Sunday, May 18, 2025

Fact Check

रवि लामिछानेको ‘जित’ भएको दाबी, उपप्रधान तथा गृहमन्त्रीकाे पुन: शपथ लिएका हुन् ?

Written By Aakash Chhetri
Feb 1, 2023
banner_image

निवर्तमान गृहमन्त्री रवि लामिछानेसँग सम्बन्धित केही सामग्रीहरू सामाजिक संजालमा फेला परेका छन् । ती सामग्रीहरूमा रवि लामिछानेको जित भएको दाबी गरिएको छ । 

मन थिएन मरी मेटी धन कमाउन नामक फेसबुक पेसमा पोस्ट गरिएको उक्त सामग्रीमा रवि लामिछाने र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’काे तस्बिर देख्न सकिन्छ । उक्त तस्बिर मोशनको थमनेल र अडियोमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनलाई पुन: गृहमन्त्री बनाउने घोषणा गरेको, रवि लामिछानेले पद तथा गोपनियताको शपथसमेत खाएको दाबी गरिएको छ ।

तस्बिरको मोशनसहितको दृश्यको थमनेलमा रविको जित भएको दाबी गरिएको छ । थमनेलमा लेखिएको छ-,‘अन्तत: रविको जित भयो प्रचण्डले गरे भर्खरै उपप्रधानमन्त्रीमा, नियुक्त हुँदै देशैभर खुसीयाली, बधाई ओइरो ।’

मूल दाबी त यहाँ छ ! उक्त तस्बिर मोशनसँगै सुनिने अडियोमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनलाई पुन: गृहमन्त्री बनाउन बाध्य भएको दाबी गरिएको छ । अडियोमा भनिएको छ, ‘ओलीले जबरजस्ती गरेपछि प्रचण्डले अमिलो मुख लगाउँदै रवि लामिछानेलाई गृहमन्त्री बनाउन बाध्य हुनुभयो माओवादी नेता, रविलाई गृहमन्त्रीमा फर्काउने पक्षमा एमाले विपक्षमा मा‌ओवादी भएपनि अन्तत: प्रचण्डले गरे गृहमन्त्री बनाउने जिकिर ।’

govinda9 नामक टिकटक आइडीमा अर्को दाबी फेला परेको छ, जसले दाबीहरूको एउटा श्रृंखला नै बनाइदिन्छ । यो सामग्रीमा रवि लामिछाने नेपालकी राष्ट्रपति विद्यादेवी भण्डरीबाट पद तथा गोपनियताकाे शपथ लिइरहेको अवस्थामा देखिएका छन् । 

प्रस्तुत सामग्रीको थमनेलमा रवि लामिछानेले उपप्रधान तथा गृह मन्त्रालय सम्हालेको दाबी गरिएको छ । थमनेलमा लेखिएको छ- ‘रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्री पदकाे शपथ लिनुभएको छ ।’ 

यी सबै सामग्रीहरूले द्रुत गतिमा दाैडिरहेको वर्तमान राजनीतिबारे दाबी गरेका छन् । हामीले प्रस्तुत दाबीहरू र वर्तमान राजनीतिक जानकारीलाई एकआपसमा खप्ट्याएर हेर्ने जमर्को गरेका छौँ । 

तथ्यजाँच/प्रमाणीकरण

माथि हामीले केशहरुलाई बढ्दो घटनाक्रमा राखेर प्रस्तुत गर्‍यौँ । अब हामी अन्तिम दाबीबाट जाँचकाे सुरुवात गरेका छौँ । यस सामग्रीमा रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्री पदकाे शपथ लिएको दाबी गरिएको छ र रवि लामिछानेले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिइरहेको भिडियो जोडिएको छ, जसमा शपथको आवाज पनि सुनिन्छ ।

भिडियोको माथिल्लोपट्टी नेपाल टेलिभिजन, नेपाल प्रेस र नयाँ पत्रिकाको लोगो देखिन्छ । एउटै भिडियोमा फरक-फरक लोगो देखिएपछि के प्रष्ट भो भने यो सरकारी तथा एजेन्सीले उपलब्ध गराएको लाइभ फुटेज हो ।     

प्रस्तुत फुटेजलाई एकपटक हेरेपछि के प्रष्ट हुन्छ भने रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्री पदकाे शपथ लिएको दाबीसहित वर्तमान समयमा पोस्ट गरिएको उक्त सामग्री भ्रामक छ । मुलुक राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्री पाउने कि नपाउने भन्ने बहसमा होमिएका बेला रवि लामिछानेले शपथग्रहण गरेको भिडियोसँगै दाबी पनि पेस गर्नुले यस सामग्रीलाई तल्लो कोटीमा राखिन्छ ।  

रह्यो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रवि लामिछानेलाई गृहमन्त्री बनाउने घोषणा गरेको भन्ने दाबी । यस दाबीको तथ्यसत्य पछिल्लो सत्ता राजनीतिक घटनाक्रमले देखाउँछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई रवि लामिछानेले दैनिक जसो भेटिरहेका छन्, यस विषयमा लगातार समाचार पनि छापिइरहेका छन् । तर, दुबै पक्षको मत सार्वजनिक रुपमा एक दिनअघि पनि देखिएको थिएन । 

मंगलबारकाे भेटपछि अचानक भेट सफल भइनरहेको समाचार छापिए । प्रधानमन्त्रीले प्रचण्डले गृहमन्त्रीको जिम्मेवारी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई नदिने बताएको ती समाचारहरुमा जानकारी दिइएको छ । ekantipur मा छापिएको समाचारमा लेखिएको छ –

नागरिकताका कारण सांसद बन्ने योग्यता सर्वोच्चबाट गुमाएका लामिछानेले बारम्बार गैर सांसदका रूपमा आफूलाई गृहमन्त्री बनाउन भनेर दबाब दिने र सरकारको सहयात्री एमालेमार्फत् पनि दबाब दिन थालेपछि लामिछानेलाई अहिलेको अवस्थामा गृहमन्त्रालय आफूसँगै राख्ने निर्णयमा दाहाल पुगेका हुन् । दाहालले मंगलबार बसेको पार्टीको पदाधिकारी बैठकमा गृह मन्त्रालयमा नयाँ मन्त्री नियुक्त नगर्ने र लामिछानेलाई नदिने निर्णय सुनाएका थिए । पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकपछि सचिव गणेश साहले भने, ‘अहिले रवि लामिछानेबारे जुन सर्वोच्च अदालतको निर्णय छ, त्यसको पूर्णपाठ पनि अझै नआइसकेको अवस्थामा छ । गृहमन्त्रालय अहिले प्रधानमन्त्रीले नै हेर्नुहुन्छ । रवि लामिछानेमाथि सर्वोच्चको निर्णयको पूर्णपाठ नआइसकेको अवस्था छ । उहाँ अहिले सांसद रहनुभएन । त्यसैले गैरसांसदलाई मन्त्री बनाउँदाखेरी अरूपनि गैरसांसदहरूको मन्त्री बन्ने इच्छा व्यक्त हुनसक्छ । त्यसैले उहाँहरूको पूूर्णपाठ नआउन्जेलसम्म गृह मन्त्रालय प्रधानमन्त्रीले आफैँ हेर्नुहुन्छ ।’

प्रस्तुत तथ्यले के पुष्टि गर्दछ भने रवि लामिछानेलाई गृहमन्त्री बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्जुर भएको र उनलाई पुन: गृहमन्त्री बनाउने घोषणाको दाबी भ्रामक छ । अर्कोतर्फ सोहि समाचारमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालले गृह मन्त्रालय नदिएर सरकारमा पंगु बनाएर काम गर्न नदिने षडयन्त्र भएको हुनसक्ने विचार प्रस्तुत गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र रवि लामिछानेबीच टकरावको अवस्था पैदा भएको देखिन्छ । यही अवस्थामा प्रधानमन्त्रीले रविलाई गृहमन्त्रालय नदिने विचार बनाएकोसमेत बताइसकेका छन् । यसबाट के पुष्टि हुन्छ भने दाबी गरिएका सबै दाबी भ्रामक छन् ।

निष्कर्ष

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रवि लामिछानेलाई पुन: गृहमन्त्री बनाउने घोषणा गरेको, रवि लामिछानेले पद तथा गोपनियताको शपथसमेत खाएको र ।रवि लामिछानेको जित भएको दाबी भ्रामक छन् । सर्वोच्च अदालतको फैसलाले सांसद पद गुमाएका रवि लामिछानेले ठूलो हार व्यहोरेका छन् ।

नतिजा : भ्रामक

हाम्रा स्रोतहरू 


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected] 


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at [email protected]​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: [email protected]

857

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage