Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
दाबी: काली गेडी वनस्पतिको पातलाई सागको रुपमा सेवन गर्दा मृगौला सुरक्षित राख्छ र सफा गर्छ ।
तथ्य: काली गेडीलाई परम्परागत रूपमा मृगौलाको उपचारमा प्रयोग गरिएतापनि यसलाई मृगौला समस्याहरूको सामधान र औषधिका रुपमा हेर्नु हुँदैन ।
मृगौलालाई सुरक्षित राख्ने र सफा गर्ने वनस्पति भन्दै एउटा भिडियो सामाजिक संजालमा पोस्ट गरिएको छ । उक्त भिडियोमा काली गेडी वनस्पतिको पातलाई सागको रुपमा सेवन गर्दा मृगौला सुरक्षित राख्छ र सफा गर्छ भन्ने दाबी गरिएको छ ।
Rama Khanal Bhattarai नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा काली गेडी वनस्पतिको बोट देख्न सकिन्छ । साथै भिडियोमा एकजना व्यक्ति बोलिरहेको सुन्न सकिन्छ । ती व्यक्तिले यस्तो भनेका छन्-
‘आफ्नो किड्नी सुरक्षित गर्न चहानुहुन्छ, सुरक्षित राख्न चहानुहुन्छ भने एकदमै राम्रो टिप्स । धेरै मानिसमा किड्नीको समस्या आएको तपाईंहरुलाई थाहा छ, तपाईंलाई मैले यो काली गेडी देखाइराको छु, यसको साग ८-१० मुन्टाभन्दा बेसी एक दिनमा नखानुहोला, धेरै राख्नुहुँदैन । यसको साग वर्षमा २० पटक खानु भयो भने तपाईंको किड्नी एकदमै सुरक्षित राख्छ र किड्नीलाई यसले एकदमै सफा गर्छ । माछा र सुँगुरको मासुसँग यो कहिल्यै नखानू खतरा हुनसक्छ ।’
काली गेडी वनस्पतिको पातलाई सागको रुपमा सेवन गर्दा मृगौला सुरक्षित राख्ने र सफा गर्ने काम गर्छ त? वास्तविकता पत्ता लगाउन हामीले तथ्यजाँच गरेका छौँ ।
काली गेडी वनस्पतिको पातलाई सागको रुपमा सेवन गर्दा मृगौला सुरक्षित राख्छ र सफा गर्छ भन्ने दाबीमा आंशिक सत्यता छ । काली गेडीलाई परम्परागत रूपमा मृगौलाको उपचारमा प्रयोग गरिएतापनि यसलाई मृगौला समस्याहरूको सामधान र औषधिकारुपमा हेर्नु हुँदैन ।
काली गेडी वनस्पतिमा स्टेरोइडल एल्कालोइड जस्ता सक्रिय यौगिकहरू हुन्छन्, जसले मृगौलाको लागि सुरक्षात्मक प्रभावहरू प्रदान गर्न सक्छन् । यी एल्कालोइडहरूमा एन्टिअक्सिडेन्ट र एन्टी-इन्फ्लेमेटरी गुणहरू भएकाले सम्भावित स्वास्थ्य लाभहरू प्रदान गर्न सक्छन् । तर, यो वनस्पतिको विषाक्तालाई पनि ध्यान दिन जरुरी छ ।
काली गेडी वनस्पतिको सेवनका सम्भावित जोखिमहरू छन् । वनस्पतिमा सोलानाइन जस्ता विषाक्त पदार्थहरूको उपस्थितिले ग्यास्ट्रोइन्टेस्टाइनल जलन र सम्भावित जोखिमहरू निम्त्याउन सक्छन् ।
काली गेडीलाई ब्ल्याक नाइटशेड वा इन्डियन नाइटशेड पनि भनिन्छ । सोलानेसी परिवारसँग सम्बन्धित यो वनस्पति विश्वका विभिन्न क्षेत्रमा पाइन्छ । यसलाई परम्परागत औषधिमा पनि प्रयोग गरिन्छ । हरियो तथा पातदार यस वनस्पतिको विरुवामा साना र गोलाकार फलहरू फल्छन् । यसको अत्याधिक उपभोग विषाक्त हुन सक्छ । यसका पातहरूलाई कहिलेकाहीँ सागका रुपमा रूपमा खाइन्छ ।
काली गेडी र यसको झारलाई परम्परागत चिनियाँ चिकित्सामा औषधीय प्रयोग गर्ने गरिएको लामो इतिहास छ । ताङ राजवंशको दस्तावेजमा पहिलोपटक यसको प्रयोगका बारेमा उल्लेख गरिएको पाइन्छ ।
काली गेडीको झारमा हुने एन्टिस्पास्मोडिक गुणहरु पाइन्छन् । यो वनस्पति डिटोक्सिफिकेशन, सूजन कम गर्ने, घाउ कार्बनकल, एक्जिमा र मूत्र समस्याहरू जस्ता विभिन्न रोगहरूको उपचारमा प्रयोग हुने गरेको पाइन्छ । तर, यसको प्रयोग गर्नुअघि स्वास्थ्य सेवा पेशेवरहरूसँग परामर्श गर्नु आवश्यक छ ।
काली गेडी वनस्पतिको पाललाई सागको रुपमा सेवन गर्दा मृगौला सुरक्षित राख्छ र सफा गर्छ भन्ने दाबीमा आंशिक सत्यता छ । काली गेडीलाई परम्परागत रूपमा मृगौलाको उपचारमा प्रयोग गरिएतापनि यसलाई मृगौला समस्याहरूको सामधान र औषधिका रुपमा हेर्नु हुँदैन ।
रिसर्च लेख, ncbi.nlm.nih.gov, 2022 Aug 16
(This article is published in collaboration with THIP Media)
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे तथ्यजाँच, अनुसन्धान वा अन्य सुझावको लागि हामीलाई [email protected] मा इमेल गर्नुसक्नुहुनेछ अथवा हामीलाई 9999499044 नम्बरमा ह्वाट्सएप गर्नुहोस् । हामीलाई सम्पर्क गर्न तपाईं सम्पर्क पेजमा गएरसमेत फारम भर्न सक्नुहुनेछ ।
Newschecker And THIP Media
August 22, 2025
Newschecker And THIP Media
August 8, 2025
Newschecker And THIP Media
August 1, 2025