक्राउ परे, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि  क्रिकेट मैदानमा ‘हात हालाहाल भयो । 
तथ्य: दाबीसहितका सामग्रीमा जोडिएका केही दृश्यहरू वषाैँ पूराना हुन भने केही फरक सन्दर्भका घटनासँग सम्बन्धित छन् । दाबी र दाबीसहितका सामग्रीमा जोडिएका दृश्य एक आपसमा सम्बन्धित छैनन् । 

सामाजिक संजालमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बारे तयार पारिएका फरक-फरक दाबीसहितका सामाग्री फैलिएका छन् । दाबीसहितको एउटा सामग्रीमा प्रधानमन्त्री ‘घुस दिएको आरोपमा घरबाटै पक्राउ’ परेको र अर्को सामग्रीमा क्रिकेट मैदानमा प्रधानमन्त्रीमाथि ‘हात हालाहाल भएको’ दाबी गरिएको छ ।

Dhirendrashahi नामक टिकटक आइडीमा पोस्ट गरिएको सामग्रीमा खिचातानी र भागदौड भइरहेको दृश्य देख्न सकिन्छ । उक्त दृश्यसहितको सामग्रीमा एउटा दाबीसहितको थमनेलसमेत जोडिएको छ । 

थमनेलमा क्रिकेट मैदानमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि हात हालाहाल भएको दाबी गरिएको छ । थमनेलमा लेखिएको छ-  ‘किर्केट मैदानमै प्रचण्ड माथि हात हालाहाल भइरहेको छ यो दृश्य ।’

त्यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बारे तयार पारिएको अर्को सामग्री फेला परेको छ । Paulshaoffical1 नामक टिकटक आइडीमा पोस्ट गरिएको उक्त सामग्रीमा सुरक्षाकर्मी र मानिसहरूबीच वाद-विवाद भइरहेको दृश्य देख्न सकिन्छ । उक्त सामग्रीमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ घरबाटै पक्राउ परेको दाबी गरिएको छ ।   

दाबीसहितको सामग्रीमा रहेको थमनेलमा लेखिएको छ- ‘प्रधानमन्त्री प्रचण्ड घुस दिएको आरोपमा घरबाटै पक्राउ ! खाताबाट १ करोड गायब ।’

प्रस्तुत दाबीसहितको सामग्रीमा २८ सयभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । १ सय ३० भन्दा बढी प्रयोगकर्ताले प्रतिक्रिया जनाइसकेको दाबीसहितको सामग्रीलाई करिब २ सयभन्दा बढी टिकटक प्रयोगकर्ता सेयर गरिसकेका छन् ।  

s

मुलुककै प्रधानमन्त्रीबारे गरिएका प्रस्तुत दाबीहरू अत्यन्तै संवेदनशील छन् । त्यसैले प्रधानमन्त्री घुस दिएको आरोपमा घरबाटै पक्राउ परेको र अर्को सामग्रीमा क्रिकेट मैदानमा प्रधानमन्त्रीमाथि हात हालाहाल भएको दाबीबारे हामी गरिएको छ ।

तथ्यजाँच/प्रमाणीकरण

माथि उल्लेखित दाबीसहितका सामग्रीमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बारे विभिन्न दाबी गरिएको छ । जसमध्ये एउटा सामग्रीमा प्रधानमन्त्री ‘घुस दिएको आरोपमा घरबाटै पक्राउ’ परेको र अर्को सामग्रीमा क्रिकेट मैदानमा प्रधानमन्त्रीमाथि ‘हात हालाहाल भएको’ दाबी गरिएको छ ।

‍दाबीसहितका दुईवटै सामग्रीमा फरक-फरक दृश्य पनि जोडिएको देख्न सकिन्छ । हामीले सबैभन्दा पहिले दाबीसहितका सामग्रीमा जोडिएका दुबै दृश्यको वास्तविकता पत्ता लगाउने कोशिस गर्‍यौँ । 

त्यसैगरी दाबीसहितको पहिलो सामग्रीमामा मानिसहरूबीच धक्कामुक्का भइरहेको दृश्य देख्न सकिन्छ । उक्त सामग्रीमा क्रिकेट मैदानमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि हात हालाहाल भएको दाबी गरिएको छ । यो सामग्रीमा जोडिएको भिडियोमा संसद्का मर्यादापालक पनि देख्न सकिन्छ, सोही कारण हामीले हामीले युट्युबमा ‘संविधान सभामा झडप’ भन्ने वाक्यांश सर्च गर्‍यौँ ।

