Saturday, April 27, 2024
Saturday, April 27, 2024

HomeFact CheckFact Check: सर्पले टोकेपछि घरेलु उपचार गर्दा विरामी बाँच्ने दाबी, के यो...

Fact Check: सर्पले टोकेपछि घरेलु उपचार गर्दा विरामी बाँच्ने दाबी, के यो सुरक्षित छ?

दाबी: सर्पले टोकेपछि परम्परागत घरेलु उपचार विधि अपनाएर विष निकाल्न सकिने र विरामीलाई बचाउन सकिने दाबी ।
तथ्य:सामाजिक संजालमा उल्लेखित सल्लाह सर्पको टोकाइको उपचारका लागि सुरक्षित वा वैज्ञानिक रुपमा सिफारिस गरिएको विधि होइन । 

सामाजिक संजाल फेसबुकमा एउटा भिडियो सामग्री फेला परेको छ । उक्त सामग्रीमा  सर्पले टोकेपछि परम्परागत घरेलु उपचार विधि अपनाएर विष निकाल्न सकिने र विरामीलाई बचाउन सकिने दाबी गरिएको छ । 

Digital Forum Nepal नामक फेसबुक पेजमा एकजना व्यक्ति देखिएका छन् । ती व्यक्ति एउटा सर्पलाई घाँटी र हातमा राखेर खेलाइरहेको अवस्थामा देखिएका छन् । साथै भिडियोको क्याप्सलमा घरेलु तरिकाले सर्पको विष निकाल्न सकिने र विरामीलाई बचाउन सकिने दाबी गरिएको छ ।

क्याप्सनमा लेखिएको छ- ‘सर्पले टोकेमा पुरानो सतप्रतिशत सुरक्षित घरेलु उपचार विधि, सर्पले टोकेको ठाउँभन्दा माथि डोरिले बाध्ने, टोकेको घाउबाट निचोरेर रगत फाल्ने र नयाँ ब्लेडले डोरीले बाधेकोभन्दा मुनी हल्का विभिन्न ठाउँहरूमा ठाडोगरी स-साना घाउ बनाउने वा चिर्ने र मनतातो पानीले धुँदै रगत निचोरेर फाल्ने गरेमा रगतमार्फत् सर्पको विष निस्कन्छ र विरामीलाई बचाउन सकिन्छ ।’ 

प्रस्तुत दाबीसहितको भिडियो अति नै संवेदनशील देखिएको छ । त्यसैले प्रस्तुत दाबीमाथि हामीले तथ्यजाँच गरेका छौँ ।

तथ्यजाँच/प्रमाणीकरण

सामाजिक संजालमा उल्लेखित सल्लाह सर्पको टोकाइको उपचारका लागि सुरक्षित वा वैज्ञानिक रुपमा सिफारिस गरिएको विधि होइन । सर्पले टोकेपछि परम्परागत घरेलु उपचार विधि अपनाएर विष निकाल्न सकिने र विरामीलाई बचाउन सकिने दाबी खतरनाक र सम्भावित हानिकारक हुन सक्छ ।

सर्पले टोकेको उपचारका लागि यूएस सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) ले केही महत्वपूर्ण कदमहरू चाल्न सल्लाह दिएको छ । सर्वप्रथम सर्पको रंग र आकारलाई अवलोकन गर्न र त्यसलाई सम्झने प्रयास गर्न आवश्यक छ । किनकि यो जानकारीले सर्पको टोकाइको उपचारमा महत्त्वपूर्ण रूपमा मद्दत गर्न सक्छ । सर्पले टोकेको व्यक्तिलाई स्थिर र शान्त राख्न आवश्यक छ, किनकि यसले विषको फैलावटलाई कम गर्न मद्दत गर्छ ।

सर्पले टोकेको अवस्थामा तुरुन्तै चिकित्सा पेशेवरसँग मद्दत खोज्न सिफारिस गरिन्छ । यदि तुरुन्तै अस्पताल पुग्न सम्भव छैन भने प्रारम्भिक प्राथमिक उपचार गर्न सल्लाह दिइन्छ । प्रारम्भिक सहायता चरण अनुसार विरामी व्यक्तिलाई तल राख्नु वा बसाउनु, टोकेको क्षेत्र मुटुको स्तरभन्दा तल रहेको सुनिश्चित गर्नुपर्छ । विरामीलाई शान्त र स्थिर रहन प्रोत्साहन गर्नुपर्छ, त्यसपछि तुरुन्तै घाउलाई तातो, साबुन पानीले धुने र सफा, सुख्खा ड्रेसिङले छोप्नुपर्छ ।

यसबाहेक, सर्पले टोकेको घाउमा बरफ लगाउन वा घाउलाई पानीमा डुबाउनु हुँदैन । साथै मदिरा वा क्याफिनयुक्त पेय पदार्थहरू पेनकिलरको रूपमा प्रयोग नगर्नु पनि महत्त्वपूर्ण हुन्छ । यी पदार्थहरूले सर्पको विषको प्रभावलाई सम्भावित रूपमा बिगार्न सक्छन् । यी दिशानिर्देशहरू पछ्याउने हो भने सर्पले टोकेको मानिसको स्वास्थ्य स्वास्थ्य जोखिमलाई कम गर्न सकिन्छ ।

सर्पको टोकेपछि तुरुन्तै पेशेवर चिकित्सा सहायता खोज्नु पर्छ । घाउ काट्ने, विष चुस्ने, टर्निकेट वा डोरीले कस्ने काम उपचारको सुरक्षित वा प्रभावकारी विधि होइन । यी कार्यहरूले थप हानि निम्त्याउन सक्छ, संक्रमणको जोखिम बढाउन सक्छ र स्थिति बिग्रनसक्छ ।

निष्कर्ष

सर्पले टोकेपछि परम्परागत घरेलु उपचार विधि अपनाएर विष निकाल्न सकिने र विरामीलाई बचाउन सकिने दाबी खतरनाक र सम्भावित हानिकारक हुन सक्छ ।  यी कार्यहरूले थप हानि निम्त्याउन सक्छ, संक्रमणको जोखिम बढाउन सक्छ र स्थिति बिग्रनसक्छ ।  त्यसैले सर्पको टोकेपछि तुरुन्तै पेशेवर चिकित्सा सहायता खोज्नु पर्छ । 

नतिजा : आंशिक गलत 

हाम्रा स्रोतहरू

स्वास्थ्य जानकारी, cdc.gov


(This article is published in collaboration with THIP Media)


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co 


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular