दाबी: पत्थरचट्टाको प्रयोगले पित्तथैलीको पत्थरी निको हुन्छ ।
तथ्य: पत्थरीजस्तो संवेदनशील समस्यामा चिकित्सकीय उपचार नखोज्नु र घरेलु उपचारहरूमा मात्रै ध्यान केन्द्रीत गर्नु खतरनाक हुन सक्छ ।
सामाजिक संजालमा मानव स्वास्थ्यसँग सम्बन्धित एउटा दाबीसहितको सामग्री फेला परेको छ । उक्त सामाजिक संजाल पोस्टमा पत्थरचट्टाले पित्तथैलीको पत्थरी निको हुने दाबी गरिएको छ ।
Kamala Jairu नामक टिकटक आइडीमा पोस्ट गरिएको सामग्रीमा पत्थरचट्टा नामक वनस्पतिको भिडियो जोडिएको छ । उक्त सामग्रीमा पत्थरचट्टा वनस्पति पत्थरीको घरेलु उपचार हुने दाबी गरिएको छ । हामीले उक्त दाबीमाथि तथ्यजाँच गर्यौं र उक्त दाबी आंशिक सत्य रहेको पाइयो । पत्थरचट्टा वनस्पतिले पित्तथैलीको उपचार गर्छ भनेर देखाउने वैज्ञानिक प्रमाणहरू एकदमै थोरै भेटिए ।
तथ्यजाँच/प्रमाणीकरण
पत्थरचट्टा नामक वनस्पतिलाई नेपाल तथा भारतमा आँखा दुख्ने, पेटको विकार, जन्डिस, घाउ, दुखाइ, ज्वरो र पखाला लगायतको उपचारमा प्रयोग गर्ने गरिन्छ । मानव शरीरको उपचारमा पत्थरचट्टाले फाइदा पुर्याउने परम्परागत मान्यता रहेको पाइन्छ । यही क्रममा पत्थरचट्टा वनस्पतिले क्यान्सर, पत्थरी लगायतका घातक रोगहरुको उपचार गर्न सक्ने पनि फेला परेका छन् । तर, दाबी दाबीहरूलाई पुष्टि गर्ने वैज्ञानिक प्रमाण हामीले फेला पार्न सकेनौँ ।
उसोभए दाबीसहितको सामग्रीमा भनिएजस्तो पत्थरचट्टा वनस्पतिले पित्तथैलीमा रहेको पत्थरीलाई टुक्र्याएर झार्न सक्छ त? ढुङ्गा जस्तो देखिने कडा पाचन तरल पदार्थहरू पित्तथैलीमा जम्मा हुनुलाई पत्थरी भएको भनिन्छ ।
पित्तथैलीले हामीले खाना खाएपछि पित्त नामक तरल पाचन पदार्थ छाड्छ, त्यसलाई पचाउनको लागि कुनै बोसो हुँदैन । जब हामीले खाना खान्छौँ पित्तथैलीले पित्तलाई पित्त नलीको माध्यमबाट सानो आन्द्रामा निचोड्छ । पित्तका अलावा, पित्तथैलीले कोलेस्ट्रोल र बिलिरुबिन (जसले पिसाब पहेँलो र दिसालाई खैरो बनाउँछ) भण्डारण गर्छ । केही रासायनिक असंतुलनका कारण पित्तथैलीमा जम्मा भएका यी यौगिकहरूले पत्थरी उत्पादन गर्छन् ।
रासायनिक असंतुलनका कारण पित्तथैलीमा अड्किएका पत्थरीलाई एन्डोस्कोपी, ल्याप्रोस्कोपी, कोलेसिस्टेक्टोमी वा खुला शल्यक्रिया लगायतका चिकित्सा विधिबाट हटाउन सकिन्छ । तर, पित्तको पत्थरी बालुवाको दानादेखि गल्फ बलसम्मको आधारमा हुने भएकाले पित्ताशयमा अड्किएका पत्थरी पित्त थैली छोडेर पित्त नलीमा गएर सानो आन्द्रा र दिसामा पुग्ने गर्दछन् ।
यस विषयमा हामीले ग्यास्ट्रोएन्टेरोलोजिस्ट डाक्टर शरद मल्होत्रालाई दाबीबारे बतायौँ । उनले भने,’पित्तमा कोलेस्ट्रोलको अतिसंपृक्तता वा संक्रमणका कारण पित्तथैलीमा पत्थरी हुने गर्छ । कुनै पनि खाद्य तत्वले पित्तको संरचनालाई परिवर्तन गर्दैन, पित्तको पत्थरीको उपचारको रूपमा कुनै खाना सिफारिस गर्न सकिँदैन ।’
केही वनस्पतिमा आवश्यक पोषक तत्वहरू र गुणहरू हुने भएकाले तिनले विरामीको अवस्थाको गम्भीरता कम गर्न सक्ने अध्ययन हामीले फेला पारेका छौँ । तर, यो सेवन कति सुरक्षित भनेर निर्क्योल गर्ने अध्ययन हामीसँग छैन । यस विषयमा डा.मल्होत्रा भन्छन्,‘पित्तथैलीको पत्थरी बालुवाको दानादेखि लिएर गल्फ बलसम्म हुन सक्छ । तसर्थ, साना पित्तथैलीको पत्थरीले पित्तथैली आफैं छोडेर पित्त नलीमा गएर सानो आन्द्रा र दिसामा पुग्नसक्छन् । त्यसकारण त्यस्तै बिरुवाहरू सबै आकारका पित्तथैलीविरुद्ध प्रभावकारी छन् कि छैनन् भनेर पुष्टि गर्न गाह्रो छ ।’
पित्तथैलीको पत्थरी भएका बेला प्राय: कुनै लक्षणहरू देखिँदैनन् र यसले धेरैजसो मानिसहरूलाई कुनै पनि समस्या निम्त्याउँदैन । यद्यपि, पित्तथैलीले पित्त बोक्ने नलीहरूलाई प्रायः रोक्ने गर्दछ । पित्त नली, प्यानक्रियाज वा कलेजोमा संक्रमण हुनसक्ने भएकाले समस्याले झन गम्भीर रुप लिनसक्छ । यस अवस्थामा चिकित्सकीय उपचार नखोज्नु र घरेलु उपचारहरूमा मात्रै ध्यान केन्द्रीत गर्नु खतरनाक हुन सक्छ । डा.मल्होत्राले थप्छन्,‘मूल कारण नबुझेर घरेलु उपचारले पित्तथैलीको पत्थरीको उपचार गर्ने प्रयास गर्दा समस्या झन बल्झिन सक्छ ।’
निष्कर्ष
मानव शरीरको उपचारमा पत्थरचट्टाले फाइदा पुर्याउने परम्परागत मान्यता रहेको पाइन्छ तर पत्थरीजस्तो संवेदनशील समस्यामा चिकित्सकीय उपचार नखोज्नु र घरेलु उपचारहरूमा मात्रै ध्यान केन्द्रीत गर्नु खतरनाक हुन सक्छ ।
नतिजा : आंशिक गलत
हाम्रा स्रोतहरू
Nif.org.in
Thip.media
Hopkinsmedicine.org
Ncbi.nlm.nih.gov
(This article is published in collaboration with THIP Media)
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]