Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
दाबी: अरुण चौधरी पक्राउ परेपछि केपी शर्मा ओली सिंहदरबार पुगेको र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग वान टु वान वार्ता गरेको दाबी ।
तथ्य: अरुण चौधरी पक्राउ परेकै कारण सिंहदरबारमा प्रचण्ड-ओलीबीच भेटवार्ता भएको भन्ने दाबीलाई कुनैपनि तथ्य-प्रमाणले पुष्टि गरेनन् ।
पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग सम्बन्धित एउटा दाबीसहितको सामग्री सामाजिक संजालमा फेला परेको छ । उक्त सामग्रीमा अरुण चौधरी पक्राउ परेपछि केपी शर्मा ओली सिंहदरबार पुगेको र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग वान टु वान वार्ता गरेको दाबी गरिएको छ ।
Yagya Stha55-Official नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा केपी शर्मा ओली सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेको दृश्य देख्न सकिन्छ । साथै भिडियोको थमनेलमा लेखिएको छ- ‘अरुण चौधरी पक्राउ पछि ओली पुगे सिंहदरबार, प्रचण्डसँग वान टु वान वार्ता ।’
तीन दिनअघि पोस्ट गरिएको भिडियो सामग्रीमा करिब ५ हजार टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । दुई सयभन्दा बढी प्रतिक्रिया आइसकेको दाबीसहितको सामग्रीलाई करिब ५० टिकटक प्रयोगकर्ताले सेयर गरिसकेका छन् । उक्त दाबीसहितको पोस्ट सामाजिक संजालमा द्रुत गतिमा फैलिरहेको उल्लेखित तथ्यांकले प्रष्ट पार्दछ ।
के अरुण चौधरी पक्राउ परेपछि केपी शर्मा ओली सिंहदरबार पुगेका हुन्? अरुण चौधरी पक्राउ परेको र केपी शर्मा ओली सिंहदरबार पुगेको सन्दर्भलाई हामीले जाँच गरेका छौँ ।
व्यावसायिक परिवारका सदस्य अरुण चौधरीलाई १८ माघ २०८० मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको थियो । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा कब्जा गरेको आरोप अरुण चौधरीमाथि लागेको छ ।
सोही सन्दर्भमा अरुण चौधरी पक्राउ परेपछि केपी शर्मा ओली सिंहदरबार पुगेको र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग वान टु वान वार्ता गरेको दाबीसहितको सामाग्री सामाजिक संजालमा फैलिरहेको छ ।
१९ माघमा केपी शर्मा ओलीले सिंहदरबार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका थिए । तर, अरुण चौधरीकै कारण केपी शर्मा ओलीले सिंहदरबार पुगेर प्रधानमन्त्रीलाई भेटेको कुनैपनि तथ्य जानकारीले पुष्टि गर्न सकेन ।
अर्कोतर्फ प्रधानमन्त्रीसँग छलफल सकेर बाहिरिने क्रममा केपी शर्मा ओलीले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने बारेमा प्रधानमन्त्रीसँग छलफल भएको बताएका थिए । अन्नपूर्ण पोस्ट्मा प्रकाशित समाचार अनुसार उक्त भेटवार्ताका क्रममा प्रधानमन्त्रीले केपी शर्मा ओलीसँग टीआरसी विद्येयकलाई संसदको आगामी अधिवेशनबाट पारित गर्दै शान्ति प्रक्रियाका काम टुङ्ग्याउनका लागि सहयोग गर्न आग्रह गरेका हुन् ।
जाँचकै क्रममा Sagarmatha Television मा पोस्ट गरिएको एउटा भिडियो रिपोर्ट फेला परेको छ । २ फेब्रुअरी २०२४ मा पोस्ट गरिएको भिडियो र माथि उल्लेखित दाबीसहितको सामग्रीमा जोडिएको भिडियो एउटै देखिन्छ ।
प्रस्तुत रिपोर्टमा केपी शर्मा ओलीले सिंहदरबार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेको जानकारी दिइएको छ । साथै भेटवार्ताका क्रममा दुबैबीच टीआरसी विद्येयकका सम्बन्धमा छलफल भएको बताइएको छ ।
फेला परेका तथ्य-जानकारीबाट के प्रमाणित हुन्छ भने अरुण चौधरी पक्राउ पर्नु र सिंहदरबारमा प्रचण्ड-ओलीबीच भेट हुनु दुबै फरक-फरक सन्दर्भका घटना हुन् । अरुण चौधरी पक्राउ परेकै कारण सिंहदरबारमा प्रचण्ड-ओलीबीच भेटवार्ता भएको भन्ने दाबी कुनैपनि तथ्य-प्रमाणबाट पुष्टि हुन सकेन ।
अरुण चौधरी पक्राउ परेपछि केपी शर्मा ओली सिंहदरबार पुगेको र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग वान टु वान वार्ता गरिएको दाबी भ्रामक छ । रुण चौधरी पक्राउ पर्नु र सिंहदरबारमा प्रचण्ड-ओलीबीच भेट हुनु दुबै फरक-फरक सन्दर्भका घटना हुन् ।
भिडियो, Sagarmatha Television
समाचार, Annapurnapost
समाचार, himalkhabar
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]
Aakash Chhetri
June 3, 2025
Aakash Chhetri
March 11, 2025
Aakash Chhetri
March 6, 2025