Tuesday, May 13, 2025

Fact Check

Fact Check: प्रधानमन्त्री केपी शर्मा ओली कतार पुग्दा खिचिएको तस्बिरलाई भ्रामक बनाइयो

Written By Aakash Chhetri
Sep 27, 2024
banner_image

Claim

image

Fact

image

दाबी: प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल र प्रधानमन्त्री पत्नी राधिका शाक्य देखिएको तस्बिरमा ‘नेपालको राष्ट्रिय झण्डा खोइ ?’ भन्ने प्रश्नसहित ‘अमेरिकामा बेइज्जत’ गराइएको दाबी । 
तथ्य: कतारको दोहामास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा खिचिएको तस्बिरलाई तोडमोड गरी भ्रामक दाबीसहित सामाजिक संजालमा पोस्ट गरिएको पाइयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्बन्धित एउटा तस्बिर सामाजिक संजालमा फैलिरहेको छ । उक्त तस्बिरसँगै ‘अमेरिकामा बेइज्जत’ गराइएको दाबीसहित ‘नेपालको राष्ट्रिय झण्डा खोइ ?’ भन्ने प्रश्न गरिएको छ । 

One man army नामक टिकटक आइडीमा पोस्ट गरिएको तस्बिरमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल र प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई देख्न सकिन्छ । साथै प्रधानमन्त्रीको छेवैमा नेकपा (एमाले)को पुरानो लोगोसहितको झण्डा पनि देखिएको छ ।

सोही तस्बिरको थमनेलमा लेखिएको छ- ‘अमेरिकामा फरि बेइज्जत गरायो, नेपालको झण्डा खोइ ?’ त्यस्तै प्रधानमन्त्री पत्नी राधिका शाक्यतर्फ संकेत गर्दै लेखिएको छ- ‘अमेरिकामा महामहिमको बस्ने तरिका’ । 

२४ सेप्टेम्बर २०२४ मा पोस्ट गरिएको टिप्पणीसहितको तस्बिर सामाजिक संजालमा द्रुत गतिमा फैलिरहेको छ । 

प्रस्तुत दाबीसहितको तस्बिर अमेरिकामा खिचिएको हो त? तस्बिरको वास्तविक पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।

तथ्यजाँच/प्रमाणीकरण

प्रधानमन्त्री केपी शर्मा ओलीसहितको टोली ४ असोज २०८१ मा अमेरिकातर्फ प्रस्थान गरेको थियो । संयुक्त राष्ट्रसङ्घ महासभाको ७९ औँ अधिवेशनमा भाग लिनका लागि नेपाली प्रतिनिधिमण्डल अमेरिका गएको हो । 

यही सन्दर्भमा दाबीसहितको तस्बिर सामाजिक संजालमा पोस्ट गरिएको छ । उक्त तस्बिरमा नेकपा (एमाले)को पुरानो लोगोसहितको झण्डासँगै कतारको राष्ट्रिय झण्डा पनि देख्न सकिन्छ । त्यसैले सबैभन्दा पहिले हामीले ‘प्रधानमन्त्री केपी शर्मा ओली’ ‘दोहा’ ‘कतार’ लगायतका वाक्यांशहरु जाँच गर्‍यौँ ।

जाँचको नतिजास्वरुप Annapurna Post, shilapatra, nepal views, lokpath लगायतका संचार माध्यममा प्रकाशित तस्बिर र समाचार फेला परे । ४ असोज २०८१ मा प्रकाशित सबै समाचारमा उल्लेखित तस्बिर र दाबीसहित पोस्ट गरिएको तस्बिर एकआपसमा मिल्दाजुल्दा छन् । 

अमेरिकाको न्युयोर्क जाने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसहितको नेपाली प्रतिनिधिमण्डल कतारको दोहा पुगेको जानकारी फेला परेका समाचारमा दिइएको छ । समाचार अनुसार प्रधानमन्त्री ओलीलाई दोहामास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा कतारका लागि नेपाली दूतावासका कार्यवाहक राजदूत कुमार राई र दूतावासका वरिष्ठ अधिकारीहरूले स्वागत गरेका थिए । 

दोहामास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा खिचिएको तस्बिरलाई सामाजिक संजालमा फैलाइएको छ । तर, सामाजिक संजालमा फैलाइएको तस्बिरलाई सम्पादन गरी  नेकपा (एमाले)को पुरानो लोगोसहितको झण्डा जोडिएको देखिन्छ ।

​​निष्कर्ष

प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल र प्रधानमन्त्री पत्नी राधिका शाक्य देखिएको तस्बिरमा ‘नेपालको राष्ट्रिय झण्डा खोइ ?’ भन्ने प्रश्नसहित ‘अमेरिकामा बेइज्जत’ गराइएको दाबीले भ्रामक सन्देश प्रवाह गरेको छ । कतारको दोहामास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा खिचिएको तस्बिरलाई तोडमोड गरी भ्रामक दाबीसहित सामाजिक संजालमा पोस्ट गरिएको पाइयो ।

नतिजा : सम्पादित तस्बिर /भ्रामक

हाम्रा स्रोतहरू

तस्बिर, Annapurna Post 
समाचार/तस्बिर, shilapatra
समाचार, nepal views
समाचार/तस्बिर, lokpath


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे तथ्यजाँच, अनुसन्धान वा अन्य सुझावको लागि हामीलाई [email protected] मा इमेल गर्नुसक्नुहुनेछ अथवा हामीलाई 9999499044 नम्बरमा ह्वाट्सएप गर्नुहोस् । हामीलाई सम्पर्क गर्न तपाईं सम्पर्क पेजमा गएरसमेत फारम भर्न सक्नुहुनेछ ।


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at [email protected]​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: [email protected]

857

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage