Saturday, June 7, 2025

Fact Check

Fact Check: सामाजिक संजालमा फैलियो शेरबहादुर देउवा जोडिएको स्क्रिनसट 

Written By Aakash Chhetri
Jan 18, 2024
banner_image

दाबी: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्नै निवास बूढानीलकण्ठमा ‘मरेको’ सन्देश प्रवाह ।
तथ्य: संचार माध्यमले प्रकाशित गरेको समाचारलाई प्रविधिको मद्दतले इडिट गरी सामाजिक संजालमा फैलाइएको पाइयो । 

पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सम्बन्धित एउटा पोस्ट सामाजिक संजालमा फेला गरेको छ । उक्त पोस्टबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्नै निवास बूढानीलकण्ठमा ‘मरेको’ सन्देश प्रवाह भएको छ । 

नेपालको डिजिटल संचार माध्यम onlinekhabar सँग जोडिएको प्रस्तुत पोस्ट पछिल्लो समय सामाजिक संजालमा फैलिरहेको छ । यही सन्दर्भमा केही सामाजिक संजाल प्रयोगकर्ताले सत्यतथ्यबारे बुझ्न चाहेका छन् । जिबन चन्द नामक फेसबुक आइडीमा पनि सोही सामग्री पोस्ट भएको छ ।  

प्रस्तुत पोस्टमा शेरबहादुर देउवाको तस्बिरसहितको एउटा समाचार लिंक देख्न सकिन्छ । साथै उक्त पोस्टको स्क्रिनसटमा लेखिएको छ-  ‘नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्नै निवास बूढानीलकण्ठमा मरेका छन् ।’ 

तथ्यजाँच/प्रमाणीकरण

सामाजिक संजालमा फैलिएको माथि उल्लेखित पोस्ट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र अनलाइन खबरसँग जोडिएको छ । जाँचका क्रममा २०८० माघ ३ गते अनलाइन खबरले शेरबहादुर देउवासँग सम्बन्धित समाचार प्रकाशित गरेको देखिन्छ ।  

प्रस्तुत समाचारमा शेरबहादुर देउवा धुम्बाराहीस्थित भाडाको घरबाट आफ्नै निवास बूढानीलकण्ठमा सरेको जानकारी दिइएको छ । बूढानीलकण्ठस्थित निवास मर्मतसम्भार गर्नु परेकाले देउवा परिवारलाई भाडाको घरमा बस्नु परेको र अहिले शेरबहादुर देउवा आफ्नै घरमा सेरेको उक्त समाचारमा उल्लेख छ ।  

उल्लेखित समाचार प्रकाशित भएपछि सामाजिक संजालमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्नै निवास बूढानीलकण्ठमा ‘मरेको’ सन्देश प्रवाह हुनेगरी सामाजिक संजालमा पोस्टहरु फैलिएको देखिन्छ । यही बेला अनलाइन खबरले आफ्नो आधिकारिक फेसबुक पेजमा एउटा स्ट्याटस पोस्ट गरेको फेला पर्‍यो । 

अनलाइल खबरले फेसबुक पेजमा लेखेको छ- ‘नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा घर सरेको समाचारको स्क्रिनसट लिई त्यसलाई तोडमोड गरी सामाजिक सञ्जालमा गरिएको प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको छ । अनलाइनखबरमा नलेखिएको शीर्षकलाई लिएर अफवाह फैलाउनेहरुका विषयमा अनुसन्धान गर्न Nepal Police को ध्यानाकर्षण गराउँछौं । सम्पादक ।’  

माथि उल्लेखित स्क्रिनसट सामाजिक संजालमा फैलिएपछि अनलाइन खबरले आफ्नो समाचारलाई तोडमोड गरिएको प्रष्ट पारेको छ । साथै अनलाइनखबरमा नलेखिएको शीर्षकलाई लिएर अफवाह फैलाउनेहरुका विषयमा अनुसन्धान गर्न नेपाल प्रहरीलाई ध्यानाकर्षण गराएको समर्त जानकारी दिइएको छ । 

निष्कर्ष

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्नै निवास बूढानीलकण्ठमा ‘मरेको’ सन्देश प्रवाह गर्दै सामाजिक संजालमा फैलिएको स्क्रिनसट भ्रामक छ । संचार माध्यमले प्रकाशित गरेको समाचारलाई प्रविधिको मद्दतले इडिट गरी सामाजिक संजालमा फैलाइएको पाइयो । 

नतिजा : भ्रामक/डिटेडट

हाम्रा स्रोतहरू

समाचार, onlinekhabar
अनलाइन खबर खण्डन, facebook.com/onlinekhabarnews


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected] 


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at [email protected]​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: [email protected]

867

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage