Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
पोखराबाट जोमसोमका लागि उडेको ताराको अल्फा इको ट्यांगो कल साइनको ट्विनअटर विमान सम्पर्कविहीन भएको छ । संचार माध्यमहरूका अनुसार कास्कीको पोखराबाट आइतबार बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको उक्त विमान १० बजेर २० मिनेटमा अवतरण हुनुपर्नेमा सम्पर्कविहीन भएको हो ।
चालक दलसहित २२ जना बोकेको विमान सम्पर्कविहीन हुँदा सामाजिक संजाल तातिएको छ । विमान सम्पर्कविहीन रहेकै बेला सामाजिक संजाल प्रयोगकर्ताहरूले चालक दल तथा यात्रुलाई श्रद्धान्जलीसमेत दिइसकेका छन् । कालिकोट जिल्लास्थित सान्नी त्रिवेणी गाउँपालिकाकी नवनिर्वाचित उपाध्यक्ष पार्वती सिंह(संज्याल)ले विमान सम्पर्कविहीन भएसँगै आफ्नो फेसबुक आइडीमार्फत् दु:ख व्यक्त गरिन् । (उक्त पोस्ट हटाइसकिएको छ)
गाउँपालिका उपाध्यक्ष सिंहले दुईवटा तस्बिरसँगै यस्तो स्ट्याटस लेखेकी छन्,‘दु:खद खबर, पोखरादेखि जोमसोम उडेको तारा एयरको जहाजमा चालकदलका ३ सदस्य र अन्य १९ जना गरि २२ जना सवार रहेको, जहाज लेते माथिको पहाडमा दुर्घटनाग्रस्त भएको छ ! यो दु:खद खबरले निकै नै मर्माहत बनायो, मृतक सबैजनाप्रति भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु !’
सिंहले मात्र होइन, नेपालका कयौँ सामाजिक प्रयोगकर्ताले विमान दुर्घटनाका अनेक तस्बिरहरू राखेर सामाजिक संजालमा पोस्ट गरिरहेका छन् । सँगै भावपुर्ण श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् । फेसबुकमा ‘तारा एयरको जहाज’ उक्त तस्बिरसहितका यस्ता पोस्टहरू भेटिन्छन् :
उपाध्यक्ष सिंहले प्रस्तुत श्रद्धाञ्जली व्यक्त गरिरहँदा विमान दुर्घटनाको आधिकारिक जानकारी सार्वजनिक भइसकेको छैन । अर्कोतर्फ उनले विमान दुर्घटना भएको भन्दै सामाजिक संजालमा पोस्ट गरेको तस्बिरसमेत फरक सन्दर्भको हो ।
सामाजिक संजालमा उक्त तस्बिर छ्याप्छ्याप्ति देखिन थालेपछि हामीले गुगल रिवर्स इमेज सर्च गर्यौँ । जसको नतिजा दाबीको ठिक विपरित आयो । उक्त तस्बिर नेपालमा दुर्घटना भएको विमानकै नरहेको तथ्य पत्ता लाग्यो । नेपालमा विमान दुर्घटना भएको भन्दै सामाजिक संजालमा फैलाइएको तस्बिर भारतीय हेलिकप्टर दुर्घटनाको रहेको भारतको चर्चित संचार माध्यम newindianexpress.com मा प्रकाशित सामग्रीले पुष्टि गर्छ ।
२०२१ डिसेम्बरमा भारतस्थि निलगिरिसको कुन्नूर नजिकै कटेरी-नान्चप्पनचाथराम क्षेत्रमा भएको हेलिकप्टर दुर्घटनामा भारतीय सेना प्रमुख जनरल विपिन रावतसहितको ज्यान गएको थियो । सोही दुर्घटनाको तस्बिर राखेर अहिले तारा एयरको विमान दुर्घटना भएको दाबीसहित सामाजिक संजाल प्रयोगकर्ताले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।
तारा एयरको विमान दुर्घटना भएको भन्दै सामाजिक संजालमा फैलाइएको तस्बिर नेपालकै होइन । भारतीय सेना प्रमुख जनरल विपिन रावतसहितका व्यक्तिहरू सवार हेलिकप्टर दुर्घटनाको तस्बिरलाई नेपालको तारा एयर दुर्घटनाको तस्बिरका रुपमा प्रस्तुत गरिएको छ ।
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]
Aakash Chhetri
May 9, 2025
Aakash Chhetri
May 6, 2025
Aakash Chhetri
April 16, 2025