किवर्ड सर्चको नतिजास्वरुप हामीले युट्युबमा एउटा भिडियो फेला पार्‍यौँ । Sagarmatha TV को युट्युब च्यानलमा ८ वर्षअघि अर्थात् २० जनवरी २०१५ मा पोस्ट गरिएको उक्त भिडियो दाबीसहितको सामग्रीसँग मिल्दोजुल्दो देखिन्छ । सोही भिडियो सरसर्ती हेर्दा ४ मिनेट १२ सेकेन्डमा मान्छेमाथि मान्छे चढेको दृश्य देख्न सकिन्छ । उक्त दृश्यलाई छाँटकाँट गरेर सामाजिक संजालमा पोस्ट गरिएको पाइयो । 

प्रस्तुत तथ्य फेला परेपछि यस विषयमा हामीले थप खोजबिन गर्‍यौँ । जसका लागि ‘संविधान सभामा झडप’ भन्ने वाक्यांशलाई गुगलमा सर्च गर्‍यौँ । सर्चको नतिजास्वरुप हामीले थुप्रै स्रोत फेला पार्‍यौँ ।

Pahilopost नामक संचार माध्यममा आठ वर्षअघि अर्थात् ६ माघ २०७१ मा पोस्ट गरिएको समाचार अनुसार संविधान सभामा प्रश्नावली निर्माण गर्ने प्रस्तावका विषयमा तत्कालीन एमाओवादी तथा मधेस केन्द्रीत दलका सभासद्हरु नाराबाजी गर्दै एक्कासी कुर्सीबाट उठेर सभाध्यक्ष बस्ने ड्यासतिर अघि बढ्दै तोडफोड गरेका थिए ।

संविधान सभाभित्र भएको सोही विरोधको दृश्यलाई आधार बनाएर वर्तमान सन्दर्भमा क्रिकेट मैदानमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि हात-हालाहाल भएको दाबी गरिएको छ । फेला परेका उल्लेखित तथ्यबाट उक्त दाबी भ्रामक रहेको पुष्टि हुन्छ ।

त्यस्तै दाबीसहितको दोस्रो सामग्रीमा सुरक्षाकर्मी र मानिसहरूबीच वाद-विवाद भइरहेको दृश्य देख्न सकिन्छ । उक्त सामग्रीमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ घरबाटै पक्राउ परेको दाबी गरिएको छ । यो सामग्रीमा जोडिएको भिडियोमा केही मानिसहरूले ‘सेतो कोट’ लगाएका छन् । 

सेतो कोटसहितको पोषाक स्वास्थ्यकर्मीले लगाउने भएकाले हामीले युट्युबका केही किवर्ड सर्च गर्‍यौँ । ‘प्रहरी र डाक्टर झडप’ वाक्यांशलाई युट्युबमा सर्च गर्दा हामीले केही नतिजा फेला पार्‍यौँ । Sindhu online media  नामक युट्युब च्यानलमा एक महिनाअघि पोस्ट गरिएको एउटा भिडियो फेला पर्‍यो । १० फेब्रुअरी २०२३ मा पोस्ट गरिएको उक्त भिडियोमा किचित्सक र प्रहरीबीच झडप भइरहेको दृश्य देख्न सकिन्छ ।

यस युट्युब भिडियोमा देखिएका दृश्य र माथि उल्लेखित दाबीसहितका सामग्रीमा देखिने दृश्य एकै किसिमका छन् भने भिडियोमा देखिएका मानिसहरू पनि एउटै हुन् । राष्ट्रपति सवारीका क्रममा डाक्टरलाई कुटपीट गरिएको र सोही घटनाको विरोधमा स्वास्थ्यकर्मी आक्रोशित बनेको जानकारी युट्युब च्यानलमा दिइएको छ   

https://www.youtube.com/watch?v=dv3HJ7bUCJg

प्रस्तुत तथ्यबाट के प्रष्ट हुन्छ भने घुस दिएको आरोपमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ घरबाटै पक्राउ परेको दाबी भ्रामक छ । स्वास्थ्यकर्मी र प्रहरीबीच भएको फरक सन्दर्भको घटनालाई प्रधानमन्त्रीसँग जोड्न खोजिएको छ । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्राउ परेका छैनन् । 

निष्कर्ष

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ घुस दिएको आरोपमा घरबाटै पक्राउ परेको र क्रिकेट मैदानमा प्रधानमन्त्रीमाथि ‘हात हालाहाल भएको’ दाबी भ्रामक छन् । दाबीसहितका सामग्रीमा जोडिएका केही दृश्यहरू वषाैँ पूराना हुन भने केही फरक सन्दर्भका घटनासँग सम्बन्धित छन् । दाबी र दाबीसहितका सामग्रीमा जोडिएका दृश्य एक आपसमा सम्बन्धित छैनन् । 

नतिजा : भ्रामक

हाम्रा स्रोतहरू 


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at [email protected]​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: [email protected]

857

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage