Wednesday, May 14, 2025

Fact Check

के यो सडक दुर्घटना राजविराजबाट जनकपुर आउने बाटोमा भएको हो ?

Written By Aakash Chhetri
Jan 8, 2022
banner_image

Claim

image

Fact

image

सामाजिक संजाल टिकटकमा एउटा भिडियो भेटिएको छ, जसमा ठूलो सडक दुर्घटनाकाे दृश्य देखाइएको छ । भिडियोमा केही मालवाहक ट्रकहरू क्षतविक्षत अवस्थामा देखिन्छन् भने केही साना गाडीहरू ती ट्रकसँग ठोक्किएका छन् । सडकमा गुडिरहेका गाडीहरू एक आपसमा ठोक्किएको दृश्य भिडियोमा देखिन्छ ।

गौरव नामक टिकटक आइडीमा पोस्ट भएको भिडियोमा यो दृश्य नेपालकै हो भनेर दाबी गरिएको छ । भिडियोको थमनेलमा लेखिएको छ,‘राजविराजबाट जनकपुर आउने बाटोमा, ६:११ ।’

एक साताअघि पोस्ट गरिएको यो भिडियोमा २३ सयभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् भने २८ जनाले भिडियोलाई सेयर गरिसकेका छन् । यो भिडियोमा देखिएको दुर्घटनाको दृश्य राजविराज जनकपुर सडकको हो भन्ने दाबीमाथि हामीले तथ्याजाँच गरेका छौँ । 

तथ्य जाँच / प्रमाणीकरण

भिडियोमा दाबी गरिएको छ, यहाँ देखिएको सडक दुर्घटना राजविराजबाट जनकपुर आउने बाटोमा भएको हो । याे दाबीमाथि हामीले तथ्यजाँच गर्दा वास्तविकता अर्कै देखियो । भिडियोको मूल स्रोत खोज्दै जाँदा Discovery of Rajasthan नामक युट्युब च्यानल भेटियो, जसमा टिकटकमा फैलाइएको सोही भिडियो भेटिन्छ । 

१० नोभेम्बर २०१७ मा उक्त युट्युब च्यानलले पोस्ट गरेको भिडियो नै माथि टिकटकमा राखिएको भिडियोको मूल स्रोत हो । डिस्कभरी अफ राजस्थान नामको युट्युब च्यानलले उक्त भिडियोमा देखिएको सडक दुर्घटना नेपालमा नभई भारतमा भएको जानकारी दिइएकाे छ । उक्त भिडयोको शीर्षकमा लेखिएको छ,‘Delhi NCR north India fog’

यसबाट के प्रष्ट हुन्छ भने ‘राजविराजबाट जनकपुर आउने बाटोमा’ भएको सडक दुर्घटना भन्दै सामाजिक संजालमा फैलाइएको भिडियो भ्रामक छ । यो घटना दाबी गरिएजस्तो नेपालमा घटेको नभई भारतको राजधानी दिल्ली नजिकै पलवल भनिने क्षेत्रमा घटेको हो । 

पलवल क्षेत्रमा क्षेत्रमा बाक्लो कुहिरो लाग्ने भएकाले यहाँ जाडो माैसममा कम भिजिवलिटी हुन्छ । अदृश्यताका कारण यहाँ गाडीहरू एक आपसमा ठोक्किने गर्छन् । यही कारण भएको एउटा घटनासँग नेपालको राजविराजबाट जनकपुर पुग्ने सडकलाई जोडेर भ्रामक सामग्री तयार पारिएको छ ।

निष्कर्ष : 

भिडियोमा गरिएको दाबी भ्रामक/असत्य छ । यो सडक दुर्घटनाको दृश्य ‘राजविराजबाट जनकपुर आउने बाटो’को होइन । यो सडक दुर्घटना २०१७ मा भारतको राजधानी दिल्ली नजिकैको पलवल क्षेत्रमा भएको हो ।

नतिजा : भ्रामक/असत्य

हाम्रा स्रोतहरू :

Discovery of Rajasthan : Delhi NCR north India fog


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected] 


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at [email protected]​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: [email protected]

857

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage