Saturday, May 31, 2025

Fact Check

Fact Check: बालेनका कारण नेपालको झण्डा जलाइएको हो? ग्रेटर नेपालको नक्सा जारी गरेपछि भारतीयले झण्डा जलाएको दाबी  

Written By Aakash Chhetri
Jun 14, 2023
banner_image

दाबी: बालेन शाहले ग्रेटर नेपालको नक्सा जारी गरेपछि भारतीय नागरिकले नेपालको झण्डा जालाएका छन् ।
तथ्य: काठमाडौँ महानगरपालिका प्रमुख बालेन शाहको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखिनु र नेपालको झण्डा जलाइएको सन्दर्भ फरक-फरक हुन् । पूरानो भिडियोलाई भ्रामक दाबीका साथ
सामाजिक संजालमा फैलाइएको पाइयो ।  

सामाजिक संजालमा एउटा दाबीसहितको सामग्री फेला परेको छ । भिडियोसहितको यो सामग्रीमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह (बालेन्द्र शाह) र नेपालको झण्डा जलाइएको सन्दर्भलाई एकै ठाउँमा जोडिएको देखिन्छ । उक्त सामग्रीमा बालेन शाहले ग्रेटर नेपालको नक्सा जारी गरेपछि भारतीय नागरिकले नेपालको झण्डा जलाएको दाबी गरिएको छ ।

Sad News Nepal नामक टिकटक आइडीमा पोस्ट गरिएको सामग्रीमा केही व्यक्तिहरू नेपालको नक्सा जलाइरहेको अवस्थामा देखिएका छन् । उक्त भिडियोमा ती व्यक्तिहरूले ‘नेपाल मुर्दाबाद्’, ‘नेपाल मुर्दाबाद’ लगायतका नाराहरू पनि लगाइरहेका छन् । भिडियोमा एउटा थमनेल छ, जसमा दाबीलाई प्रस्तुत गरिएको छ । थमनेलमा लेखिएको छ – ‘बालेन शाहले ग्रेटर नेपालको नक्सा जारी गरेपछि आक्रोश भारतीयले जलाए नेपालको झण्डा ।’

एक दिनअघि पोस्ट गरिएको दाबीसहितको सामग्रीलाई दुई सयभन्दा बढी टिकटक प्रयोगकर्ता रियाक्ट गरिसकेका छन् । त्यस्तै यही अवधिमा ६० भन्दा बढी प्रतिक्रिया आइसकेको दाबीसहितको सामग्रीलाई २० टिकटक प्रयोगकर्ताले सेयर गरिसकेका छन् । यस तथ्यबाट के प्रष्ट हुन्छ भने सामाजिक संजालमा द्रुत गतिमा फैलिरहेको सामग्री आगामी दिनमा झनै व्यापकरुपमा फैलिनेछ ।

नेपालको झण्डा जलाइएको संवेदनशील दाबी सामाजिक संजालमा फैलिनु र त्यसमा सामाजिक संजाल प्रयोगकर्ताको प्रतिक्रिया आइराख्नु एकदमै महत्वपूर्ण छ । त्यसैले प्रस्तुत दाबीमाथि हामीले तथ्यजाँच गरेका छौँ ।

तथ्यजाँच/प्रमाणीकरण

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २८ मे २०२३ मा उद्‍घाटन गरेको भारतीय संसद्‌ भवनको भित्तामा ‘अखण्ड भारत’को नक्सा राखिएको देखियो र उक्त खबर नेपालमा व्यापक फैलियो । ‘अखण्ड भारत’को नक्सामा नेपालका लुम्बिनी, कपिलवस्तुदेखि पाकिस्तानको तक्षशिलासम्मको क्षेत्रलाई समेटिएको विषय यहाँ चर्चा परिचर्चाको विषय बन्यो । 

‘अखण्ड भारत’को नक्सामा नेपाली भूभाग समेटिएको विषयमाथि चर्चा र विरोध भइरहेका बेला काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखियो । महानगर सचिवालयका एक सदस्यले संचार माध्यमलाई दिएको जानकारी अनुसार बिहीबार सभागृहस्थित रहेको मेयरको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखिएको हो ।

मेयर बालेन शाहको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखिएको सन्दर्भमा भारतीय नागरिकले नेपालको झण्डा जालाएको दाबी सहितको सामग्री सामाजिक संजालमा पोस्ट गरिएको छ । सोही दावीको वास्तविकता पत्ता लगाउन हामीले यो तथ्यजाँच गरेका छौँ । जाँचका क्रममा सबैभन्दा पहिले हामीले नेपाली झण्डा जलाएको भिडियोको वास्तविक सन्दर्भ पत्ता लगाउन कोशिस गर्‍यौँ ।

नेपालको राष्ट्रिय झण्डा जलाएको भिडियोको वास्तविक भिडियोको सन्दर्भ पत्ता लगाउन हामीले लागि हामीले युट्युबमा ‘The flag of Nepal was burnt’ लगायतका वाक्यांश सर्च गर्‍यौँ । जसको नतिजास्वरुप HAB amoment नामक युट्युब च्यानलमा पोस्ट गरिएको एउटा भिडियो फेला पर्‍यो । १८ जुन २०२० मा पोस्ट गरिएको उक्त भिडियोमा माथि उल्लेखित नेपालको झण्डा जलाइएको भिडियो देख्न सकिन्छ । तर, भिडियोमा बोलिरहेका ब्यक्तिले नेपालले नयाँ नक्सा जारी गरेको भन्दै त्यसको विरोध आफूहरुले नेपालको झण्डा जलाएको बताएका छन् ।

https://www.youtube.com/watch?v=FB_qihRHiTg&t=3s

दुई वर्षअघि पोस्ट गरिएको पूर्ण भिडियो फेला परेपनि हामीले अन्य स्रोतहरूको खोजी कार्य जारी राख्यौँ । फेला परेको जानकारीकै आधारमा केही किवर्ड सर्च गर्दा PRATAPGARH POLICE नामक ट्विटर आइडी फेला पर्‍यौँ । यो प्रतापगढ प्रहरीको आधिकारिक ट्विटर खाता रहेको जानकारीसमेत उक्त ट्विटर आइडीमा दिइएको छ । 

प्रस्तुत ट्विटर आइडीबाट अन्य पोस्टहरूमा समाचार कटिङ र विज्ञप्तिसहितको प्रतिक्रिया दिइएको छ । यो पोस्टबाट के प्रष्ट हुन्छ भने नेपाली झण्डा जलाइएको भिडियो फरक-फरक दाबीका साथ विगतका दिनहरूमा सामाजिक संजालमा फैलिएको थियो । यसपटक उक्त भिडियो बालेन शाहले ग्रेटर नेपालको नक्सा जारी गरेपछि भारतीय नागरिकले नेपालको झण्डा जालाएको दाबीका साथ सामाजिक संजालमा फैलाइएको छ । 

दुई वर्षअघि नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नयाँ प्रशासनिक-राजनीतिक नक्सा (चुच्चे नक्सा) जारी गरेपछि त्यसको विरोधमा अखिल भारतीय मजलिस-ए-इत्तेहादुल मुस्लिमीन (एआइएमआइएम)ले नेपालको राष्ट्रिय झण्डा जलाएको थियो । सोही सन्दर्भको घटनालाई भ्रामक तरिकाले वर्तमान सन्दर्भसँग जोड्न खोडेर सामाजिक संजालमा फैलाइएको पाइयो । काठमाडौँ महानगरपालिका प्रमुख बालेन शाहको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखिनु र नेपालको झण्डा जलाइएको सन्दर्भ फरक-फरक हुन् ।    

निष्कर्ष

बालेन शाहले ग्रेटर नेपालको नक्सा जारी गरेपछि भारतीय नागरिकले नेपालको झण्डा जालाएको दाबी भ्रामक छ । दुई वर्ष पूरानो घटलाई काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसँग जोड्दै भ्रामक दाबीका साथ सामाजिक संजालमा फैलाइएको पाइयो । 

नतिजा : भ्रामक

हाम्रा स्रोतहरू

Ekantipur
Annapurnapost
HAB amoment 
PRATAPGARH POLICE


तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई ‌सम्पर्क गर्ने इमेल ठेगाना हो: checkthis@newschecker.co


image
If you would like us to fact check a claim, give feedback or lodge a complaint WhatsApp us at +91-9999499044 or email us at checkthis@newschecker.in​. You can also visit the Contact Us​ page and fill the form.
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
Newchecker footer logo
About Us

Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check

Contact Us: checkthis@newschecker.in

865

Fact checks done

FOLLOW US
imageimageimageimageimageimageimage