Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
दाबी: नेपाल प्रहरीले सिताराम कट्टेल ‘धुर्मुस’लाई पक्राउ गरेको दाबी ।
तथ्य: हाँस्य कलाकार दम्पती धुर्मुस-सुन्तली रुकुम पश्चिम महोत्सवमा पुगेका बेला खिचिएको भिडियोलाई गलत दाबीसहित सामाजिक संजालमा पोस्ट गरियो ।
नेपाली हाँस्य कलाकार सिताराम कट्टेल ‘धुर्मुस’सँग सम्बन्धित एउटा भिडियो सामग्री सामाजिक संजालमा फेला परेको छ । उक्त भिडियोमा नेपाल प्रहरीले सिताराम कट्टेल ‘धुर्मुस’लाई पक्राउ गरेको दाबी गरिएको छ ।
Nepali_Tea नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा हाँस्य कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ देखिएका छन् । नेपाल प्रहरीका जवानहरुले धर्मुसको हात समाएर अगाडि बढाइरहेको दृश्य भिडियोमा जोडिएको छ । प्रस्तुत भिडियोको क्याप्सनमा लेखिएको छ- ‘Dhurmus arrest by Nepal police’ । साथै भिडियोको थमनेलमा लेखिएको छ- धुर्मुसलाई प्रहरीले किन लग्यो यसरी, यिनले के गरेछन् र होला ?’
पाँच दिनअघि पोस्ट गरिएको दाबीसहितको भिडियोमा २५ सय टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । पूर्वाधार निर्माण अभियान्तासमेत रहेका सिताराम कट्टेल ‘धुर्मुस’लाई पक्राउ गरिएको दाबी अत्यन्तै संवेदनशील छ । दाबीसहितको भिडियोको फैलावटलाई मध्यनगर गर्दै हामीले यो तथ्यजाँच गरेका छौँ ।
हाँस्य कलाकारसँगै सिताराम कट्टेल ‘धुर्मुस’को नाम पूर्वाधार निर्माण अभियान्ताका रुपमा पनि परिचित छ । २०७२ को महाभूकम्पपछि सिताराम कट्टेल ‘धुर्मुस’को अध्यक्षतामा गठित धुर्मुस-सुन्तली फाउन्डेसनले पहाड तथा मधेशका विभिन्न गाउँमा एकीकृत बस्ती निर्माण गरेको थियो ।
सोही क्रममा २०७५ माघमा धुर्मुस-सुन्तली फाउन्डेसनले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा गरेको थियो । तर, निर्माणकार्य सुरु भएको छोटो समयमै आर्थिक कारणले रंगशाला निर्माणको काम रोकियो । यही कारण धुर्मुस-सुन्तली विभिन्न क्षेत्रमा आलोचित बन्नुपर्यो ।
पछिल्लो समय अलपत्र परेको गौतम बुद्ध क्रिकेट रंगशाला निर्माण सरकारले नै निर्माण गर्ने भएको छ । २०८० पुसको मन्त्रिपरिषद् बैठकले अलपत्र परेको रंगशालालाई बागमती प्रदेश सरकारसँगको साझेदारीमा चितवनको भरतपुर महानगरपालिकालाई निर्माण गर्न दिने अनुमति दिएको हो ।
यही सन्दर्भमा नेपाल प्रहरीले सिताराम कट्टेल ‘धुर्मुस’लाई पक्राउ गरेको दाबीसहितको भिडियो साजिक संजालमा पोस्ट गरिएको छ । हामीले सबैभन्दा पहिले हामीले प्रस्तुत भिडियोको वास्तविक सन्दर्भ पत्ता लगाउने कोशिस गर्यौँ ।
जाँचका क्रममा सिताराम कट्टेल ‘धुर्मुस’सँग सम्बन्धित विभिन्न सामाजिक संजाल खाताहरु जाँच गर्यौँ । यही क्रममा Kunjana Ghimire र Sitaram Kattel फेसबुक पेजमा पोस्ट गरिएको रिल फेला पर्यो । एक साताअघि पोस्ट गरिएको उक्त रिलको क्याप्सनमा लेखिएको छ- ‘रुकुम मुसिकोटको माया ।’
फेला भिडियो र माथि उल्लेखित सामाजिक संजालमा दाबीसहित पोस्ट गरिएको भिडियोमा समानता देखिन्छ । त्यसैले फेला परेको जानकारीका आधारमा हामीले जाँचलाई थप अगाडि बढायौँ । यसका लागि हामीले ‘रुकुम मुसिकोट’ ‘धुर्मुस सुन्तली’ वाक्यांशलाई गुगलमा सर्च गर्यौँ ।
सर्चको नतिजास्वरुप रुकुमको स्थानीय समाचार पोर्टल कखरा डटकममा प्रकाशित समाचार र भिडियो फेला पर्यो । फागुन २५ (२०८०) प्रकाशित उक्त समाचारमा रुकुम पश्चिम महोत्सवमा हाँस्य कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले प्रस्तुति दिएको र महोत्सवमा अहिलेसम्मकै धेरै दर्शक आएको जानकारी दिइएको छ ।
फेला परेका तथ्यहरुबाट के प्रष्ट हुन्छ भने सिताराम कट्टेल ‘धुर्मुस’लाई नेपाल प्रहरीले पक्राउ गरेको होइन ।
एक साताअघि रुकुम उद्योग वाणिज्य सङ्घको आयोजना र कला, संस्कृति, पर्यटन प्रवर्द्धन मञ्च रुकुम पश्चिमको सह-आयोजनामा संचालित रुकुम पश्चिम महोत्सवमा हाँस्य कलाकार धुर्मुस-सुन्तलीलाई आमन्त्रित गरिएको थियो । दुबै दम्पती कलाकार महोत्सव स्थलमा पुगेका बेला खिचिएको भिडियोलाई भ्रामक दाबीसहित सामाजिक संजालमा पोस्ट गरिएको देखिन्छ ।
नेपाल प्रहरीले सिताराम कट्टेल ‘धुर्मुस’लाई पक्राउ गरेको गलत छ । हाँस्य कलाकार दम्पती धुर्मुस-सुन्तली रुकुम पश्चिम महोत्सवमा पुगेका बेला खिचिएको भिडियोलाई गलत दाबीसहित सामाजिक संजालमा पोस्ट गरिएको पाइयो ।
भिडियो, youtube
समाचार, kakhara
भिडियो, Kunjana Ghimire, Sitaram Kattel
समाचार, ujyaaloonline
समाचार, ekantipur
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]
Aakash Chhetri
November 12, 2024
Aakash Chhetri
October 3, 2024
Aakash Chhetri
September 16, 2024