Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
दाबी: ‘बंगलादेशको घटनापछि सडकमा उत्रिए रवि, बंगलादेशको आँधी नेपाल पस्ने रविको ठोकुवा ।’
तथ्य: ३० वैशाख २०८० मा आयोजित भ्रष्टाचारविरुद्धको खबरदारी प्रदर्शनमा रबि लामिछानेले बोलेको भिडियोलाई फरक सन्दर्भको घटनासँग जोड्दै सामाजिक संजालमा पोस्ट गरिएको पाइयो ।
पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापित रबि लामिछानेसँग सम्बन्धित एउटा भिडियो सामाजिक संजालमा फेला परेको छ । उक्त भिडियोमा बंगलादेश घटनापछि रबि लामिछाने सडकमा उत्रिएको दाबी गरिएको छ ।
रा स्व पा समर्थक झापा नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा रबि लामिछाने संचार माध्यम समक्ष आफ्ना कुरा राखिरहेको दृश्य जोडिएको छ । सोही भिडियोको थमनेलमा लेखिएको छ- ‘बंगलादेशको घटनापछि सडकमा उत्रिए रवि, बंगलादेशको आँधी नेपाल पस्ने रविको ठोकुवा ।’
दाबी सहितको भिडियोमा २० हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । यही अवधिमा करिब ६ सय प्रतिक्रिया आएको भिडियोलाई करिब २ सय टिकटक प्रयोगकर्ताले सेयर गरिसकेका छन् । यस तथ्यांकबाट के प्रष्ट हुन्छ भने दाबीसहितको भिडियो सामाजिक संजालमा द्रुत गतिमा फैलिरहेको छ ।
बंगलादेशमा चर्किएको पछिल्लो आन्दोलनले त्यहाँको सत्ता परिवर्तन गराएको छ । ‘कोटा प्रणालीमा रहेको भेदभावविरुद्ध’ सुरु भएको आन्दोलन हिंसात्मक बनेपछि बंगलादेशकी तत्कालीन प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिनुपरेको थियो ।
यही सन्दर्भमा बंगलादेश घटनापछि रबि लामिछाने सडकमा उत्रिएको दाबी गर्दै एउटा भिडियो सामाजिक संजालमा पोस्ट गरिएको छ । उक्त भिडियोको वास्तविक सन्दर्भ पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
बंगलादेश घटनापछि रबि लामिछाने सडकमा उत्रिएको दाबीसहित सामाजिक संजालमा पोस्ट गरिएको भिडियोमा प्रदर्शनमा प्रयोग हुने प्लेकार्डहरु देख्न सकिन्छ । साथै भिडियोमा लामिछानेले भ्रष्टाचारविरुद्ध बोलिरहेका छन् । यही आधारमा हामीले ‘भ्रष्टाचारविरुद्ध प्रदर्शन’ ‘रबि लामिछाने’ लगायतका वाक्यांशलाई गुगलमा सर्च गर्यौँ ।
वाक्यांश जाँचको नतिजास्वरुप shilapatra.com मा प्रकाशित पुरानो समाचार फेला पर्यो । ३० वैशाख २०८० मा प्रकाशित समाचारमा नक्कली भुटानी शरणार्थी प्रकरण र भ्रष्टाचारविरुद्ध नागरिक अगुवाहरुले काठमाडौँको माइतीघर मण्डला र नक्सालमा प्रदर्शन गरेको जानकारी दिइएको छ ।
समाचार अनुसार प्रदर्शनमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने पनि सहभागी भएका थिए ।
शिलापत्रको समाचारमा रबि लामिछालेको तस्बिरसमेत उल्लेख गरिएको छ । उक्त तस्बिरमा लामिछानेले लगाएको पोशाक र दाबीसहितको भिडियोमा देखिने पोशाक उस्तै छ ।
यही आधारमा हामीले ‘नक्कली भुटानी शरणार्थी’ ‘रवि लामिछाने’ ‘प्रदर्शन’ लगायतका वाक्यांशलाई गुगलमा सर्च गर्यौँ । जाँचका क्रममा फेला परेका थुप्रै नतिजाहरु मध्ये nepalpress.com ले समाचारसँग भिडियोसमेत उल्लेख गरेको पाइयो ।
३० वैशाख २०८० मा प्रकाशित समाचार अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा प्रदर्शन भएको थियो । यही समाचारमा एउटा भिडियो पनि उल्लेख गरिएको छ ।
nepalpress नामक युट्युब च्यानलमा १३ मे २०२३ मा पोस्ट गरिएको भिडियोको शिर्षक छ- ‘अब भ्रष्टाचार नेपाली जनताले सहँदैनन्, सबै भ्रष्टाचारको अनुसन्धान हुनुपर्छ : रवि लामिछाने’
फेला परेको पुरानो भिडियो र दाबीसहित पछिल्लो समय सामाजिक संजालमा पोस्ट गरिएको भिडियोमा केही समानता देख्न सकिन्छ ।
एक वर्षअघि भएको भ्रष्टाचारविरुद्ध खबरदारी प्रदर्शनको समाचार नयाँ पत्रिकामा पनि प्रकाशित भएको देखिन्छ । यो समाचारमा रबि लामिछानेको उपस्थितिबारे राम्रोसँग व्याख्या गरिएको छ ।
फेला परेका तथ्यहरुले के पुष्टि गर्दछन् भने रबि लामिछानेको पुरानो भिडियोलाई अहिलेको बंगलादेश घटनासँग जोड्दै सामाजिक संजालमा पोस्ट गरिएको छ । उक्त कार्यक्रममा लामिछानेले ‘बंगलादेशको आँधी नेपाल पस्ने रविको ठोकुवा’ गरेका थिएनन् ।
बंगलादेशको घटना/आन्दोलनसँग जोड्दै सामाजिक संजलामा फैलाइएको भिडियो अहिलेको होइन । ३० वैशाख २०८० मा आयोजित भ्रष्टाचारविरुद्धको खबरदारी प्रदर्शनमा रबि लामिछानेले बोलेको भिडियोलाई फरक सन्दर्भको घटनासँग जोड्दै सामाजिक संजालमा पोस्ट गरिएको पाइयो ।
भिडियो, nepalpress
समाचार, nayapatrikadaily
समाचार, shilapatra.com
समाचार, nepalpress.com
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]
Aakash Chhetri
June 10, 2025
Aakash Chhetri
January 6, 2025
Aakash Chhetri
December 24, 2024