Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check

दाबी: १८ पटक मन्त्री बनेपछि शरतसिंह भण्डारीको खुसीयाली, उता ६४ जना नागरिक त्रिशुलीमा पहिरोमा परी बस दुर्घटना भई अलपत्र ।
तथ्य: चैत ०७९ मा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा मन्त्री भएका बेला शरतसिंह भण्डारीले स्याम्पेन फोडेर खुसीयाली मनाएका थिए ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले स्याम्पेन फोडेको एउटा भिडियो सामग्री सामाजिक संजालमा पोस्ट गरिएको छ । उक्त भिडियोमा ‘१८ पटक मन्त्री बनेपछि शरतसिंह भण्डारीले खुसीयाली मनाइरहेको र अर्कोतर्फ त्रिशुली नदीमा दुर्घटनाग्रस्त बसका यात्रु अलपत्र’ परेको जानकारी जोडिएको छ ।
Mandal Thuppoko Thebe नामक फेसबुक आइडीमा पोस्ट गरिएको भिडियोमा शरतसिंह भण्डारीले स्याम्पेन फोडेर खुसीयाली मनाइरहेको दृश्य देख्न सकिन्छ । १७ जुलाई २०२४ मा पोस्ट गरिएको भिडियोको क्याप्सनमा लेखिएको छ-‘१८ पटक मन्त्री बनेपछि शरतसिंह भण्डारीको खुसीयाली, उता ६४ जना नागरिक त्रिशुलीमा पहिरोमा परी बस दुर्घटना भई अलपत्र, कठै यी हुडारहरुबाट के आशा गर्नु ?’

त्यस्तै Mandal Thebe नामक टिकटक आइडीमा पनि सोही भिडियो पोस्ट गरिएको छ । १७ जुलाई २०२४ मै पोस्ट गरिएको भिडियोको थमनेल तथा क्याप्सनमा पनि ‘१८ पटक मन्त्री बनेपछि शरतसिंह भण्डारीले खुसीयाली मनाइरहेको र अर्कोतर्फ त्रिशुली नदीमा दुर्घटनाग्रस्त बसका यात्रु अलपत्र’ परेको जानकारी जोडिएको छ ।

के शरतसिंह भण्डारीले स्याम्पेन फोडेर खुसीयाली मनाइरहेको दृश्य वर्तमान सन्दर्भसँग सम्बन्धित छ त? भिडियोको वास्तविक सन्दर्भ पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
३१ असार २०८१ मा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नयाँ मन्त्रिपरिषद् गठन गरिएको छ । नयाँ मन्त्रिपरिषद्मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सांसद शरतसिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनेका छन् ।
शरतसिंह भण्डारी मन्त्री भएसँगै सम्बन्धित स्याम्पेन फोडेर खुसीयाली मनाइरहेको भिडियो सामाजिक संजालमा पोस्ट गरिएको छ । जाँचका क्रममा सबैभन्दा पहिले हामीले ‘शरतसिंह भण्डारी’ ‘मन्त्री’ ‘स्याम्पेन’ लगायतका वाक्यांशहरुलाई गुगलमा सर्च सर्यौँ ।
नतिजास्वरुप केही संचार माध्यममा प्रकाशित पुराना समाचारहरु फेला परे । जसमध्ये Nepal Press ले ‘मन्त्री शरतसिंह भण्डारीले स्याम्पेन फोडे’को समाचार प्रकाशित गरेको देखिन्छ । १९ चैत २०७९ मा प्रकाशित समाचार अनुसार भण्डारी १२औं पटक मन्त्री भएपछि उनका परिवारका सदस्य र निकट आफन्तहरूको उपस्थितिमा स्याम्पेन फोडेर सेलिब्रेसन गरिएको थियो ।

यही सन्दर्भको समाचार Nepal Views ले पनि प्रकाशित गरेको देखिन्छ । १९ चैत २०७९ मा प्रकाशित समाचार अनुसार भण्डारी मन्त्री बनेपछि जसरी खुसीयाली गरेका थिए, सामाजिक सञ्जालमा त्यो शैली विवादित बनेको थियो ।
संचार माध्यममा प्रकाशित सामग्री अनुसार यसपटकसमेत गरी शरतसिंह भण्डारी १३औं पटक नेपालको मन्त्री बनेका छन् ।
चैत ०७९ मा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा शरतसिंह भण्डारी श्रम तथा सामाजिक सुरक्षा मन्त्री बनेका थिए । यही बेला मन्त्री बन्दा भण्डारीको परिवार र निकटस्थहरुले स्याम्पेन फोडेर खुसीयाली मनाएका थिए । सोही सन्दर्भको भिडियो Jana Aastha News युट्युब च्यानलमा पोस्ट गरिएको पाइयो । ३ अप्रिल २०२३ मा पोस्ट गरिएको भिडियोको शिर्षक राखिएको छ- ‘मन्त्री बनेसङ्गै मदिरा पार्टी,महिलालेसमेत ठाडो घाँटी’ ।
केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री भएका शरतसिंह भण्डारीलाई जोड्दै सामाजिक संजालमा पोस्ट गरिएको भिडियो वर्तमान सन्दर्भसँग सम्बन्धित छैन । चैत ०७९ मा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा मन्त्री भएका बेला शरतसिंह भण्डारीले स्याम्पेन फोडेर खुसीयाली मनाएका थिए । सोही भिडियोलाई वर्तमान सन्दर्भसँग जोड्दै सामाजिक संजालमा पोस्ट गरिएको पाइयो ।
समाचार, Nepal Views
समाचार, Nepal Press
भिडियो, Jana Aastha News
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]

Aakash Chhetri
October 26, 2025
Newschecker And THIP Media
August 8, 2025

Aakash Chhetri
June 10, 2025