Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
दाबी: द्रोणपुष्पी, कालो मरिच र नीमको पातको संयोजनले मानव शरीरमा रहेको सर्पको विषलाई उतार्न सकिने दाबी गरिएको छ ।
तथ्य: द्रोणपुष्पी, कालो मरिच र नीमको पातको संयोजनले मानव शरीरमा रहेको सर्पको विषलाई उतार्न सक्न भन्ने दाबी कुनै पनि वैज्ञानिक प्रमाणले पुष्टि गर्न सकेनन् ।
सामाजिक संजालमा एउटा दाबीसहितको सामग्री फेला परेको छ । उक्त सामग्रीमा द्रोणपुष्पी, कालो मरिच र नीमको पातको संयोजनले मानव शरीरमा रहेको सर्पको विषलाई उतार्न सकिने दाबी गरिएको छ ।
Hom Neupane नामक टिकटक आइडीमा पोस्ट गरिएको दाबीसहितको सामग्रीमा एक व्यक्तिले सर्पले टोकेको अवस्थामा त्यसको घरेलु उपचार विधिबारे जानकारी दिइरहेका छन् । ती व्यक्तिले आफ्नो हातमा द्रोणपुष्पी वनस्पति (ल्युकास लाङ्गिफोलिया,थुम्बाई, सेतो थुम्बाई नामले चिनिने वनस्पति चिनिन्छ) लिएर आफ्नो दाबी प्रस्तुत गरेका छन् ।
द्रोणपुष्पी वनस्पतिको फल, पातहरूबाट पेस्ट बनाउने र त्यसमा कालो मरिचको पाउडर मिसाएर त्यसलाई फिल्टर गरेपछि बनेको तरल पदार्थले सर्पले टोकेको व्यक्तिलाई निको पार्ने दाबी गरिएको छ । दाबीका अनुसार मिश्रणको तरल पदार्थलाई चार-चार थोपागरी सर्पले टोकेको व्यक्तिको नाकबाट भित्र चुहाउनुपर्छ । साथै प्रत्येक दुई घण्टामा हालेर नीमको पात खुवाउनुपर्छ । मानव स्वास्थ्यसँग जोडिएको प्रस्तुत दाबीमाथि हामीले तथ्यजाँच गरेका छौँ ।
द्रोणपुष्पी वनस्पति (ल्युकास लाङ्गिफोलिया,थुम्बाई, सेतो थुम्बाई नामले चिनिने वनस्पति चिनिन्छ)को पात र फललाई कालो मरिचको धुलोसँग मिसाएर प्रयोग गर्दा सर्पको टोकाइ निको हुने दाबी गलत छ । द्रोणपुष्पी, कालो मरिच र नीमको पातको संयोजनले मानव शरीरमा रहेको सर्पको विषलाई उतार्न सक्न भन्ने दाबी कुनै पनि वैज्ञानिक प्रमाणले पुष्टि गर्न सकेनन् ।
सर्पको टोकाइ चिकित्सा आपतकालीन अवस्था हो, जसलाई तत्काल पेशेवर चिकित्सा विशेषज्ञको निगरानी र उपचार आवश्यक पर्दछ । यदि कसैलाई सर्पले टोकेको छ भने तुरुन्त चिकित्सा सहायता खोज्नुपर्दछ ।
सर्पको टोकाइपछि परम्परागत उपचार तथा वनस्पतिमा आधारित औषधिहरू प्रयोग हुने गरेको भएपनि ती उपचारको प्रभावकारितालाई वैज्ञानिक प्रमाणहरूले पुष्टि गर्दैनन् । सर्पको टोकाइपछि घरेलु उपचार वा परम्परागत उपचारहरूमा मात्र भर पर्नु खतरनाक हुनसक्छ ।
सर्पको टोकाइ अत्यन्तै खतरनाक हुनुका साथै मानिसको जीवन नै खतरामा पार्न सक्छ। सर्पले डसेको अवस्थामा एन्टिभेनम सर्पको टोकाइको लागि सबैभन्दा प्रभावकारी उपचार हो र जटिलताहरूलाई रोक्न तत्काल चिकित्सा हेरचाह आवश्यक पर्दछ ।
सर्पको टोकाइपछि घरेलु उपचार वा परम्परागत उपचारहरूमा मात्र भर पर्नु उचित हुँदैन । तर, केही प्राकृतिक पदार्थहरूमा सम्भावित औषधीय गुणहरू हुन सक्छन् । उचित उपचारका लागि सर्पदंश व्यवस्थापनमा तालिम प्राप्त स्वास्थ्यकर्मीहरूसँग परामर्श गर्नु सधैँ उत्तम हुन्छ।
कुनैपनि मानिसलाई सर्पले टोकेको छ भने निम्न उपायहरू अपनाउनु महत्त्वपूर्ण छ :
सर्पको टोकाइबारे डा.विवेक अरोरा भन्छन्,‘कृपया ध्यान दिनुहोस् कि भारतमा, धेरैजसो जनजातिहरू र ग्रामिण क्षेत्रका मानिसहरू सर्पको टोकाइमा पर्छन् । सर्प र सर्पको टोकाइबाट हुने जोखिमका बारेमा जनतालाई सचेत गराउनुपर्छ । यस दुर्घटनाबारे स्थानीय प्रकृतिको प्राथमिक उपचार सम्बन्धी ज्ञान र जानकारी फैलाउन आवश्यक छ ।
द्रोणपुष्पी, कालो मरिच र नीमको पातको संयोजनले मानव शरीरमा रहेको सर्पको विषलाई उतार्न सक्न भन्ने दाबी कुनै पनि वैज्ञानिक प्रमाणले पुष्टि गर्न सकेनन् । सर्पको टोकाइ चिकित्सा आपतकालीन अवस्था हो, जसलाई तत्काल पेशेवर चिकित्सा विशेषज्ञको निगरानी र उपचार आवश्यक पर्दछ । यदि कसैलाई सर्पले टोकेको छ भने तुरुन्त चिकित्सा सहायता खोज्नुपर्दछ ।
who.int
Kew.org
Healthdirect.gov.au
(This article is published in collaboration with THIP Media)
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]
Newschecker And THIP Media
August 22, 2025
Newschecker And THIP Media
August 8, 2025
Newschecker And THIP Media
August 1, 2025