Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
संघीय संसद्का मर्यादापालकहरूले रोष्टमको रक्षा गरिरहेका छन्। विपरित दिशाबाट प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरू उनीहरूतिर खनिएका देखिन्छन्। सांसदहरूले जाेडजोड हात उचाल्दै नारावाजी गरिरहेको देखिन्छ।
जहाँ आवाज आइरहेको छ – ‘हाम्रो राजा आउँदैछन् नारायणहिटी खाली गर, हाम्रो राजा आउँदैछन् नारायणहिटी खाली गर, राजतन्त्र जिन्दावाद्, राजतन्त्र जिन्दावाद्’ ।
यो भिडियो पछिल्लो समय खासगरी टिकटकमा भाइरल भइरहेको छ। पाँच दिनअघि मदन तिमल्सिना (@madantimalsina7) नामको टिकटक आइडीबाट यो भिडियो सेयर गरियो। भिडियोको क्याप्सनमा ‘गणतन्त्रको उपलब्धि केही नदेखिएकोले राजतन्त्र फर्काउन राजाको माग गरेछन। जयदेश जयनरेश’ लेखिएको छ।
टिकटकमा फैलिएको यो भिडियोमा करिब ७ हजार प्रयोगकर्ताले रियाक्ट गरेका छन्। त्यस्तै यो भिडियोलाई तीन सय भन्दा बढीले सेअर गरेका छन्।
यो भिडियो वास्तवमा यही भदौ २५ गते बसेको प्रतिनिधि सभा बैठकको हो। सरकारले ल्याएका विधेयक लगायतका विषयमा असन्तुष्टि जनाउँदै प्रमुख प्रतिपक्षी दल एमालेका सांसदले बैठक अवरोध गरेका थिए। एक पटक स्थगित भइसकेको बैठकको कारबाही पुन: प्रारम्भ भएसँगै एमालेका सांसदहरू फेरि नारावाजीमा उत्रिएका थिए।त्यही बेला संसद् सचिवालयको क्यामरा ती सांसदतिर मोडियो र यो भिडियो कैद भयो।
याे समयमा एमाले सांसदहरूले ‘हाम्रो राजा आउँदैछन् नारायनहिटी खाली गर, हाम्रो राजा आउँदैछन् नारायनहिटी खाली गर, राजतन्त्र जिन्दावाद्, राजतन्त्र जिन्दावाद्’को नारा लगाएका थिएनन्।
ती सांसदहरूले ‘पदीय मर्यादा कायम गर’, ‘कानुनको सर्वोच्चता कायम गर’, ‘पार्टी फुटाउन पाइँदैन’, ‘पक्षपातपूर्ण व्यवहार बन्द गर’, ‘दल फुटाउने षड्यन्त्र मुर्दावाद’ जस्ता नारा लगाएका थिए।
अर्कोतर्फ भिडियोमा जोडिएको अडियो पनि संसद्को थिएन। त्यो अडियो एउटा राजावादी र्यालीमा लगाइएको नाराको भिडियो हो।उक्त भिडियो ‘हेल्लो सरकार’ नामको फेसबुक पेजमा भेटिन्छ। सेप्टेम्बर ५ मा यो पेजमा यो भिडियो पोस्ट भएको देखिन्छ।
नेपालका मुख्य राजनीतिक दलहरूले मुलुकमा गणतन्त्र स्थापना गर्ने निर्णय गरेपछि विसं २०६५ साल जेठ २९ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले नारायणहिटी दरबार छाडेका थिए। तत्कालीन संविधानसभाले गणतन्त्र घोषणा गरेपछि राजाले दरबार र राजकाज छाडेपछि नेपालमा राजतन्त्र समाप्त भएको हो। तर, पछिल्लो समय यदाकदा नेपालमा राजसंस्था पुनस्थापनाको बहससँगै हिन्दु राजसंस्थाको पक्षमा प्रदर्शन हुने गरेका छन्।
अर्कोतर्फ नारायणहिटी दरबार पछिल्लो समय नारायणहिटी दरबार संग्रहालय बनेकाे छ। यहाँ प्रवेश र अवलोकनवापत नेपाली तिविद्यार्थीलाई ५० रुपैयाँ, सर्वसाधारणलाई दुई सय, सार्क मुलुक तथा चीनका पर्यटकलाई पाँच सय र अन्य मुलुकका नागरिकलाई एक हजार रुपैयाँ लिने गरिन्छ।
टिकटक र अन्य सामाजिक सञ्जालमा भेटिएको जस्तो नेपालको संघीय संसद्मा राजा फर्काउने माग गर्दै नारावाजी भएको छैन। सांसदहरूले ‘हाम्रो राजा आउँदैछन् नारायणहिटी खाली गर, हाम्रो राजा आउँदैछन् नारायणहिटी खाली गर, राजतन्त्र जिन्दावाद्, राजतन्त्र जिन्दावाद्’ भनेर अहिलेसम्म नारा लगाएका छैनन्।
हाम्रा स्रोतहरू :संसद् सचिवालय
पत्रपत्रिका\समाचार पोर्टल
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]
Surendra Phuyal
June 1, 2021
Aakash Chhetri
January 30, 2025
Aakash Chhetri
June 13, 2024