Wednesday, May 14, 2025

Fact Check

Fact Check: तीन शिर्ष नेताले तीन एयरपोर्ट बेच्ने घोषणा गरेका हुन्? सामाजिक संजालमा फैलियो ‘इडिटेड तस्बिर’

Written By Aakash Chhetri
Feb 8, 2024
banner_image

Claim

image

Fact

image

दाबी: पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव कुमार नेपाल र नागरायणकाजी श्रेष्ठले एयरपोर्ट बेच्न लागेको घोषणासहितको प्लेकार्ड समाएकाे दाबी । 
तथ्य:  पूरानो र फरक सन्दर्भको तस्बिरलाई प्राविधिक सहयोगमा सम्पादन (तोडमोड) गरी सामाजिक संजालमा पोस्ट गरिएको पाइयो । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री नागरायणकाजी श्रेष्ठ र पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसँग सम्बन्धित दाबीसहितको पोस्ट सामाजिक संजालमा फेला परेको छ । उक्त पोस्टमा तीनजना नेताले एयरपोर्ट बेच्न लागेको घोषणासहितको प्लेकार्ड समाएर उभिएको तस्बिर जोडिएको छ र सरकारले भारतलाई एयरपोर्ट बेच्न लागेको दाबी गरिएको छ ।

Samir Pradhan नामक फेसबुक आइडीमा पोस्ट गरिएको तस्बिरमा पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव कुमार नेपाल र नागरायणकाजी श्रेष्ठले आफ्नो साथमा एक-एकवटा प्लेकार्ड देख्न सकिन्छ । तिनै नेतासँग रहेको प्लेकार्डमा लेखिएको छ- ‘नागरिकता बेच्यौँ, राष्ट्रियता बेच्यौँ अब ३ वटा एयरपोर्ट बेच्दैछौँ भारतलाई…।’

एक साताअघि पोस्ट गरिएको दाबीसहितको पोस्ट द्रुत गतिमा सामाजिक संजालमा फैलिरहेको छ । मुलुकका एयरपोर्ट नै बिक्रि हुन लागेको घोषणा गरिएको दाबी अत्यन्तै संवेदनशील देखिन्छ । सोही कारण हामीले प्रस्तुत दाबीमाथि तथ्यजाँच गरेका छौँ । 

तथ्यजाँच/प्रमाणीकरण

पुष्पकमल दाहाल ‘प्रचण्ड’, नागरायणकाजी श्रेष्ठ र माधव कुमार नेपालले एयरपोर्ट बेच्ने घोषणासहितको प्लेकार्ड समाएर उभिएको सामाजिक संजालमा पोस्ट गरिएको छ । प्रस्तुत तस्बिरको वास्तविकता पत्ता लगाउन हामीले सबैभन्दा पहिले केही किवर्डहरु तयार पार्‍यौँ ।

‘सडकमा प्लेकार्ड’ ‘हामी यहाँ छौँ’ लगायतका वाक्यांश सर्च गर्दा संचार माध्यममा प्रकाशित एउटा समाचार फेला पर्‍यो । १० पुष २०७७ मा प्रकाशित उक्त समाचारमा प्रतिनिधिसभा विघटनविरुद्ध प्रचण्ड–माधव नेपाल नेतृत्वको नेकपाले काठमाडौंको माइतीघरमण्डलबाट विरोध प्रदर्शन सरु गरेको जानकारी दिइएको छ । 

समाचारसँगै संचार माध्यममा प्रकाशित तस्बिर र दाबीसहितको सामग्रीमा जोडिएको तस्बिरमा केही समानता देखिएका छन् । उक्त समाचारबारे थप जाँच गर्दा संसद् विघटन भएको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव नेपाल समूह सडकमा उत्रिएको जानकारी फेला पर्‍यो । 

५ पुस २०७७ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधि सभा विघटन भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई विरोध गर्दै पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव कुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु ‘हामी यहाँ छौं’ भन्ने नारासहितको प्लेकार्ड भिरेर सडकमा उत्रिएका थिए ।

प्रस्तुत जानकारीका आधारमा थप जाँच गर्दा  १० पुष २०७७ मा प्रकाशित अर्को समाचार फेला पर्‍यो । यो समाचारमा रहेको तस्बिर र माथि उल्लेखित दाबीसहितको पोस्टमा जोडिएको तस्बिरमा धेरै समानता देख्न सकिन्छ । तर, तस्बिरमा रहेको प्लेकार्ड भने फरक छ । 

दाबीसहितको तस्बिरमा देखिने प्लेकार्डमा तीनजना नेताले एयरपोर्ट बेच्न लागेको घोषणा गरिएको छ । अर्कतर्फ तीन वर्षअघि प्रकाशित समाचारको तस्बिरमा पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव कुमार नेपाल, नारायणकाजी श्रेष्ठले ‘हामी यहाँ छौं’ भन्ने नारासहितको प्लेकार्ड बोकेका देखिन्छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री नागरायणकाजी श्रेष्ठ र पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसँग सम्बन्धित दाबीसहितको पोस्ट सामाजिक संजालमा फेला परेको छ । उक्त पोस्टमा तीनजना नेताले एयरपोर्ट बेच्न लागेको घोषणासहितको प्लेकार्ड समाएर उभिएको तस्बिर जोडिएको छ र सरकारले भारतलाई एयरपोर्ट बेच्न लागेको दाबी गरिएको छ ।

निष्कर्ष

पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव कुमार नेपाल र नागरायणकाजी श्रेष्ठले प्लेकार्ड बोकेको तस्बिर र एयरपोर्ट बेच्न लागेको घोषणासहित प्लेकार्डले भ्रामक सन्देश दिएको छ । पूरानो र फरक सन्दर्भको तस्बिरलाई प्राविधिक सहयोगमा सम्पादन (तोडमोड) गरी सामाजिक संजालमा पोस्ट गरिएको पाइयो । 

नतिजा : एडिटेड/भ्रामक

हाम्रा स्रोतहरू

समाचार, NepalPress
समाचार, HimalKhabar
समाचार, BlastKhabar


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected] 


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at [email protected]​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: [email protected]

857

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage