Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
भिडियो केन्द्रीत सामाजिक संजाल टिकटकमा दाबीसहितको एउटा भिडियो फेला परेको छ, जसमा मानिसहरूकै बिचमा जंगली बाघ देखिएको देखिन्छ । भिडियोमा सडक एउटा सडक देखिएको छ र सडकमा एउटा सानो खालको गाडी रोकिएको छ । यतिकैमा झाडीबाट एउटा बाघ निस्किन्छ र गाडीमा रहेका मानिसमाथि आक्रमण गर्न खोज्छ ।
Sabai_Khabar नामक टिकटक आइडीमा पोस्ट गरिएको उक्त भिडियोमा मानिसहरू चिच्याइरहेको आवाज पनि सुनिएको छ । भिडियोको थमनेलमा प्रस्तुत घटना नेपालको बर्दिया जिल्लामा घटेको दाबी गरिएको छ । भिडियोको थमनेलमा लेखिएको छ – ‘बर्दियामा फेरि दु:खद् घटना, ३ चोटीमा खाएको रहेछ बाघले बर्दियामा यसरी खायो मान्छे ।’
तीन दिनअघि पोस्ट गरिएको दाबीसहितको उक्त भिडियोमा १३ हजारभन्दा बढी टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् भने करिब ८० जनाले उक्त भिडियोलाई सेयर गरिसकेका छन् । भिडियोको फैलावट मध्यम भएपनि सडकमै बाघले आक्रमण गरेको र मानिसको ज्यान गएको दाबी गर्ने प्रस्तुत भिडियो संवेदनशील रहेको छ । सोही कारण न्युजचेकरले प्रस्तुत दाबीमाथि तथ्यजाँच गरेको छ ।
माघ आक्रमणको प्रस्तुत भिडियोमा मुख्यत: दुईवटा दाबी देखिएको छ । पहिलो, भिडियोमा देखिएको दृश्य बर्दिया जिल्लाको हो भनिएको छ । दोस्रो दाबीमा बाघले मानिसको ज्यान लिएको जानकारी दिइएको छ । दुईवटै दाबीलाई ध्यानमा राख्दै हामीले तथ्यजाँच सुरु गर्यौँ ।
सुरुमा हामी टिकटक भिडियोमा देखिने दृश्यको मूल अंश पत्ता लगाउनतिर लाग्यौँ । जसका लागि हामीले नेपाली र अंग्रेजी भाषामा ‘बाघको आक्रमण’ ‘सडकमा बाघ’ ‘नजिकै बाघ भिडियो’ ‘जंगल बाघ’ लगायतका विभिन्न किवर्ड युट्युबसँगै अन्य सामाजिक संजालमा सर्च गर्यौँ । केही घण्टाको खोजविनपछि हामीले मूल भिडियो फेला पार्यौँ । खोजबिनको नतिजाले दाबीलाई गलत ठहर्यायो ।
News Hour India नामक युट्युब च्यानलमा भेटिएको मूल सामग्रीमा उक्त भिडियो भारतको रणथम्बोर वनमा खिचिएको जानकारी दिइएको छ । भिडियोबारे जानकारी दिँदै उक्त युट्युब च्यानलले पर्यटकले बाघसँग नजिकबाट मुठभेड गरेको भनिएको छ ।
प्रस्तुत युट्युब च्यानलले उक्त घटनाबारे विस्तृत जानकारी दिएको छैन । सँगै फरक सन्दर्भका भिडियो पनि जोडिएका कारण प्रस्तुत युट्युब च्यानलको भिडियोले मात्र माथिको दाबीलाई खण्डन गर्न सकेन । सोही कारण हामीलाई अन्य स्रोतहरुकाेसमेत आवश्यक पर्यो ।
युट्युब च्यानलमा राखिएको विवरण अनुसार हामीले अन्य स्रोतको खोजी थाल्यौँ । जसका लागि हामीले ‘रणथम्बोर वन बाघ’ ‘पर्यटनसँग बाघको मुठभेड’ लगायतका किवर्ड अग्रेजी भाषामा सर्च गर्यौँ । फलस्वरुप भारतीय चर्चित संचार माध्यम Indianexpres एउटा समाचार फेला पार्यौँ । जसको शीर्षक अंग्रेजी भाषामा लेखिएको छ- ‘जब अवलोकनकर्तालाई ठूलो बिरालोबाट कठोर झट्का लाग्यो ।’
२०२१ जनवरी २५ मा प्रकाशित उक्त समाचार अनुसार राजस्थानको रणथम्बोर राष्ट्रिय निकुञ्जमा पर्यटकहरूको एक समूहले बाघसँग नजिकबाट सामना गरेको थियो । उक्त भिडियो भारतका सामाजिक संजाल प्रयोगकर्ताबीच निकै चर्चितसमेत भएको थियो । उक्त समाचारमा मानविय क्षतिबारे कुनै जानकारी दिइएको छैन ।
जाँचका क्रममा फेला परेका तथ्यबाट के प्रष्ट हुन्छ भने बर्दियामा दु:खद् खघटना भन्दै सामाजिक संजालमा पोस्ट गरिएको सामग्री भ्रामक छ । भारतमा घटेको घटनालाई नेपालको भन्दै सामाजिक संजालमा फैलाइएको पाइयो ।
बर्दियाको भन्दै सामाजिक संजालमा फैलाइएको भिडियो नेपालको होइन । भारतस्थित राजस्थानको रणथम्बोर राष्ट्रिय निकुञ्जमा खिचिएको भिडियोलाई फरक सन्दर्भमा बर्दियाको भन्दै भ्रामक तरिकाले सामाजिक संजालमा प्रस्तुत गरिएको छ ।
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]
Newschecker And THIP Media
June 20, 2025
Aakash Chhetri
June 18, 2025
Newschecker And THIP Media
June 13, 2025