Newchecker.in is an independent fact-checking initiative of NC Media Networks Pvt. Ltd. We welcome our readers to send us claims to fact check. If you believe a story or statement deserves a fact check, or an error has been made with a published fact check
Contact Us: [email protected]
Fact Check
दाबी: टिकटक बन्द भएको विरोधमा नेपाली जनता सडकमा उत्रिएको दाबी (भिडियोसहित) ।
तथ्य: टिकटक बन्द गर्न माग गरिएको पुरानो अडियो र काठमाडौँमा घटेको फरक घटनाको भिडियोलाई जोडेर भ्रामक दाबी गरिएको पाइयो ।
नेपालमा टिकटक प्रतिबन्ध भएपछि सामाजिक संजालमा चर्चा परिचर्चा भइरहेको छ । टिकटक प्रतिबन्ध भएको यही सन्दर्भमा केही दाबीसहितका पोस्ट फेला परेका छन् । उक्त पोस्टमा टिकटक बन्द भएको विरोधमा नेपाली जनता सडकमा उत्रिएको दाबी गरिएको छ ।
Himal Chhhetri नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा एउटा गाडी जलिरहेको दृश्य देख्न सकिन्छ । साथै भिडियोमा ‘टिकटकलाई बन्द गर’ ‘टिकटक भगाउ, आफ्नो देश बचाउ’ लगायतका नाराहरु लगाइएको आजाव सुन्न सकिन्छ । प्रस्तुत भिडियोको थमनेलमा लेखिएको छ- ‘टिकटक बन्द गर्न पाइँदैन, सडकमा उत्रिए जनता ।’
एक हप्ताअघि पोस्ट गरिएको दाबीसहितको भिडियोमा करिब ४० हजार टिकटक प्रयोगकर्ताले रियाक्ट गरिसकेका छन् । २६ सयभन्दा बढी प्रतिक्रिया आइसकेको दाबीसहितको सामग्रीलाई करिब १३ सय टिकटक प्रयोगकर्ताले सेयर गरिसकेका छन् । यस तथ्यांकबाट के प्रष्ट हुन्छ भने प्रस्तुत दाबीसहितको सामग्री टिकटकमा द्रुत गतिमा फैलिरहेको छ ।
यतिमात्र होइन, दाबीसहितको भिडियोमा जोडिएको अडियोबाट करिब ८ सय नयाँ-पूराना भिडियो पुनर्उत्पादन गरिएको छ ।
जसमध्ये अधिकांश भिडियो पछिल्लो साता पोस्ट गरिएको देखिन्छ । प्रस्तुत दाबीसहितको सामग्रीमा गाडी जलाइएको दृश्य संवेदनशील देखिन्छ, त्यसैले सोही दाबीबारे हामीले तथ्यजाँच गरेका छौँ ।
माथि उल्लेखित सामग्रीमा नेपाल सरकारले टिकटक बन्द गरेपछि जनता सडकमा उत्रिएको दाबी गरिएको छ । टिकटकमा पोस्ट गरिएको भिडियोमा गाडीमा आगाे लागेको दृश्य देख्न सकिन्छ । साथै ‘टिकटक बन्द गर’ ‘टिकटक भगाउ, आफ्नो देश बचाउ’ जस्ता नाराहरु लगाइएको आजाव सुन्न सकिन्छ ।
सबैभन्दा पहिले हामीले भिडियोमा रहेका दुई नाराबाट जाँचकझ सुरुवात गर्यौँ । ‘टिकटक बन्द गर’ ‘टिकटक भगाउ, आफ्नो देश बचाउ’ नारालाई गुगलमा सर्च गर्दा farakdharnews.com मा प्रकाशित समाचार फेला पर्यो । २३ भदौ २०७९ मा प्रकाशित गरिएको उक्त समाचारमा टिकटक बन्द गर्नुपर्ने माग गर्दै जनकपुरधामका युवाहरूले प्रदर्शन गरेको जानकारी दिइएको छ ।
प्रस्तुत जानकारीका आधारमा हामीले युट्युबमा ‘टिकटक बन्दको माग’ ‘जनकपुरमा र्याली’ लगायतका वाक्यांशलाई सर्च गर्यौँ । सर्चको नतिजास्वरुप Century Times नामक युट्युब च्यानलमा पोस्ट गरिएको एउटा भिडियो फेला पर्यो । एक वर्षअघि अर्थात् २९ अगस्ट २०२२ मा पोस्ट गरिएको उक्त भिडियोको शीर्षक छ- ‘जनकपुरमा TikTok बन्द संघर्ष समितिले TikTok पुर्णरूपमा बन्द हुनुपर्ने माग सहित ज्ञापन-पत्र बुझाएको छ’ ।
फेला परेको प्रस्तुत भिडियो र माथि उल्लेखित दाबीसहितको भिडियोमा जोडिएको आवाज उस्ताउस्तै सुन्न सकिन्छ । तर, दुबै भिडियो एकै सन्दर्भका हुन् भनेर पुष्टि गर्न सकिने प्रयाप्त आधारहरू फेला परेनन् । यही कारण हामीले अन्य स्रोतको खोजी गर्नतिर लाग्यौँ ।
माथि उल्लेखित दाबीसहितको भिडियोमा गाडी जलिरहेको दृश्य देख्न सकिन्छ । सोही दृश्यलाई राम्ररी हेरेपछि हामीले ‘गाडीमा आगलागी’ ‘आन्दोलन माछापोखरी’ लगायतका वाक्यांशलाई युट्युबमा सर्च गर्यौँ । सर्चको नतिजास्वरुप Naraindra Tamang नामक युट्युब च्यानलमा पोस्ट गरिएको भिडियो फेला पर्यो । १३ फेब्रुअरी २०२३ मा पोस्ट गरिएको यो भिडियो ‘बसपार्क-माछापोखरीमा प्रहरीको गाडी आगजनी’ घटनासँग सम्बन्धित छ ।
२०७९ फागुन १ मा काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा प्रहरीको गाडी, अस्थायी बिट र ट्राफिक आइल्याण्ड आगजनीको घटना घटेको थियो । संलग्न ६ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । यातायात व्यवसायहरूले १० बुँदे माग राख्दै गरेको विरोध प्रदर्शनमा उक्त घटना घटेको थियो । यही घटनाको भिडियो र दाबीसहितको सामग्रीमा जोडिएको भिडियोमा केही मिल्दा दृश्यहरु छन् ।
प्रस्तुत तथ्यबाट के पुष्टि हुन्छ भने टिकटक बन्द गरेपछि जनता सडकमा उत्रिएको दाबीसहित सामाजिक संजालमा फैलाइएको भिडियो भ्रामक छ । टिकटकको बन्द गर्न माग गरिएको अडियो र फरक घटनाको भिडियोलाई जोडेर भ्रामक दाबी गरिएको देखिन्छ ।
सरकारले टिकटक बन्द गरेपछि जनता सडकमा उत्रिएको दाबी गरिएको भिडियो भ्रामक छ । टिकटक बन्द गर्न माग गरिएको पूरानो अडियो र काठमाडौँमा घटेको फरक घटनाको भिडियोलाई जोडेर ‘टिकटक बन्द गर्न पाइँदैन’ भन्दै जनता सडकमा उत्रिएको भ्रामक दाबी गरिएको पाइयो ।
समाचार, farakdharnews.com
भिडियो, Century Times
भिडियो, Naraindra Tamang
तपाईँले थाहा पाउनु भएको कुनै शंकास्पद खबर वा सूचनाबारे अनुसन्धान, खोज वा अन्य सुझावको लागि हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो: [email protected]
Aakash Chhetri
June 3, 2025
Aakash Chhetri
May 22, 2025
Aakash Chhetri
March 6, 2025